०४ बैशाख २०८३, शुक्रबार
17-04-2026 , Fri
×

श्रीमतीलाई कुटपिट गरेको आरोपमा डाक्टर पक्राउ

Logo
प्रकाशित बुधबार, मंसिर २८, २०७९

श्रीमतीमाथि घरेलु हिंसा र दाइजो लिएको आरोपमा एक जना डाक्टर पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय महोत्तरीले बिहीबार राती डाक्टर पंकज चौधरीलाई रामगोपालपुरस्थित उनको घरबाट पक्राउ गरेको एसपी कृष्ण पंगेनीले जानकारी दिए।

उनी र महोत्तरीकै औराहीकी नेहा चौधरीको ९ महिनाअघि विवाह भएको थियो। उक्त विवाहमा अत्यधिक दाइजो लिएको भन्ने जाहेरी परेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।

यसअघि उनीमाथि घरेलु हिंसामा जाहेरी परेको थियो। त्यस मुद्दामा अझै पनि अनुसन्धान जारी भएको एसपी पंगेनीले बताए।

‘पहिलेको मुद्दामा पनि अनुसन्धान जारी नै छ। अहिले फेरि दाइजोसम्बन्धी जाहेरी परेकाले हामीले पक्राउ गरेका हौं,’ उनले भने।

मुलुकी अपराध संहीता, २०७४ को दफा १७४ मा विवाहमा लेनदेन गर्न नहुने उल्लेख छ।

परम्पराअनुसार सामान्य उपहार, भेटी, दक्षिणा वा शरीरमा लगाएका एकसरो गहनाबाहेक विवाह गर्ने दुलाहा वा दुलहीका तर्फबाट कुनै किसिमको चल, अचल दाइजो वा कुनै सम्पत्ति माग गरी वा लेनदेन शर्त राखी विवाह गर्न वा गराउन हुँदैन,’ यस दफामा उल्लेख छ।

यस अनुसार तीन वर्षसम्म कैद वा ३० हजार जरिवाना वा दुबै सजाय हुने उल्लेख छ। त्यस्तै विवाहपछि पनि दाइजो माग्ने र दाइजो नदिएकाले दुलही वा नातेदारलाई हैरान पार्ने, सताउने वा अमानवीय व्यवहार गरेमा ५ वर्षसम्म कैद वा ५० हजार जरिवाना वा दुबै सजाय हुने व्यवस्था छ।

नेहाका अनुसार उनीहरूको विवाहमा २० तोला सुन, फर्निचर लगायत सामान गरी एक करोड २५ लाख खर्च भएको थियो। विवाहको केही दिनपछि नै पंकजले काठमाडौंमा घर किनेर दिन दबाब दिएको पनि लेखेकी छिन्।

पंकजले के-कति दाइजो लिएका थिए भन्ने खुलिनसकेको एसपी पंगेनीले बताए।

नेहा र पंकजबीच प्रेम भएपछि आफ्नो परम्पराअनुसार नै विवाह भएको थियो। पंकज ग्रान्डी अस्पतालमा काम गर्थे।

तर विवाह भएको केही दिनदेखि नै घरमा श्रीमान, सासु र नन्दहरूले गाली र अभद्र व्यवहार गरेको भन्दै नेहाले सामाजिक सञ्जालमा लेखेकी थिइन्।

उनले यस घटनाबारे एक महिना अघि आफ्नो फेसबुकमार्फत सार्वजनिक गरेकी थिइन्।

‘म दुःख-सुख गरी बसिरहेकी थिएँ। मेरो श्रीमान काठमाडौं बस्नु हुन्छ, ग्रान्डी अस्पतालमा काम गर्नुहुन्छ। मलाई पनि आफूसँगै राख्नु भन्ने वित्तिकै कुटपिट पनि गर्नुहुन्थ्यो,’ उनले लेखेकी थिइन्।

यसरी घरेलु हिंसा भएपछि उनले जिल्ला प्रहरी कार्यालय महोत्तरीमा जाहेरी दिएकी थिइन्।

एसपी पंगेनीका अनुसार घरेलु हिंसाको जाहेरी परेपछि त्यतिबेला पनि पक्राउ गरी केही दिन हिरासतमा राखिएको थियो। तर पछि उनी छुटेका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । इजरायली सेनाले बिहीबार गरेको मिसाइल हमलामा दक्षिण लेबनानको अन्तिम सकुशल पुल पनि ध्वस्त भएको छ । बीबीसीका अनुसार नबतिएह सहरमा हमलापछि धुँवा नै धुँवा उठेको छ । लिटानी नदीमाथिको सो पुल रहेको क्षेत्रमा सो सहर छ । जहाँ ४० हजार भन्दा बढी मानिसको बसोबास छ । यो हमलापछि अब लेबनानको दक्षिणी क्षेत्रसँग जोड्ने […]

बाँके । सशस्त्र प्रहरीले मात्र चेकजाँच गर्दै आएको उक्त चोकमा सशस्त्र प्रहरी सँगै नेपाल प्रहरीले पनि चेकजाँच सुरु गर्न थालेको हो ।एकिकृत जाँच चौकी (आइसीपी) र जमुनाहबाट आउने सवारी साधन तथा मालबाहक गाडीको चेकजाँच गर्न सोमवारदेखि नेपाल प्रहरी पनि परिचालन भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अंगुर जिसीले जानकारी दिए ।चौलिका चोकमा खटिने […]

दाङ । मंगलवार बेलुकी तुलसीपुर ५ माछापुच्छ्रे टोल स्थित थारमारे भण्डारी होटेलबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका सुचना अधिकारी रेशम बोहराले जानकारी दिए । विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले सल्यान बागचौर नगरपालिका २ बागचौर बस्ने वर्ष २० को दीपक भण्डारी, सोहि ठाउँका वर्ष १९ को सरोज घर्ती मगर […]

error: Content is protected !!