२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

तुलसीपुर उपमहानगरको कार्यालयमा व्यापारीले गरे तालाबन्दी

Logo
प्रकाशित बिहिबार, मंसिर १५, २०७९

तुलसीपुर उद्योग वाणिज्य संघले तुलसीपुर उपमहानगरपालिकाको कार्यालयमा तालाबन्दी गरेको छ।

आजदेखि युथ्स अफ तुलसीपुरले तुलसीपुर–६ हात्तीखौवामा मेला लगाउने तयारी गरिरहेको समयमा  त्यसको  विरोधमा वाणिज्य संघका पदाधिकारीले उपमहानगरपालिकामा तालाबन्दी गरेका हुन्।

व्यापारीले उपमहानगरपालिकाको  कार्यालय प्रवेशद्वारमा तालाबन्दी गरेको हुँदा कामकाज ठप्प भएको छ।

बिहान १० बजेतिर उपमहानगरपालिकाको मुख्य प्रवेशद्वारमा व्यापारीले तालाबन्दी गरेपछि सम्पूर्ण कर्मचारी तथा तुलसीपुरका मेयर टीकाराम खड्कासहितका पदाधिकारी पनि बाहिरै बसेका थिए। आजदेखि युथ्स अफ तुलसीपुरले तुलसीपुर–६ हात्तीखौवामा मेला लगाउने तयारी गरिरहेको समयमा  त्यसको  विरोधमा वाणिज्य संघका पदाधिकारीले उपमहानगरपालिकामा तालाबन्दी गरेका हुन्।

व्यापारीले उपमहानगरपालिकाको  कार्यालय प्रवेशद्वारमा तालाबन्दी गरेको हुँदा कामकाज ठप्प भएको छ।

बिहान १० बजेतिर उपमहानगरपालिकाको मुख्य प्रवेशद्वारमा व्यापारीले तालाबन्दी गरेपछि सम्पूर्ण कर्मचारी तथा तुलसीपुरका मेयर टीकाराम खड्कासहितका पदाधिकारी पनि बाहिरै बसेका थिए।

प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर वली आएपछि मध्यान्ह १२ बजेतिर उपमहानगरपालिकामा लगाइएको ताला खोलेर वार्ता सुरू भएको छ।

त्यसपछि इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्ल, तुलसीपुरस्थित सशस्त्र प्रहरीका पदाधिकारी उपमहानगरपालिकामा बाक्लो संख्यामा उपस्थित थिए।

उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेलसहित सबै कर्मचारी अहिले पनि कार्यालय बाहिर बसिरहेका छन्।

अहिले प्रजिअ रेग्मी, जिल्ला प्रहरी प्रमुख वली, तुलसीपुरका मेयर खड्का, मेला विरोधी पक्ष तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रशाद चालिसे, मेला लगाउन खोजिरहेको पक्ष युथ्स अफ तुलसीपुर क्लबका अध्यक्ष अरुण लहरे लगायतका बीचमा वार्ता जारी छ।

यो पनि:

तुलसीपुरमा मेलाको विरोधमा उद्योग वाणिज्य संघले गर्‍यो बजार बन्द

युथ्स अफ तुलसीपुरले आजदेखि मंसिर २६ गतेसम्म लुम्बिनी प्रदेशस्तरीय कृषि तथा व्यापारिक महोत्सव लगाउने तयारी गरिरहेको छ।

मेलाको नेपाली कांग्रेसका केन्द्रीय सदस्य गेहेन्द्र गिरीले आजै उद्घाटन गर्ने तयारी रहेको आयोजक संस्थाले जानकारी दिएको छ। मेला लगाउन प्रयोग गरिएको जग्गा पनि नेता गिरीकै हो।

यहाँ मेला लगाउन खोज्ने पक्ष र त्यसको विरोध गर्ने पक्षहरू बजारमा केही दिनयता पक्ष-विपक्षमा माइकिङ गर्दै हिँडेका छन्। जसले झडपको स्थिति सृजना गर्ने खतरा उत्पन्न भएको छ।

मेलाका सामान फिर्ता नभएसम्म र मेला नरोकिएसम्म अनिश्चितकालीन बजार बन्दको कार्यक्रम जारी रहने वाणिज्य संघका पदाधिकारीले बताएका छन्।

वाणिज्य संघका अध्यक्षले जिल्ला प्रशासनको निर्देशन कार्यान्वयन गर्न नसक्ने स्थानीय सरकारको कुनै काम नरहेको भन्दै उपमहानगरपालिकामा तालाबन्दी गर्नु परेको सेतोपाटीलाई बताए।

‘स्थानीय सरकारले लेखेको चिठी पनि प्रहरी प्रशासनले कार्यान्वयन गर्न सक्दैन भने यति निरिह सरकारको के काम छ!,’ अध्यक्ष चालिसेले भने, ‘जबसम्म मेला रोकिँदैन तबसम्म हाम्रो आन्दोलन रोकिँदैन।’

अहिले पनि मेलाका विरोधमा उत्रिएका व्यवसायी तथा उद्योग वाणिज्य संघका पदाधिकारीहरूले उपमहानगरपालिकामा घेराउ तथा धर्ना जारी राखेका छन्।

व्यापारीहरू कालोपट्टि बाँधेर ‘नो मेला’ भन्ने स्टिकर टाँसेर विरोध तथा धर्नामा बसेका छन्।रास्स

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!