१२ साउन २०८२, सोमबार
28-07-2025 , Mon
×

राष्ट्रिय स्वतन्त्र पार्टीमा समानुपातिक चयनमा चलखेल भएको भन्दै असन्तुष्टि

Logo
प्रकाशित बिहिबार, मंसिर २२, २०७९


(ABC-Sanchar)
काठमाडौं । निर्वाचनको परिणाम आएसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का विवाद सुरु भएको । रवि लामिछाने नेतृत्वको रास्वपाभित्र समानुपातिक सांसद चयनमा चलखेल भएको एकथरीले असन्तुष्टि जनाएपछि विवाद सुरु भएको हो ।

सुनसरी क्षेत्र नम्बर २ बाट रास्वपाबाट पराजित भएका सुनसरी सभापति समेत रहेका लालविक्रम थापाले समानुपतिक चयनमा खलखेल भएको भन्दै असन्तुष्टि जनाएका छन् । उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै ‘थिति बसाल्न र पार्टी बिग्रेला भन्ने डरले चिन्तित भई खबरदारी गर्न आवश्यक रहेको जनाएका छन् ।

प्राइमरी इलेक्सनबाट आएकाहरूलाई प्राथमिकतामा नराखी अरुलाई नै समानुपातिक सांसदमा पठाउन खोजिएको उनको आरोप छ ।

उनले लेखेका छन्, ‘राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक सांसद छनोट प्रक्रियामा पार्टी विधि पद्धति र सिद्धान्त मिचेर प्राइमरी इलेक्सन र बन्दसूचीको क्रम संख्याभन्दा बाहिर गएर गरिने निर्णय आम पार्टी सदस्य शुभचिन्तक मतदाता कसैका लागि पनि हितकारी नहुने देखिएको छ ।’

बिहीबार रास्वपा केन्द्रीय कार्यालय ‘घण्टीघर’मा हुने खबरदारी कार्यक्रममा सहभागी हुनसमेत उनले अनुरोध गरेका छन् । आज बिहीबार रास्वपाको केन्द्रीय कार्यालयमा असन्तुष्ट भएकाहरुले घण्टी बजाउँदै खबरदारी गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  कपिलवस्तु । शिवराज नगरपालिका वडा नम्बर ५ स्थित प्रगति टोलमा रहेको दीपक न्यौपानेको घरमा भएको चोरी घटनामा संलग्न अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। गत साउन ६ गते राति भएको चोरी घटनाको अनुसन्धानका क्रममा घटनास्थल नजिकै रहेको सीसीटीभी फुटेजको आधारमा शंकास्पद व्यक्तिको खोजी थालिएको थियो। फुटेजमा कैद भएका व्यक्तिको हुलिया पहिचान गरी प्रहरीले व्यापक खोजतलास […]

दाङ । देउखुरी गढवा गाउँपालिका वडा नम्बर ७,का वडा अध्यक्ष राहुलदेव चौधरीको घरमा अवैध काठ चिरान गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा वन कर्मचारी,प्रहरी र सामुदायिक वनका पदाधिकारीको संयुक्त टोलिले साल र सिसौंको गरि कुल ५८.३४ क्युफिट काठ बरामद गरेको हो । कक्रहवा खोलाले बगाएर ल्याएको साल र सिसौंको रुखलाई सम्बन्धित वन कार्यालयलाई जानकारी गराउनुको सट्टामा […]

  काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयको कानुन शाखाले आज सूचना जारी गर्दै २२ जना प्रहरी लामो समयदेखि गैरहाजिर रहेको भन्दै उनीहरूलाई सम्पर्कमा आउन सात दिनको समय दिएको हो। गैर हाजिर हुनेमा प्राविधिक तर्फका एक असईसहित चारजना असई, दुईजना कार्यालय सहयोग र बाँकी सबै प्रहरी जवान छन्। लामो सयमदेखि सम्पर्कविहीन भएका उनीहरूलाई एक साताभित्र सम्पर्कमा […]

error: Content is protected !!