०४ बैशाख २०८३, शुक्रबार
17-04-2026 , Fri
×

बागमती प्रदेश प्रहरी तालिम केन्द्रको नवनिर्मित भवनको आईजिपी सिंहद्वारा उद्घाटन

Logo
प्रकाशित बुधबार, मंसिर २८, २०७९

ABC (क्राईमबिट)
काठमाडौं । प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले आवास तथा भौतिक पूर्वाधारमा आत्मनिर्भर बनाई प्रहरी संगठनलाई संस्थागत रुपमा सवल र सक्षम बनाउन प्रहरी प्रधान कार्यालय सधै कटिवद्ध र प्रयासरत रहेको बताएका छन् ।

बागमती प्रदेश प्रहरी तालिम केन्द्र, दुधौलीको परिसरमा नवनिर्मित क्वाटर गार्ड, आन्तरिक प्रशिक्षणालय, प्रशिक्षार्थी ब्यारेक र भान्साघर भवनहरुको बुधबार आयोजित एक कार्यक्रमबीच उद्घाटन पश्चात् सम्बोधनको क्रममा प्रहरी महानिरीक्षक सिंहले सो कुरा बताएका हुन् । कार्यक्रममा बोल्दै प्रहरी महानिरीक्षक सिंहले नवनिर्मित भवनहरूबाट प्राप्त हुने सेवा सुविधाका कारण प्रशिक्षण वातावरण थप ऊर्जामय हुने विश्वास व्यक्त गर्दै यसले प्रशिक्षक र तालिमरत् प्रशिक्षार्थीको तालिम प्रतिको सकारात्मक भावना र उच्च मनोबलको सुनिश्चिवतताको साथै प्रशिक्षण प्रभावकारितामा उल्लेख्य वृद्धि हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा बागमती प्रदेश प्रहरी कार्यालय भौतिक पूर्वाधार शाखाका प्रमुख प्राविधिक प्रहरी उपरीक्षक ईश्वर थापाले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै उक्त भवनहरू नेपाल प्रहरीको नियमित बजेटबाट कूल ३५ करोड १३ लाख ३३ हजार ४ सय ७० रूपैयाँको लागतमा निर्माण कार्य सम्पन्न भएको जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । इजरायली सेनाले बिहीबार गरेको मिसाइल हमलामा दक्षिण लेबनानको अन्तिम सकुशल पुल पनि ध्वस्त भएको छ । बीबीसीका अनुसार नबतिएह सहरमा हमलापछि धुँवा नै धुँवा उठेको छ । लिटानी नदीमाथिको सो पुल रहेको क्षेत्रमा सो सहर छ । जहाँ ४० हजार भन्दा बढी मानिसको बसोबास छ । यो हमलापछि अब लेबनानको दक्षिणी क्षेत्रसँग जोड्ने […]

बाँके । सशस्त्र प्रहरीले मात्र चेकजाँच गर्दै आएको उक्त चोकमा सशस्त्र प्रहरी सँगै नेपाल प्रहरीले पनि चेकजाँच सुरु गर्न थालेको हो ।एकिकृत जाँच चौकी (आइसीपी) र जमुनाहबाट आउने सवारी साधन तथा मालबाहक गाडीको चेकजाँच गर्न सोमवारदेखि नेपाल प्रहरी पनि परिचालन भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अंगुर जिसीले जानकारी दिए ।चौलिका चोकमा खटिने […]

दाङ । मंगलवार बेलुकी तुलसीपुर ५ माछापुच्छ्रे टोल स्थित थारमारे भण्डारी होटेलबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका सुचना अधिकारी रेशम बोहराले जानकारी दिए । विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले सल्यान बागचौर नगरपालिका २ बागचौर बस्ने वर्ष २० को दीपक भण्डारी, सोहि ठाउँका वर्ष १९ को सरोज घर्ती मगर […]

error: Content is protected !!