२९ साउन २०८३, शुक्रबार
14-08-2026 , Fri
×

पूर्व प्रहरीका सन्तानलाई बिधालय र प्रहरी भर्नामा प्राथमिकता दिने आईजिपी : सिंह

Logo
प्रकाशित आइतबार, मंसिर १८, २०७९


ABC (क्राईमबिट)
काठमाडौं । नेपाल प्रहरीका आईजिपी धीरज प्रताप सिंहले पूर्व प्रहरी कर्मचारीका सन्तानलाई विद्यालय भर्ना र प्रहरी भर्ना छनोटमा प्राथमिकता दिने प्रतिबद्धता जनाएका छन् । बाँकेमा पूर्व प्रहरी कर्मचारीहरूसँग अन्तक्रिर्या गर्दै महानिरीक्षक सिंहले पूर्व प्रहरी कर्मचारीहरूको हकहितका लागि संगठनबाट सक्दो सहयोग हुनेसमेत बताए ।

पूर्वप्रहरी संगठन जिल्ला कार्य समिति बाँकेका अध्यक्ष पूर्वप्रहरी निरीक्षक गंगाबहादुर अधिकारीको अध्यक्षतामा सम्पन्न उक्त अन्तरक्रिया कार्यक्रममा पूर्व प्रहरी कर्मचारीहरूले महानिरीक्षक सिंहसँग विभिन्न जिज्ञासा राखेका थिए ।

कार्यक्रममा लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक नलप्रसाद उपाध्याय, कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेल, कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेत (हाल नेपालगन्ज)का प्रमुख, लुम्बिनी प्रादेशिक प्रहरी अस्पताल नेपालगन्जका प्रमुख लगायत प्रहरी अधिकृतहरूको उपस्थिति थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । चन्द्रौटा स्थित बैंकमा रकम जम्मा गर्न आएका एक व्यक्तिबाट नक्कली नोट फेला परेको छ। जाँचका क्रममा फेला*: बैंकले रकम गन्दा वा मेसिनमा जाँच्दा नक्कली नोट पत्ता लागेको कारबाही प्रक्रिया*: यस्तो अवस्थामा बैंकले तुरुन्त प्रहरीलाई खबर गरेर नोट र सम्बन्धित व्यक्तिलाई नियन्त्रणमा लिने प्रचलन छ । अनुसन्धान नोट कहाँबाट आयो, कसले दिएको हो भन्ने […]

काठमाडौं । गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनबाट एकल बहुमत ल्याएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता वालेन्द्र शाह प्रधानमन्त्री भएपछि एकपछि अर्को गरी कर्मचारीहरूको मान मर्दन गर्ने काम भइरहेको छ । मुख्यगरी सरकारका मन्त्री, प्रधानमन्त्री शाहको सचिवालय र सत्तारुढ दल रास्वपाका सांसदहरूबाट स्थायी सरकार (निजामती कर्मचारी)को मानमर्दन गर्ने काम भइरहेको छ । […]

काठमाडौं । पहिले सूचना विभागले जारी गरेको पत्रकार परिचय पत्रका आधारमा सिंहदबार प्रवेश दिइने गरिएको थियो। तर बिहीबार परिचय पत्र देखाएरसमेत सिंहदबार प्रवेश दिइएको छैन। सिंहदबार छिर्नका लागि के काम जाने लागेको? कसलाई भेट्ने?लगायत विवरणहरू गेटमा लेखेपछि मात्र प्रवेश दिइएको छ। यसअघिका दिनहरूमा यस्तो हुने गरेको थिएन। परिचय पत्र देखाएमा कहाँ जाने भन्ने सोध्ने गरिएको […]