२६ जेठ २०८३, मंगलबार
09-06-2026 , Tue
×

गृहमन्त्री सुद्न गुरुङको आकस्मिक जिल्ला जिल्लामा गस्ती प्रहरीलाई अनाहकको सास्ती,

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, बैशाख ०४, २०८३

काठमाडौं । अहिले संघीय सरकारका गृहमन्त्री सुधन गुरुङ ‘गस्ती’ को शैलीमा काठमाडौंबाहिरका विभिन्न सुरक्षा युनिट र ड्युटीस्थल अनुगमन गरिरहेका छन् । उनको शैलीले विभिन्न जिल्लाका सुरक्षा कमाण्डरलाई अनावश्यक हैरानी भएको छ ।

प्रहरीहरु जब दैनिक कार्यअवधि सिध्याएर निजी जीवनचर्यामा हुन्छन्, त्यस्तो समयमा गृहमन्त्री आफ्नो कार्यक्षेत्रमा प्रवेश गरिदिन्छन् । गृहमन्त्री आइसकेपछि उनलाई स्वागत गर्नुपर्ने, उनले चाहेका सूचना वा जिज्ञासा हल गर्नुपर्ने जिम्मेवारी प्रहरी कमाण्डरको हुन्छ । जबकि विभिन्न युनिट कमाण्ड गरिरहेका सुरक्षा प्रमुखहरू परिभाषित जिम्मेवारी बहन गर्ने सिलसिलामा एक किसिमको थकान, तनाव र दबाबमा हुन्छन् ।

त्यसमाथि संघीय सरकारका गृहमन्त्री ‘गस्ती’ वा ‘छापामार’ शैलीमा कार्यक्षेत्रमा प्रवेश गर्ने घटनाले उनीहरूमा थप थकान, तनाव र दबाब थपिएको छ ।

गृहमन्त्री गुरुङ शनिबार र आइतबार चितवन हुँदै पश्चिमी जिल्लातिर गए । एक युनिटका प्रमुखले पंक्तिकारलाई भनेअनुसार पूर्वनिर्धारित कार्यक्रमबिना नै गृहमन्त्री आउँदा एक किसिमको आतंक नै सिर्जना भएको छ ।

‘सर्वसाधारण आतंकित हुँदा हामीले उनीहरूलाई आतंकमुक्त बनाउनुपर्नेमा हामी नै के के न बिराएजस्तो रातबिरात मन्त्रीका अगाडि तन्किनु परेको छ,’ ती प्रमुखले भने ।

देशको गृहमन्त्रीले मन्त्रालय वा क्वार्टरमै बसेर बनाउने नीति र योजनालाई कार्यान्वयन गर्ने प्रशासनिक र सुरक्षा संयन्त्र छ । ती संयन्त्रका आआफ्नै कार्य शृङ्खला र पद्धति (च्यानल) छन् । आजसम्म देशभरको सुरक्षा परिचालन सोही विधिबाट भइरहेको छ । जब गृहमन्त्री आफैँ दौडधुप गर्छन्, तब उक्त संरचनागत प्रणालीप्रति सरकारको विश्वास छैन भन्ने बुझिन्छ । यस्तो घटनाले सुरक्षा व्यवस्थापन गर्नुपर्ने जनशक्तिमा त्रास बढ्ने र मनोबल घट्ने हुन्छ ।

विभिन्न गृहमन्त्रीको निजी सचिवको जिम्मेवारी बहन गरिसकेका एक पूर्वसहसचिव मन्त्रीको अज्ञानता र उनका निकटस्थको गलत सल्लाहका कारण यस्तो हुने गरेको बताउँछन् ।

‘गृहमन्त्री भएपछि पुलिस तन्काएर मजा लिने, कर्मचारीलाई थर्काउन पाउँदा ठूलै काम गरेको भ्रम पाल्ने शृङ्खलाअन्तर्गत यस्तो हुने गरेको छ’, उनले भने । तर, त्यस्ता मन्त्री प्रकारान्तरमा असफल हुँदा तिनै घटना कारक बन्ने उनको भनाइ छ ।

‘अति गरेपछि कर्मचारीकै कारण मन्त्रीहरूलाई ब्याकफायर हुने गरेका प्रशस्तै घटना छन्,’ उनले भने ।

असफल दौडधुप

गृहमन्त्री गुरुङको यस्तो दौडधुपको शृङ्खला मन्त्री पदमा बहाली भएकै दिनबाट शुरू भएको हो । पहिलो दिन उनी मध्यरात प्रहरी प्रधान कार्यालय हातामा रहेकोे आईजीपी निवास पुगे । एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखक गिरफ्तारीको आदेश दिए । प्रहरीले लिखित आदेश माग्यो । रातारात लिखित आदेश तयार भयो । विहानै ओली र लेखक पक्राउ परे ।

तर, ‘जेल हाल्ने’ उद्देश्यसाथ पक्राउ परेका उनीहरू १३ दिनपछि मुद्दा नचली जिम्मा जमानीमा छुटे ।

गुरुङको रात्रिकालीन दौडधुप र निर्देशनपछि काठमाडौं र भक्तपुर प्रहरीले ‘गुण्डा अपरेशन’ चलायो । बिचौलिया र गुण्डा नियन्त्रणको उक्त शृङ्खला पनि असफलतामा टुंगियो ।

काठमाडौंमा ७० र भक्तपुरमा ६० मानिस पक्राउ परे । केहीबाहेक सबैजसो जिम्मा जमानीदेखि धरौटीमा छुटिसकेका छन् ।
कसरी हुनसक्छ प्रभावहीन ?

जब मन्त्री नै फिल्ड फिल्डमा गएर कर्मचारीलाई काम लगाउन तम्सिन्छन् , त्यसले कर्मचारी परिचालन प्रभावित हुन्छ । किनभने, सरकारको नीतिगत निर्देशन कार्यान्वयन गर्ने जिम्मेवारी कार्यपालिकासँग हुन्छ । उक्त संयन्त्रलाई व्यवस्थापिकाको प्रतिनिधिका रूपमा रहने मन्त्रीद्वारा हस्तक्षेप हुँदा कार्यपालिका अधिकार विमुख हुन्छ ।

उदाहरणका लागि– नेपाल प्रहरीका प्रत्येक प्रदेशमा प्रदेश कार्यालय र त्यसका प्रमुख सहितको संयन्त्र छ । प्रहरी प्रधान कार्यालय वा गृह मन्त्रालयका नीति कार्यान्वयनका निम्ति ती निकाय खडा गरिएका हुन् । जब मन्त्री आफैँ ठाँउ ठाउँमा पुगेर आदेश गर्छन्, तब ती संयन्त्र कामविहीन बन्छन् । यस्तो हुँदा मन्त्रीको कार्यशैलीप्रति ती निकायमा उत्पन्न हुने वितृष्णाले अन्ततः असहयोगको नीति तय गर्ने गरेको छ ।

लीलामणि पौडेल मुख्यसचिव हुँदा उनी आफैँ लामो दुरीका सवारी साधनले खाना खुवाउने होटल अनुगमनमा गए । तर, त्यहाँ खुवाइने अस्वस्थ्य खाना तत्काल बाहेक त्यसपछि नियन्त्रण भएन । काम राम्रो थियोे । तर, उक्त काम परिभाषित जिम्मेवारी प्राप्त कर्मचारीबाट लिनुपर्नेमा मुख्यसचिव आफैँ दैडिए । परिणाम निस्किएन ।

उनले मुख्यसचिव भएपछि प्रहरी र सुरक्षा सम्बद्ध कतिपय काममा सीधा हस्तक्षेप गरे । फलतः उनले उक्त क्षेत्रको सहयोग पाएनन् । उनका निर्देशन पालना भएनन् ।

वामदेव गौतम गृहमन्त्री हुँदा प्रहरीका मेस र व्यारेक अनुगमन गरे । तर, प्रहरीकै सहयोग पाएनन् । किनभने उक्त कामका निम्ति प्रणालीगत संरचना निर्धारित छन् । त्यसलाई पालना नगर्दा मन्त्रीले व्यहोर्नुपर्ने असफलता मात्रै हो ।

उर्जा मन्त्रीको जिम्मेवारीमा हुँदा गोकर्ण विष्टले विद्युत महसुसको बक्यौता नतिर्ने कलकारखानामा आफैँ ताला लगाउन पुगे । तर, समस्या समाधान भएन । बरु, बक्यौता बढेपछि अहिलेसम्म असुल हुनसकेको छैन ।

काममा नकारात्मक प्रभाव

गृहमन्त्री गुरुङले जिल्ला सुरक्षा प्रमुखलाई सडक–सडकमै विभिन्न आदेश र निर्देशन दिँदै हिँड्दा ती सुरक्षा प्रमुखले दैनिक जिम्मेवारी निर्वाह गर्नुपर्ने स्थानको काम नकारात्मक ढंगले प्रभावित भइरहेको एक प्रमुखले बताए । मन्त्रीले निर्देशन दिने अधिकार राख्छन्, तर त्यसका ठाउँ र समय अनुसार गर्नुपर्छ ।

जनताकै बीचमा उभिएर सीधासीधी सुरक्षा प्रमुखलाई ‘यसो गर, त्यसो गर’ भन्दा भोलिपल्टदेखि ती जनताको बीचमा सुरक्षा प्रमुख अघिल्ला दिनमा जसरी पेश हुन सक्दैनन् । किनभने, समुदायमा ‘गृहमन्त्रीले गाली गरेको’ भाष्य निर्माण भइसकेको हुन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । यतिबेला घोराही दाङको सन्दर्भमा सबिन प्रियासन निकै नै चर्चामा छन्। सम्भवत उनी नपुगेको ठाउँ, उनी नपुगेको कार्यक्रम हुँदैन होला ? उनको सृजनशील कामहरू सामाजिक सञ्जाल अनि संचार माध्यमहरुमा घण्टै पिच्छे आइरहन्छ। एक प्रकारले लाग्छ सामाजिक सञ्जाल अनि संचार माध्यमहरू उनकै कामको बारेमा पोस्ट गर्नका लागि बनेका हुन्। घोराही उपमहानगरपालिकाको आगामी स्थानीय तह निर्वाचनलाई […]

नेपालका धेरै सहरहरूले आफ्नो विकासको आधार उद्योग, व्यापार वा प्रशासनिक केन्द्रलाई बनाएका छन्। तर घोराहीसँग एउटा यस्तो सम्पदा छ, जसले धार्मिक आस्था, सांस्कृतिक इतिहास, प्राकृतिक सौन्दर्य र पर्यटन सम्भावनालाई एकै ठाउँमा जोड्न सक्छ। त्यो हो घोराही धार्मिक–पर्यापर्यटकीय सर्किट। घोराही क्षेत्रमा रहेका धार्मिक, ऐतिहासिक, प्राकृतिक तथा सांस्कृतिक गन्तव्यहरूलाई एउटै पर्यटन मार्गमा जोडेर विकास गर्न सकियो भने […]

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद एवं पूर्वगृहमन्त्री सुधन गुरुङ पुनः गृह मन्त्रालयको जिम्मेवारीमा फर्किने भएका छन्। बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई पुनः गृहमन्त्री नियुक्त गर्न लागेका हुन्। गुरुङको पद तथा गोपनीयताको शपथ ग्रहण आज दिउँसो ३ बजे राष्ट्रपति भवन शीतल निवासमा आयोजना गर्ने गरी सम्पूर्ण तयारी […]

error: Content is protected !!