०४ बैशाख २०८३, शुक्रबार
17-04-2026 , Fri
×

नेपाली सेनाको २१३ जना सैनिकहरु शान्ति सैनिक सुडान प्रस्थान

Logo
प्रकाशित आइतबार, मंसिर १८, २०७९


ABC (क्राईमबिट)
काठमाडौं । संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापना कार्यको लागि नेपाली सेना विगत लामो समयदेखि संसारका विभिन्न मुलुकहरुमा कार्यरत युएन मिशन हरुमा खट्टिई शान्ति स्थापना कार्यमा महत्वपुर्ण योगदान पुर्‍याउँदै आईरहेको छ ।

यहीक्रममा मंसिर १८ गते अनमिस मिशन दक्षिण सुडानमा तैनाथ चन्दननाथ गण (शान्ति सेना) आठौं डफ्फालाई बदली गर्नको लागि वीरदल गण (शान्ति सेना) नवौं डफ्फाको पहिलो टोलीका २१३ जना नेपाली शान्ति सैनिकहरु प्रमुख सेनानी राजन दाहालको नेतृत्वमा इथोपियन एयरलाइन्स मार्फत काठमाण्डौंबाट मिशन क्षेत्रतर्फ प्रस्थान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

उक्त मिशनमा तैनाथ चन्दननाथ गण (शान्ति सेना) आठौं डफ्फाको पहिलो टोलीका २१३ जना शान्ति सैनिकहरु सेनानी गोपाल सिंह बोहराको नेतृत्वमामंसिर १७ गते सोही एयरलाइन्स मार्फत स्वदेश आगमन भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । इजरायली सेनाले बिहीबार गरेको मिसाइल हमलामा दक्षिण लेबनानको अन्तिम सकुशल पुल पनि ध्वस्त भएको छ । बीबीसीका अनुसार नबतिएह सहरमा हमलापछि धुँवा नै धुँवा उठेको छ । लिटानी नदीमाथिको सो पुल रहेको क्षेत्रमा सो सहर छ । जहाँ ४० हजार भन्दा बढी मानिसको बसोबास छ । यो हमलापछि अब लेबनानको दक्षिणी क्षेत्रसँग जोड्ने […]

बाँके । सशस्त्र प्रहरीले मात्र चेकजाँच गर्दै आएको उक्त चोकमा सशस्त्र प्रहरी सँगै नेपाल प्रहरीले पनि चेकजाँच सुरु गर्न थालेको हो ।एकिकृत जाँच चौकी (आइसीपी) र जमुनाहबाट आउने सवारी साधन तथा मालबाहक गाडीको चेकजाँच गर्न सोमवारदेखि नेपाल प्रहरी पनि परिचालन भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अंगुर जिसीले जानकारी दिए ।चौलिका चोकमा खटिने […]

दाङ । मंगलवार बेलुकी तुलसीपुर ५ माछापुच्छ्रे टोल स्थित थारमारे भण्डारी होटेलबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका सुचना अधिकारी रेशम बोहराले जानकारी दिए । विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले सल्यान बागचौर नगरपालिका २ बागचौर बस्ने वर्ष २० को दीपक भण्डारी, सोहि ठाउँका वर्ष १९ को सरोज घर्ती मगर […]

error: Content is protected !!