२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

नेपाली सेनाको सैनिक विशेष अदालतको प्रधान सेनापति शर्माले गरे निरीक्षण

Logo
प्रकाशित शनिबार, मंसिर १७, २०७९

ABC (क्राईमबिट)
काठमाडौं । प्रधान सेनापति महारथी प्रभुराम शर्माले जंगीअड्डास्थित सैनिक विशेष अदालतको निरीक्षण गरेका छन् । गत साताको निरीक्षणको क्रममा उनले अदालतको इजलास, न्यायाधीश कक्ष, रजिष्ट्रारको कार्यालय र अन्य कार्यालयहरुको निरीक्षण गरेका थिए ।

प्रधानसेनापति शर्मालाई सेना प्राड विवाकका प्रमुख, प्राड उपरथी रत्नप्रकाश थापाले विशेष अदालतको काम कारबाहीबारे जानकारी गराएका थिए । निरीक्षणको क्रममा उच्च अदालतका कायममुकायम मुख्य न्यायाधीश महेशप्रसाद पुडासैनी, रक्षासचिव किरणराज शर्मा, बलाध्यक्ष सीताराम खड्कासमेत सहभागी थिए ।

जंगी अड्डा, सभामण्डपस्थित पशुपति कक्षलाई सैनिक विशेष अदालतको इजलासको रुपमा स्तरोन्नति गरी हुँदै आएकोमा हाललाई सेना प्राड विवाक कार्यालयसँगै अर्को भवनको दोस्रो तल्लालाई स्तरोन्नति गरी सञ्चालन गर्न लागिएको हो ।

यसैबीच, सैनिक विशेष अदालतको लागि छुट्टै भवन बनाउने तयारी समेत भइरहेको प्राड विवाकले जनाएको छ । सैनिक विशेष अदालतले सैनिक व्यक्ति संलग्न भ्रष्टाचार र चोरी सम्बन्धी कसुरको सुरु कारबाही र किनारा गर्ने जनरल सैनिक अदालत र समरी जनरल सैनिक अदालतबाट भएको फैसलामाथि परेको पुनरावेदनको सुनुवाइ गर्ने विशेष अधिकार पाएको छ ।

उक्त अदालतमा उच्च अदालत ललितपुरका न्यायाधीश अध्यक्ष, रक्षासचिव र सेना प्राड विवाकका प्रमुख सदस्य रहेन व्यवस्था छ । अदालतको इजलास प्रत्येक साताको बिहीबार बस्ने गर्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!