२४ बैशाख २०८३, बिहिबार
07-05-2026 , Thu
×

नयाँ सरकार बन्ने रस्साकस्सी बाबुरामलाई राष्ट्रपति बनाउने सहमति र चर्चा यस्तो छ

Logo
प्रकाशित मंगलबार, मंसिर २७, २०७९


(ABC-Sanchar)
काठमाडौँ । नयाँ सरकार गठनको रस्साकस्सीसँगै प्रमुख संवैधानिक पदहरू कसको पोल्टामा पर्ने भन्ने विभिन्न आङ्कलनहरू सुरु भएका छन् । नयाँ सरकारको नेतृत्व कसले गर्छ भन्नेमा नै संवैधानिक पदहरूको बाँडफाँट निर्भर हुनेछ ।

यसबीच नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईको नयाँ राष्ट्रपति बन्न सक्ने चर्चा हुन थालेको छ । गोरखा क्षेत्र नम्बर-२ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई छोडेसँगै बाबुराम ‘राष्ट्रपति’ को दाबेदार बन्न सक्ने आङ्कलन गरिएको थियो । छोरी मानुषी यमी भट्टराईलाई काठमाडौँ-७ बाट निर्वाचित गराएर राष्ट्रपतिमा जाने योजना बनाएकाले निर्वाचन नलडेको हुन सक्ने धेरैको अनुमान थियो ।

प्रचण्ड गोरखाबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भए पनि मानुषी भने निर्वाचित हुन सकिनन् । माओवादीले आफूले सोचेभन्दा कम सिट ल्याए पछि सत्ताको बार्गेनिङ गर्ने प्वाइन्टमा पुग्न सकेको छैन ।

माओवादी अध्यक्ष प्रचण्डले आलोपालो सरकारको नेतृत्व गर्ने स्पष्ट भए पनि पहिलो चरणमा प्रधानमन्त्रीको नेतृत्व कसले लिने भन्ने विषयमा अहिलेसम्म सहमति हुन नसकेको बताएका छन् । गत आइतबार प्रेस सेन्टरको एक कार्यक्रममा बोल्दै प्रचण्डले निर्वाचन आयोगले सबै परिणाम बुझाएपछि सरकारको नेतृत्वको विषयमा समझदारी गरेर अघि बढिने बताए ।

प्रचण्ड पहिलो चरणमै सरकारको नेतृत्व लिने अडानमा छन् । आलोपालो प्रधानमन्त्रीको नेतृत्व गर्दा पहिलो चरणमा नपाए सरकारमा नजाने प्रचण्डले सङ्केत दिइसकेका छन् । पहिलो चरणमा प्रधानमन्त्रीको नेतृत्व नपाएमा पछि प्रधानमन्त्री बन्न निक्कै सकस हुने भएकाले आफ्नो अडान नछाड्ने सङ्केत दिएका छन् । बरु काँग्रेस र एमालेले सरकार बनाए आफू सदन र सडकको मोर्चालाई बलियो बनाउने प्रचण्डले बताएका थिए ।

माओवादी संसदीय अङ्कगणितमा तेस्रो भएकाले पहिलो चरणमै सरकारको नेतृत्व प्रचण्डले पाउने सम्भावना भने सहज छैन । तत्काललाई काँग्रेस र एमाले मिलेर सरकार बनाउने अवस्था देखिएको छैन । यस्तोमा प्रधानमन्त्री काँग्रेसले लिएर राष्ट्रपति माओवादीले तथा सभामुख एकीकृत समाजवादीले पाउने सक्ने अवस्था छ । त्यसैले काँग्रेस संसदीय दलको नेतामा निर्वाचित हुने नै प्रधानमन्त्रीको कुर्सीमा पुग्ने देखिएको छ ।

राष्ट्रपति माओवादी पोल्टामा परेमा बाबुराम नै हुन सक्ने नेपाल समाजवादीका एक नेताले बताए । प्रचण्ड, बाबुराम र देउवाबीच नयाँ राष्ट्रपतिमा उनलाई अघि सार्ने विषयमा भद्र सहमति नै भएको ती नेताको दाबी छ । तीन नेताबीच कुन–कुन विषयमा भद्र सहमति भएको छ भन्ने विषयमा बाहिर खुलाइएको छैन ।

उता माओवादीबाट राष्ट्रपतिमा वर्तमान उपराष्ट्रपति नन्दबहादुर पुन‘पासाङ’, अग्निप्रसाद सापकोटालगायत नेताले समेत नजर लगाएका छन् ।

नेपाल समाजवादी पार्टीका नेता एवम् प्रदेश सांसद गङ्गानारायण श्रेष्ठ भने बाबुराम भट्टराईलाई राष्ट्रपति बनाउने विषयमा भद्र सहमति भएकोबारे अनभिज्ञता प्रकट गरे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले बालेन शाह नेतृत्वको सरकारले कार्की आयोगको प्रतिवेदन कार्यान्वयनबारे गरेको निर्णय पक्षपाती र षड्यन्त्रपूर्ण भएको आरोप लगाएका छन्। शुक्रबार बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले सुरक्षाकर्मीको हकमा अध्ययन समिति गठन गर्ने तर तत्कालीन प्रधानमन्त्री, गृहमन्त्रीलगायतको हकमा सोझै कार्यान्वयन गर्ने निर्णय गरेको भन्दै उनले यस्तो कदमले देशलाई पुनः द्वन्द्वतर्फ धकेल्न सक्ने चेतावनी […]

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको शपथ सुरु भएको छ । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुको पद तथा गोपनीयताको शपथ सुरु भएको हो । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराउँदैछन् । संसद् सचिवालयका अनुसार ६३ जना सांसदले नेपाली बाहेकको मातृभाषामा शपथ लिँदैछन् । उनीहरू आ–आफ्नै भेषभूषामा शपथका लागि सिंहदरबार पुगेका छन् ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले समानुपातिक सांसदलाई मन्त्री नबनाउने निर्णय लिएको छ । पार्टीको चुनाव चिन्हमा कानून बनाउने विश्वासमा मत आएका कारण समानुपातिक सांसदलाई अन्य कुरामा नअल्झाउने कुरामा नेतृत्व प्रस्ट भएपछि यो निर्णय लिएको एक नेताले बताए ।

error: Content is protected !!