०३ बैशाख २०८३, बिहिबार
16-04-2026 , Thu
×

तुलसीपुर उपमहानगरको कार्यालयमा व्यापारीले गरे तालाबन्दी

Logo
प्रकाशित बिहिबार, मंसिर १५, २०७९

तुलसीपुर उद्योग वाणिज्य संघले तुलसीपुर उपमहानगरपालिकाको कार्यालयमा तालाबन्दी गरेको छ।

आजदेखि युथ्स अफ तुलसीपुरले तुलसीपुर–६ हात्तीखौवामा मेला लगाउने तयारी गरिरहेको समयमा  त्यसको  विरोधमा वाणिज्य संघका पदाधिकारीले उपमहानगरपालिकामा तालाबन्दी गरेका हुन्।

व्यापारीले उपमहानगरपालिकाको  कार्यालय प्रवेशद्वारमा तालाबन्दी गरेको हुँदा कामकाज ठप्प भएको छ।

बिहान १० बजेतिर उपमहानगरपालिकाको मुख्य प्रवेशद्वारमा व्यापारीले तालाबन्दी गरेपछि सम्पूर्ण कर्मचारी तथा तुलसीपुरका मेयर टीकाराम खड्कासहितका पदाधिकारी पनि बाहिरै बसेका थिए। आजदेखि युथ्स अफ तुलसीपुरले तुलसीपुर–६ हात्तीखौवामा मेला लगाउने तयारी गरिरहेको समयमा  त्यसको  विरोधमा वाणिज्य संघका पदाधिकारीले उपमहानगरपालिकामा तालाबन्दी गरेका हुन्।

व्यापारीले उपमहानगरपालिकाको  कार्यालय प्रवेशद्वारमा तालाबन्दी गरेको हुँदा कामकाज ठप्प भएको छ।

बिहान १० बजेतिर उपमहानगरपालिकाको मुख्य प्रवेशद्वारमा व्यापारीले तालाबन्दी गरेपछि सम्पूर्ण कर्मचारी तथा तुलसीपुरका मेयर टीकाराम खड्कासहितका पदाधिकारी पनि बाहिरै बसेका थिए।

प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर वली आएपछि मध्यान्ह १२ बजेतिर उपमहानगरपालिकामा लगाइएको ताला खोलेर वार्ता सुरू भएको छ।

त्यसपछि इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्ल, तुलसीपुरस्थित सशस्त्र प्रहरीका पदाधिकारी उपमहानगरपालिकामा बाक्लो संख्यामा उपस्थित थिए।

उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेलसहित सबै कर्मचारी अहिले पनि कार्यालय बाहिर बसिरहेका छन्।

अहिले प्रजिअ रेग्मी, जिल्ला प्रहरी प्रमुख वली, तुलसीपुरका मेयर खड्का, मेला विरोधी पक्ष तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रशाद चालिसे, मेला लगाउन खोजिरहेको पक्ष युथ्स अफ तुलसीपुर क्लबका अध्यक्ष अरुण लहरे लगायतका बीचमा वार्ता जारी छ।

यो पनि:

तुलसीपुरमा मेलाको विरोधमा उद्योग वाणिज्य संघले गर्‍यो बजार बन्द

युथ्स अफ तुलसीपुरले आजदेखि मंसिर २६ गतेसम्म लुम्बिनी प्रदेशस्तरीय कृषि तथा व्यापारिक महोत्सव लगाउने तयारी गरिरहेको छ।

मेलाको नेपाली कांग्रेसका केन्द्रीय सदस्य गेहेन्द्र गिरीले आजै उद्घाटन गर्ने तयारी रहेको आयोजक संस्थाले जानकारी दिएको छ। मेला लगाउन प्रयोग गरिएको जग्गा पनि नेता गिरीकै हो।

यहाँ मेला लगाउन खोज्ने पक्ष र त्यसको विरोध गर्ने पक्षहरू बजारमा केही दिनयता पक्ष-विपक्षमा माइकिङ गर्दै हिँडेका छन्। जसले झडपको स्थिति सृजना गर्ने खतरा उत्पन्न भएको छ।

मेलाका सामान फिर्ता नभएसम्म र मेला नरोकिएसम्म अनिश्चितकालीन बजार बन्दको कार्यक्रम जारी रहने वाणिज्य संघका पदाधिकारीले बताएका छन्।

वाणिज्य संघका अध्यक्षले जिल्ला प्रशासनको निर्देशन कार्यान्वयन गर्न नसक्ने स्थानीय सरकारको कुनै काम नरहेको भन्दै उपमहानगरपालिकामा तालाबन्दी गर्नु परेको सेतोपाटीलाई बताए।

‘स्थानीय सरकारले लेखेको चिठी पनि प्रहरी प्रशासनले कार्यान्वयन गर्न सक्दैन भने यति निरिह सरकारको के काम छ!,’ अध्यक्ष चालिसेले भने, ‘जबसम्म मेला रोकिँदैन तबसम्म हाम्रो आन्दोलन रोकिँदैन।’

अहिले पनि मेलाका विरोधमा उत्रिएका व्यवसायी तथा उद्योग वाणिज्य संघका पदाधिकारीहरूले उपमहानगरपालिकामा घेराउ तथा धर्ना जारी राखेका छन्।

व्यापारीहरू कालोपट्टि बाँधेर ‘नो मेला’ भन्ने स्टिकर टाँसेर विरोध तथा धर्नामा बसेका छन्।रास्स

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । इजरायली सेनाले बिहीबार गरेको मिसाइल हमलामा दक्षिण लेबनानको अन्तिम सकुशल पुल पनि ध्वस्त भएको छ । बीबीसीका अनुसार नबतिएह सहरमा हमलापछि धुँवा नै धुँवा उठेको छ । लिटानी नदीमाथिको सो पुल रहेको क्षेत्रमा सो सहर छ । जहाँ ४० हजार भन्दा बढी मानिसको बसोबास छ । यो हमलापछि अब लेबनानको दक्षिणी क्षेत्रसँग जोड्ने […]

बाँके । सशस्त्र प्रहरीले मात्र चेकजाँच गर्दै आएको उक्त चोकमा सशस्त्र प्रहरी सँगै नेपाल प्रहरीले पनि चेकजाँच सुरु गर्न थालेको हो ।एकिकृत जाँच चौकी (आइसीपी) र जमुनाहबाट आउने सवारी साधन तथा मालबाहक गाडीको चेकजाँच गर्न सोमवारदेखि नेपाल प्रहरी पनि परिचालन भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अंगुर जिसीले जानकारी दिए ।चौलिका चोकमा खटिने […]

दाङ । मंगलवार बेलुकी तुलसीपुर ५ माछापुच्छ्रे टोल स्थित थारमारे भण्डारी होटेलबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका सुचना अधिकारी रेशम बोहराले जानकारी दिए । विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले सल्यान बागचौर नगरपालिका २ बागचौर बस्ने वर्ष २० को दीपक भण्डारी, सोहि ठाउँका वर्ष १९ को सरोज घर्ती मगर […]

error: Content is protected !!