
(केभी निस्चल)
दाङ । तुलसीपुरमा सवारी चालकहरुका लागि सचेतना तथा अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ । लुम्बिनी प्रदेश सरकार श्रम तथा यातायात व्यवस्था मन्त्रालयको आयोजना तथा लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयको समन्वयमा एक दिने सवारी चालक सचेतना तथा अभिवृद्धि कार्यक्रम तुलसीपुरमा सम्पन्न भएको हो ।
लुम्बिनी प्रदेश सरकार श्रम तथा यातायात व्यवस्था मन्त्रालयका सचिव दिपकराज नेपालले यातायात व्यवसायीका समस्या अब नियमावली मार्फत सम्बोधन गरिने बताएका छन् । प्रदेश सरकार अब आईटी बेसमा अगाडी बेढेको बताउदै यातायात क्षेत्रलाई प्रबिधि संग जोड्न आवश्यक रहेको र त्यसको तयारीमा सरकार लागेको उनको भनाई छ ।
त्यस्तै कार्यक्रममा बोल्दै दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले यातायात क्षेत्रमा बेथीती बढ्को बताएका छन् । अस्वस्थ प्रतिस्पर्धाका कारण सवारी दुर्घटनाको जोखिम बढेको उनको भनाइ छ ।
सरोकारवालाहरुका बिचमा समन्वयात्मक भुमिका कम भएको भन्दै यातायातका पदाधिकारी, चालक, सहचालक र स्थानिय सरकार बिच बृहत अन्र्तक्रिया हुन जरुरी रहेको प्रजिअ रेग्मीले बताए ।
दुर्घटना न्युनिकरण गर्ने उद्देश्य रहेको उक्त कार्यक्रममा सार्वजनिक सवारी साधनमा रहेका समस्या, चुनौती र दुर्घटना न्युनिकरणका बिषयमा अन्र्तक्रिया गरिएको थियो ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी बिर बहादुर वलीले यातायात क्षेत्रले देशको सुन्दरतालाई देखाउने हुदाँ ट्राफिक नियमको सबैले पालना गर्नुपर्ने बताए । सवारी चालकको लापरवाहीका कारण दुर्घटनाको जोखिम बढेको भन्दै ट्राफिक नियमको पालना र सबै सरोकारवाला संग समन्वय गर्न चालकहरुलाई आग्रह समेत गरेका थिए ।
उक्त कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख श्यानी चौधरी, यातायात ब्यवस्था कार्यालय राप्तीका प्रमुख कालिदास बस्याल लगाएतले बोलेका थिए ।
कार्यक्रमको प्रशिक्षण लुम्बिनी प्रदेश सरकार श्रम तथा यातायात व्यवस्था मन्त्रालयका सचिब
दिपकराज नेपाल, यातायात ब्यवस्था कार्यालय तुलसीपुरका प्रमुख कालिदास बस्याल, जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रहरी निरिक्षक झबेन्द्र परियार लगायतकाले ट्राफिक नियम सम्बन्धी प्रशिक्षण दिएका थिए ।
लुम्बिनी प्रदेश, श्रम तथा यातायात व्यवस्था मन्त्रालयका सचिव दिपकराज नेपालको अध्यक्षतामा भएको कार्यक्रम मन्त्रालयका लेखा प्रमुख विष्णु प्रसाद पौडेलको स्वागत मन्तब्यबाट सुरु भएको थियो । भने कार्यक्रमको सहजिकरण मन्त्रालयका अधिकृत टुकराज पाण्डेले गरेका थिए