०४ बैशाख २०८३, शुक्रबार
17-04-2026 , Fri
×

हाइड्रोपावरको काम मापदण्ड विपरीत भएको भन्दै स्थानीयहरुले गरे आगजनी

Logo
प्रकाशित शनिबार, मंसिर २४, २०७९

 

(ABC-Sanchar)

गोरखा । सिरानचोक गाउँपालिका–२ पाँडेबेसीको चम्पावती हाइड्रोपावरको कार्यालयमा स्थानीयहरूले आगजनी गरेका छन् । हाइड्रो पावरले बलमिच्याइँ गर्दा आफूहरूको सिञ्चाइ आयोजना बन्द हुने अवस्थामा पुगेको भन्दै उनीहरूले शनिबार केही सवारी साधनसहित हाइड्रोको कार्यालयमा आगजनी गरेका हुन् ।

हाइड्रोपावरको काम मापदण्ड विपरीत रहेको भन्दै छिमेकी जिल्ला लमजुङको राइनास नगरपालिकाबाट पुगेका पाँच सयभन्दा बढी स्थानीयले कार्यलय परिसर भित्र रहेका दुई वटा मिनीट्रक, एउटा जेसीभी र जस्ताले छाएको दुईवटा अस्थायी टहरामा आगो लगाइदिएका हुन् ।
कार्यलयभित्र रहेको फर्निचरको सामग्रीसमेत उनीहरूले तोडफोड गरेको बताइएको छ । मिनी ट्रक पूर्ण रुपमा क्षति भएको र जेसीबीमा आंशिक क्षति पुगेको बताइएको छ । आगजनीपछि इलाका प्रहरी कार्यालय ठाटीपोखरीबाट प्रहरी टोली घटनास्थल पुगेको छ ।

क्षतिको विवरण यकिन गर्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी केदार खनालले बताए । ‘अघिदेखि नै हाइड्रोको पानीको निकास कहाँ गयो, कुलाको बाँधभन्दा तल पानी निस्कियो भन्ने विवाद थियो,’ उनले भने,‘गत भदौमा स्पटमै बसेर हामीले कुराकानी पनि गरेका थियौँ, आज(शनिबार) त्यही विषयलाई इस्यू बनाएर आगजनी भएको छ, मान्छे आएर सिधै आगजनी गर्न थाले, ।’
२०४९ सालबाट सिञ्चाइ हुँदै आएको राइनासटार सिञ्चाइ आयोजनालाई बेवास्ता गरी बलमिच्याइँ गरेर हाइड्रोपावर सञ्चालन हुन लागेपछि स्थानीयले विरोध जनाएको राइनास नगरपालिका–३ का श्रीकृष्ण पौडेलले बताए । ‘हाइड्रोले सिञ्चाइ आयोजना बन्द हुने परिस्थितिमा पुग्यो,’ उनले भने,‘अब पानी कहाँ झार्छ भन्ने हाम्रो कुरा रहेन, हाइड्रोपावर बन्द हुनुपर्छ भन्ने माग हो ।’

शनिबारको घटनाले आयोजनामा करोडभन्दा बढीको क्षति भएको हाइड्रोपवार सञ्चालक हरेराम पराजुलीलले बताए । ‘नहरको मूहानभन्दा तल पानी खस्यो भन्ने झुटा आरोप हो, हामीले प्लान गर्दा त्यसरी गरेका छैनौं,’ उनले भने । आयोजनामा जबर्जस्ती तोडफोड भएकाले कानुनी प्रक्रियामा जाने उनले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । इजरायली सेनाले बिहीबार गरेको मिसाइल हमलामा दक्षिण लेबनानको अन्तिम सकुशल पुल पनि ध्वस्त भएको छ । बीबीसीका अनुसार नबतिएह सहरमा हमलापछि धुँवा नै धुँवा उठेको छ । लिटानी नदीमाथिको सो पुल रहेको क्षेत्रमा सो सहर छ । जहाँ ४० हजार भन्दा बढी मानिसको बसोबास छ । यो हमलापछि अब लेबनानको दक्षिणी क्षेत्रसँग जोड्ने […]

बाँके । सशस्त्र प्रहरीले मात्र चेकजाँच गर्दै आएको उक्त चोकमा सशस्त्र प्रहरी सँगै नेपाल प्रहरीले पनि चेकजाँच सुरु गर्न थालेको हो ।एकिकृत जाँच चौकी (आइसीपी) र जमुनाहबाट आउने सवारी साधन तथा मालबाहक गाडीको चेकजाँच गर्न सोमवारदेखि नेपाल प्रहरी पनि परिचालन भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अंगुर जिसीले जानकारी दिए ।चौलिका चोकमा खटिने […]

दाङ । मंगलवार बेलुकी तुलसीपुर ५ माछापुच्छ्रे टोल स्थित थारमारे भण्डारी होटेलबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका सुचना अधिकारी रेशम बोहराले जानकारी दिए । विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले सल्यान बागचौर नगरपालिका २ बागचौर बस्ने वर्ष २० को दीपक भण्डारी, सोहि ठाउँका वर्ष १९ को सरोज घर्ती मगर […]

error: Content is protected !!