२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडामा नि:शुल्क स्वास्थ सिविर सम्पन्न

Logo
प्रकाशित आइतबार, मंसिर २५, २०७९


ABC (क्राईमबिट)
काठमाडौं । नेपाल प्रहरी श्रीमती संघ र सशस्त्र प्रहरी परिवार महिला संघको संयुक्त आयोजना तथा कलेज अफ मेडिकल साईन्सेस चितवनसँगको सहकार्यमा उक्त सिविर सम्पन्न भएको हो ।


नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष कुसुम लता सिंह प्रमुख अतिथ्यता तथा सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष अनिता लामिछाने अर्याल र बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्यको विशिष्ट आतिथ्यतामा उक्त स्वास्थ्य सिविर सम्पन्न भएको हो ।

शिविरमा नि:शुल्क भिडियो ऐक्स-रे तथा इसिजी सेवा, मृगौला तथा मुत्ररोग परीक्षण, रक्तचाप तथा मधुमेह परीक्षण, छाला सम्बन्धी परीक्षण, हाड जोर्नी तथा नशा सम्बन्धी परीक्षण र स्त्री तथा प्रसुती रोगसम्बन्धी परीक्षण गरिएको थियो । स्वास्थ्य जाँच पश्चात् नि:शुल्क औषधी समेत वितरण गरिएको थियो । नि:शुल्क स्वास्थ्य सिविरमा नेपाल प्रहरीका २ सय ३१ जना तथा सशस्त्र प्रहरी वल नेपालका ४५ जना सकल दर्जाका कर्मचारीहरू तथा १५ जना प्रहरी कर्मचारी परिवारका सदस्य गरी २ सय ९१ जनाले नि:शुल्क स्वास्थ्य सेवा लिनुभएको थियो । जसमा महिलाको संख्या ७३ जना र पुरुषको संख्या २ सय १८ जना रहेको थियो ।

२०४१ साल भाद्र ४ गते नेपाल प्रहरी श्रीमती संघ नामक मुनाफा रहित संस्थाको स्थापना भएको हो । स्थापना कालदेखि नै संस्थाले प्रहरी परिवारका महिलाहरूको मात्र नभै समग्र महिलाहरूको सिप विकास, आय आर्जन, स्वास्थ्य, शिक्षा, क्षमता अभिवृद्धि जस्ता विभिन्न बिषयहरूमा सचेतनाको लागी कार्यक्रमहरू संचालन गर्दै आईरहेको छ । यसका साथै संस्थाले अमर प्रहरी परिवार, घाईते, दिर्घरोगी प्रहरी कर्मचारीका सन्ततिलाई छात्रवृत्ति, आर्थिक सहयोग, सहारा विहिन वृद्ध वृद्धाहरूलाई राहत सहयोग तथा समय समयमा नि:शुल्क स्वास्थ्य शिविर पनि सचालन गर्दै आईरहेको छ ।

नेपाल प्रहरी श्रीमती संघको सक्रियतामा हालसालै बहालवाला प्रहरी कर्मचारी, निजका परिवारजन, अमर प्रहरी परिवार र पूर्व प्रहरी परिवारको स्वास्थ्य उपचार सेवामा छुट प्रदान गर्न चितवन मेडिकल कलेज शिक्षण अस्पताल र मेघा अस्पतालसँग सम्झौता पत्रमा हस्ताक्षर भई कार्यान्वयन समेत भईरहेको छ । त्यसैगरी शैक्षिक छात्रवृत्ति प्रदान गर्न देशका विभिन्न शैक्षिक संस्थाहरूसँग समेत सम्झौता भई कार्यान्वयनको चरणमा रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!