०५ बैशाख २०८३, शनिबार
18-04-2026 , Sat
×

दाङका किसानलाई डेबिट र क्रेडिट कार्ड वितरण पहिलो चरणमा सुरु

Logo
प्रकाशित आइतबार, मंसिर २५, २०७९

(ABC-Sanchar)
दाङ । तुलसीपुर उपमहानगरपालिका
१६ का किसानलाई डेबिट र क्रेडिट कार्ड वितरण गरिएको हो । वडाध्यक्ष शिवानन्द डाँगीका अनुसार ४० किसानलाई डेबिट कार्ड र १३ किसानलाई क्रेडिट कार्ड वितरण गरिएको हो ।

 

सिसा परियोजना, सीमिट इन्टरनेशनल र आइडिइ नेपालको आर्थिक सहयोगमा मेगा बैंकले उक्त डेबिट र क्रेडिट कार्ड वितरण गरेको हो । डेबिट र क्रेडिट कार्डले किसानलाई डिजिटल बैंकिङ कारोबार गर्न सहज बनाउने भन्दै यो किसानलाई खुसीको कुरा भएको वडाध्यक्ष डाँगीको भनाइ थियो ।

अर्थाभावले कृषि खेतीमै प्रभाव पार्ने अवस्था आउन सक्ने भन्दै त्यसलाई न्यूनीकरण गर्न यसले भूमिका खेल्ने अध्यक्ष डाँगीको भनाइ थियो ।“ क्रेडिट कार्डबाट किसानले मल, बीउलगायत अन्य कृषिसम्बन्धी सामग्री चाहियो भने लैजान सक्नुहुन्छ”, उनले भने, “यसले किसानलाई फाइदा पुर्याउँछ ।”

क्रेडिट कार्ड प्राप्त किसानलाई बिना धितो राज्यले रु दुई लाखसम्म ऋण दिन्छ । सहुलियत कर्जाका रूपमा पाउने त्यो ऋण किसानले कृषि उत्पादन बिक्रीपछि प्राप्त गरेको रकमले पनि तिर्न सक्छन् । उनीहरूले त्यो ऋण कृषि सामग्री खरिदभन्दा अन्य कामका लागि प्रयोग गर्न पाउँदैनन् । त्यस्तै डेबिट कार्डबाट

किसानले अनुदान सहयोग, क्षतिपूर्ति हालिदिनका लागि प्रयोग हुनेछ । क्रेडिट कार्ड प्रत्येक वर्ष नवीकरण गर्नुपर्छ भने डेबिट कार्ड पाँच–पाँच वर्षमा नवीकरण गर्नुपर्छ ।

पहिलो चरणमा वडा नं १६ बाट वितरण गरिएको भए पनि सबै पालिकाका सबै किसानलाई उक्त कार्ड प्रदान गरिने सिसा परियोजनाका कार्यक्रम अधिकृत जङ्गबहादुर गुरुङले बताए । “सुरुआत वडा नं १६ बाट भयो, १३ मा पनि वितरण गर्ने तयारी गरेका छौँ”, उनले भने, “अब हामीले उपमहानगरपालिकासँग समन्वय गरेर सबै वडामा पु¥याउने छौँ ।” कार्ड पाएपछि किसान पनि खुसी भएका छन् । आफूहरूले अनुदान पाउने गरी क्रेडिट कार्ड दिएपछि यसले थप सहज हुने किसान वीरबल केसीले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाल सरकार सिङ्दरबार काठमाडौँ आदरणीय प्रधानमन्त्रीज्यूम मुम्बईको एउटा अँध्यारो कोठीबाट यो पत्र लेख्दैछु हरेक दिन मेरो आत्मा टुक्रिन्छ र हरेक रात मेरा सपना हरु चिहान मा परिणत हुन्छन मेरो नाम के हो त्यो अब अर्थहिन भैसक्यो म त केबल 22 बर्सकि एउटी नेपाली चेली हु जसको जीवन को रङ यहाँ का गल्लीका धुलो […]

काठमाडौं । अहिले संघीय सरकारका गृहमन्त्री सुधन गुरुङ ‘गस्ती’ को शैलीमा काठमाडौंबाहिरका विभिन्न सुरक्षा युनिट र ड्युटीस्थल अनुगमन गरिरहेका छन् । उनको शैलीले विभिन्न जिल्लाका सुरक्षा कमाण्डरलाई अनावश्यक हैरानी भएको छ । प्रहरीहरु जब दैनिक कार्यअवधि सिध्याएर निजी जीवनचर्यामा हुन्छन्, त्यस्तो समयमा गृहमन्त्री आफ्नो कार्यक्षेत्रमा प्रवेश गरिदिन्छन् । गृहमन्त्री आइसकेपछि उनलाई स्वागत गर्नुपर्ने, उनले चाहेका […]

वीरगन्जस्थित उच्च अदालत जनकपुर अस्थायी इजलासले प्रभु कन्सट्रक्सन प्रा.लि.का तर्फबाट दायर निषेधाज्ञा मुद्दामा अल्पकालीन अन्तरिम आदेश जारी गर्दै कर संकलन कार्यमा अवरोध नगर्न सम्बन्धित पक्षलाई निर्देशन दिएको छ। उच्च अदालतका न्यायाधीश पूर्णेश्वरप्रसाद उपाध्यायको एकल इजलासले वीरगन्ज महानगरपालिकाको कार्यालयसँग २०८२ साउन ३० गते भएको सम्झौता बमोजिम निवेदक प्रभु कन्सट्रक्सन प्रा.लि.ले गर्दै आएको कर संकलन कार्यमा कुनै […]

error: Content is protected !!