२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

नेपाली सेनाको २१३ जना सैनिकहरु शान्ति सैनिक सुडान प्रस्थान

Logo
प्रकाशित आइतबार, मंसिर १८, २०७९


ABC (क्राईमबिट)
काठमाडौं । संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापना कार्यको लागि नेपाली सेना विगत लामो समयदेखि संसारका विभिन्न मुलुकहरुमा कार्यरत युएन मिशन हरुमा खट्टिई शान्ति स्थापना कार्यमा महत्वपुर्ण योगदान पुर्‍याउँदै आईरहेको छ ।

यहीक्रममा मंसिर १८ गते अनमिस मिशन दक्षिण सुडानमा तैनाथ चन्दननाथ गण (शान्ति सेना) आठौं डफ्फालाई बदली गर्नको लागि वीरदल गण (शान्ति सेना) नवौं डफ्फाको पहिलो टोलीका २१३ जना नेपाली शान्ति सैनिकहरु प्रमुख सेनानी राजन दाहालको नेतृत्वमा इथोपियन एयरलाइन्स मार्फत काठमाण्डौंबाट मिशन क्षेत्रतर्फ प्रस्थान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

उक्त मिशनमा तैनाथ चन्दननाथ गण (शान्ति सेना) आठौं डफ्फाको पहिलो टोलीका २१३ जना शान्ति सैनिकहरु सेनानी गोपाल सिंह बोहराको नेतृत्वमामंसिर १७ गते सोही एयरलाइन्स मार्फत स्वदेश आगमन भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!