०४ बैशाख २०८३, शुक्रबार
17-04-2026 , Fri
×

पुर्व संचार मन्त्री बास्कोटाको घर अगाडी शंकास्पद वस्तु सेनाले गर्‍यो निस्कृय

Logo
प्रकाशित आइतबार, मंसिर १८, २०७९


(ABC-Sanchar)
काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाको घर अगाडि फेला परेको शंकास्पद वस्तु निस्कृय बनाइएको छ।

भक्तपुरको लोकन्थलीमा रहेको बास्कोटाको घर अगाडि प्लास्टिकभित्र राखेको अवस्थामा शंकास्पद वस्तु फेला परेको थियो।

घरअगाडि प्लास्टिकभित्र रहेको शंकास्पद प्रेसर कुकरलाई नेपाली सेनाको टोलीले निस्कृय बनाएको हो।

आज बिहान बास्कोटाको घर अगाडि शंकास्पद बस्तु देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

घटनास्थलमा बिहानैदेखि प्रहरी परिचालन गरिएको थियो। नेपाली सेना घटनास्थल पुगेर शंकास्पद वस्तु निस्कृय बनाएको हो। उक्त शंकास्पद वस्तु बम नरहेको सेनाको भनाइ छ। २०७६ फागुनमा पनि गोकुलको घर अघि बिस्फोट भएको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । इजरायली सेनाले बिहीबार गरेको मिसाइल हमलामा दक्षिण लेबनानको अन्तिम सकुशल पुल पनि ध्वस्त भएको छ । बीबीसीका अनुसार नबतिएह सहरमा हमलापछि धुँवा नै धुँवा उठेको छ । लिटानी नदीमाथिको सो पुल रहेको क्षेत्रमा सो सहर छ । जहाँ ४० हजार भन्दा बढी मानिसको बसोबास छ । यो हमलापछि अब लेबनानको दक्षिणी क्षेत्रसँग जोड्ने […]

बाँके । सशस्त्र प्रहरीले मात्र चेकजाँच गर्दै आएको उक्त चोकमा सशस्त्र प्रहरी सँगै नेपाल प्रहरीले पनि चेकजाँच सुरु गर्न थालेको हो ।एकिकृत जाँच चौकी (आइसीपी) र जमुनाहबाट आउने सवारी साधन तथा मालबाहक गाडीको चेकजाँच गर्न सोमवारदेखि नेपाल प्रहरी पनि परिचालन भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अंगुर जिसीले जानकारी दिए ।चौलिका चोकमा खटिने […]

दाङ । मंगलवार बेलुकी तुलसीपुर ५ माछापुच्छ्रे टोल स्थित थारमारे भण्डारी होटेलबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका सुचना अधिकारी रेशम बोहराले जानकारी दिए । विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले सल्यान बागचौर नगरपालिका २ बागचौर बस्ने वर्ष २० को दीपक भण्डारी, सोहि ठाउँका वर्ष १९ को सरोज घर्ती मगर […]

error: Content is protected !!