१० साउन २०८२, शनिबार
26-07-2025 , Sat
×

श्रीमतीलाई कुटपिट गरेको आरोपमा डाक्टर पक्राउ

Logo
प्रकाशित बुधबार, मंसिर २८, २०७९

श्रीमतीमाथि घरेलु हिंसा र दाइजो लिएको आरोपमा एक जना डाक्टर पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय महोत्तरीले बिहीबार राती डाक्टर पंकज चौधरीलाई रामगोपालपुरस्थित उनको घरबाट पक्राउ गरेको एसपी कृष्ण पंगेनीले जानकारी दिए।

उनी र महोत्तरीकै औराहीकी नेहा चौधरीको ९ महिनाअघि विवाह भएको थियो। उक्त विवाहमा अत्यधिक दाइजो लिएको भन्ने जाहेरी परेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।

यसअघि उनीमाथि घरेलु हिंसामा जाहेरी परेको थियो। त्यस मुद्दामा अझै पनि अनुसन्धान जारी भएको एसपी पंगेनीले बताए।

‘पहिलेको मुद्दामा पनि अनुसन्धान जारी नै छ। अहिले फेरि दाइजोसम्बन्धी जाहेरी परेकाले हामीले पक्राउ गरेका हौं,’ उनले भने।

मुलुकी अपराध संहीता, २०७४ को दफा १७४ मा विवाहमा लेनदेन गर्न नहुने उल्लेख छ।

परम्पराअनुसार सामान्य उपहार, भेटी, दक्षिणा वा शरीरमा लगाएका एकसरो गहनाबाहेक विवाह गर्ने दुलाहा वा दुलहीका तर्फबाट कुनै किसिमको चल, अचल दाइजो वा कुनै सम्पत्ति माग गरी वा लेनदेन शर्त राखी विवाह गर्न वा गराउन हुँदैन,’ यस दफामा उल्लेख छ।

यस अनुसार तीन वर्षसम्म कैद वा ३० हजार जरिवाना वा दुबै सजाय हुने उल्लेख छ। त्यस्तै विवाहपछि पनि दाइजो माग्ने र दाइजो नदिएकाले दुलही वा नातेदारलाई हैरान पार्ने, सताउने वा अमानवीय व्यवहार गरेमा ५ वर्षसम्म कैद वा ५० हजार जरिवाना वा दुबै सजाय हुने व्यवस्था छ।

नेहाका अनुसार उनीहरूको विवाहमा २० तोला सुन, फर्निचर लगायत सामान गरी एक करोड २५ लाख खर्च भएको थियो। विवाहको केही दिनपछि नै पंकजले काठमाडौंमा घर किनेर दिन दबाब दिएको पनि लेखेकी छिन्।

पंकजले के-कति दाइजो लिएका थिए भन्ने खुलिनसकेको एसपी पंगेनीले बताए।

नेहा र पंकजबीच प्रेम भएपछि आफ्नो परम्पराअनुसार नै विवाह भएको थियो। पंकज ग्रान्डी अस्पतालमा काम गर्थे।

तर विवाह भएको केही दिनदेखि नै घरमा श्रीमान, सासु र नन्दहरूले गाली र अभद्र व्यवहार गरेको भन्दै नेहाले सामाजिक सञ्जालमा लेखेकी थिइन्।

उनले यस घटनाबारे एक महिना अघि आफ्नो फेसबुकमार्फत सार्वजनिक गरेकी थिइन्।

‘म दुःख-सुख गरी बसिरहेकी थिएँ। मेरो श्रीमान काठमाडौं बस्नु हुन्छ, ग्रान्डी अस्पतालमा काम गर्नुहुन्छ। मलाई पनि आफूसँगै राख्नु भन्ने वित्तिकै कुटपिट पनि गर्नुहुन्थ्यो,’ उनले लेखेकी थिइन्।

यसरी घरेलु हिंसा भएपछि उनले जिल्ला प्रहरी कार्यालय महोत्तरीमा जाहेरी दिएकी थिइन्।

एसपी पंगेनीका अनुसार घरेलु हिंसाको जाहेरी परेपछि त्यतिबेला पनि पक्राउ गरी केही दिन हिरासतमा राखिएको थियो। तर पछि उनी छुटेका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । थाइल्यान्ड सीमा क्षेत्रमा द्वन्द्व चर्किँदै गएपछि दुवै देशबीच ठूलो युद्धको खतरा बढेको अल जजिराले जनाएको छ । कम्बोडियाको ओडर मेन्चे प्रान्तमा बिहीवार थाइल्यान्डको तोप आक्रमणले क्षति पुर्‍याएको बौद्ध गुम्बाबाट एक जनाको शव निकाल्दै गरेका कम्बोडियन सैनिकहरूको तस्बिर सार्वजनिक भएको छ । हिजो कम्बोडियन सेनाले सात जना सर्वसाधारण र पाँच जना सैनिक गरी थप […]

दाङ प्रहरीले घोराहीबाट अवैध लागूऔषध ब्राउनसुगरसहित एक जना पक्राउ दाङ । अवैध लागूऔषध ब्राउनसुगर सहित तुलसीपुरका एक युवक घोराहीमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–१० पड्ढा बस्ने २४ वर्षीय बिराट बस्नेत रहेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । घोराही उपमहानगरपालिका–१४ नयाँ बसपार्कबाट ९ सय ७० मिलिग्राम ब्राउन सुगर र नगद […]

  दाङ । भालुवाङ आर्थिक स्रोतको अभावबिच पनि जनताको सुरक्षालाई प्राथमिकतामा राख्दै सेवा प्रवाहमा प्रतिबद्ध राप्ती गाउँपालिकाले दमकल प्राप्त गरेपछि राहत महसुस गरेको छ । लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०८१/८२ को बजेटबाट खरिद गरिएको दमकल बुधबार गाउँपालिकामा आइपुगेको हो । स्थानीय सरकारसँग सीमित स्रोतसाधन हुँदा अपेक्षित विकास योजना समयमै पूरा गर्न कठिनाइ हुने गरेको […]

error: Content is protected !!