०४ बैशाख २०८३, शुक्रबार
17-04-2026 , Fri
×

९० वर्षीया वृद्धाको हत्या

Logo
प्रकाशित मंगलबार, मंसिर २७, २०७९

काठमाडौंमा ९० वर्षीया वृद्धाको हत्या भएको छ।

तार्केश्वर नगरपालिका-६ धर्मस्थलीको पुतुवार बस्तीमा बस्ने ९० वर्षीया डिल्ली पतुवारको हत्या भएको हो। उनको शव सोही नगरपालिकाको वडा ३ मा रहेको पाखावनमा शव फेला परेको हो।

घरबाट अन्दाजी ५०० मिटर टाढा रहेको जंगलको खोंचमा उनको शव मंसिर २२ गते फेला परेको हो।

प्रहरीका अनुसार उनको हत्या भएको देखिन्छ। मंसिर २० गते मात्रै उनी हराएको भन्दै प्रहरी वृत्त बालाजुमा निवेदन परेको थियो।

दुई दिनपछि ती वृद्धाको शव जंगलमा फेला परेको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले जानकारी दिए।

शव फेला परेको खबर पाएपछि प्रहरी वृत्त बालाजु र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली घटनास्थलमा पुगेको थियो।

ती वृद्धाले राम्ररी आँखा पनि देख्थिनन् भने लाठी टेकेर हिँड्थिन्। हिँड्न र देख्नसमेत कठिन भएकी वृद्धा आफैं जंगलमा पुग्न गाह्रो हुने प्रहरीको बुझाइ छ।

उनका एक छोरा र चार छोरी छिन्। उनीहरू आमासँगै बस्दैनन्। एक जना छोरी भने ५० मिटर परको अर्कै घरमा बस्थिन्।

२० गते आमालाई घरमा नदेखेपछि उनले प्रहरीलाई खबर गरेकी थिइन्। त्यसपछि हराएको भन्दै प्रहरी वृत्तमा निवेदन समेत दिएकी थिइन्।

अनुसन्धानमा संलग्न प्रहरीका अनुसार ती वृद्धा को टाउकोमा भित्री चोट छ।

जंगलमा फेला परेको उक्त शव भएको ठाउँमा घिसारिएको पनि देखिएको प्रहरीले बताएको छ।

‘शरीरका अन्य भागमा हतियार प्रयोग गरिएका चोटहरू कतै छैनन्। तर टाउकोमा ‘ब्लन्ट फोर्स’ केहीले हिर्काएको जस्तो देखिन्छ। त्यसै कारणले मृत्यु भएको भनिएको छ,’ ती अधिकारीले भने, ‘भित्री चोटचाहिँ भनिएको छ। जंगलमा केही घिसारेको जस्तो पनि देखिन्छ।’

यस्तै वृद्धाको दाहिने गालामा जंगली जनावरले पनि खाएको देखिएको उनले बताए।

यसको अनुसन्धान प्रहरी वृत्त बालाजुले गरिरहेको छ। यता अनुसन्धान कार्यालयले पनि अनुसन्धानमा सघाइरहेको छ।

यसमा विभिन्न पाटोबाट अनुसन्धान भइरहेको ती अधिकारीको भनाइ छ। यद्यपि कसैलाई पक्राउ गरिनसकेको उनले बताए।

‘हामीले हरेक पाटोबाट हेरिरहेका छौं। केही शंकाको घेरामा पनि छन्,’ उनले भने, ‘९० वर्षकी वृद्धालाई जंगलमा लगेर मार्नुपर्ने कारण के-के होलान् भनेर अनुसन्धान हुँदैछ।’

वडा नम्बर ६का वडाध्यक्ष घनश्याम श्रेष्ठका अनुसार पनि यो घटना रहस्यमय छ। मृतक वृद्धा उनकै वडाबासी हुन्।

उनका अनुसार यो घटना कुनै लुटपाट गर्नका लागि पनि होइन। किनभने उनले लगाएका गहना भने शवसँगै भेटिएको छ।

‘लुटपाट पनि भएको जस्तो छैन। कानमा लगाएको सुनका गहना, सिक्रीहरू त्यहीँ थियो। थैली पनि फालिएको अवस्थामा फेला पर्‍यो,’ उनले भने, ‘कोही नजिकैको मान्छेबाट भएको पो हो कि भन्ने पनि आशंका छ।’

यसैबीच तर्केश्वर-३ तीनपिप्लेमै आइतरबा राति अर्का एक युवकको शंकास्पद मृत्यु भएको हो। २३ वर्षीय सविन फुयालको मृत्यु भएको हो। उनको टिपरले ठक्कर दिएर दुर्घटनापछि हत्या गरेको आरोप छ।

प्रहरीले यस घटनामा भने दुई जनालाई नियन्त्रणमा लिएको छ। आफन्तले कर्तव्य ज्यान मुद्दामा जाहेरी समेत दिएका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । इजरायली सेनाले बिहीबार गरेको मिसाइल हमलामा दक्षिण लेबनानको अन्तिम सकुशल पुल पनि ध्वस्त भएको छ । बीबीसीका अनुसार नबतिएह सहरमा हमलापछि धुँवा नै धुँवा उठेको छ । लिटानी नदीमाथिको सो पुल रहेको क्षेत्रमा सो सहर छ । जहाँ ४० हजार भन्दा बढी मानिसको बसोबास छ । यो हमलापछि अब लेबनानको दक्षिणी क्षेत्रसँग जोड्ने […]

बाँके । सशस्त्र प्रहरीले मात्र चेकजाँच गर्दै आएको उक्त चोकमा सशस्त्र प्रहरी सँगै नेपाल प्रहरीले पनि चेकजाँच सुरु गर्न थालेको हो ।एकिकृत जाँच चौकी (आइसीपी) र जमुनाहबाट आउने सवारी साधन तथा मालबाहक गाडीको चेकजाँच गर्न सोमवारदेखि नेपाल प्रहरी पनि परिचालन भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अंगुर जिसीले जानकारी दिए ।चौलिका चोकमा खटिने […]

दाङ । मंगलवार बेलुकी तुलसीपुर ५ माछापुच्छ्रे टोल स्थित थारमारे भण्डारी होटेलबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका सुचना अधिकारी रेशम बोहराले जानकारी दिए । विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले सल्यान बागचौर नगरपालिका २ बागचौर बस्ने वर्ष २० को दीपक भण्डारी, सोहि ठाउँका वर्ष १९ को सरोज घर्ती मगर […]

error: Content is protected !!