०४ बैशाख २०८३, शुक्रबार
17-04-2026 , Fri
×

१ सय बढी एयर होस्टेज आन्दोलनमा काठमाडौं दिल्ली उडान अवरुद्ध

Logo
प्रकाशित बिहिबार, मंसिर २९, २०७९


(ABC-Sanchar)
काठमाडौं । नेपाल वायुसेवा निगमका १ सय बढी एयर होस्टेज (क्याविन क्रु) आन्दोलनमा उत्रिएका निगमको काठमाडौं दिल्ली उडान अवरुद्ध भएको छ । बिहीबारका लागि निर्धारित काठमाडौंबाट व्याङलोर र दिल्लीका लागि तय गरेको दुई फ्लाईट रोकिएका छन् । फ्लाइट नम्बर २०५ र २१७ रोकिएको निगमले जनाएको छ ।

म्याद सकिनेबित्तिकै करार अवधि थप गर्न र जागिरको सुनिश्चितताको माग गर्दै निगमको केन्द्रीय कार्यालय सुन्धारामा क्याविन क्रुहरुले धर्ना दिइरहेका छन् । बिहीबार उनीहरूका मागलाई लिएर वार्ता भइरहेका बेला झडप भएपछि निगममा तालाबन्दी नै भएको छ ।

करार सेवामा रहेका कर्मचारीहरूको करार थप गर्ने समय पुग्दा पनि अवधि थप गर्न ढिलाई गरेको, करार नथप्ने प्रपञ्च गरेको भन्दै निगमको कार्यालयमा धर्ना दिँदै कामकाज ठप्प पारेका छन् । निगममा करारमा रहेका झन्डै १२० जना क्याविन क्रु धर्नामा रहेका छन् ।

निगमले १५ वर्ष करारमा सेवा गरेका आरती महर्जन र स्मिता गुभाजुको करार अवधि थप नगरेको भन्दै नेपाल वायुसेवा क्याविन क्रु संघले
विज्ञप्ति जारी गर्दै करारनामा नभएका कर्मचारीको करार थप गर्न माग गर्दै आएको छ । मासिक १०० घण्टाभन्दा बढी उडान गर्न नपाउने व्यवस्था रहेपनि सोभन्दा बढी दिनरात उडान गराएकाले क्याविन क्रु मा सञ्चित थकान रहेकोले उडान कार्यमा सहभागी हुन नसक्ने जनाइएको छ ।

क्याविन क्रु आरती महर्जनले करार नवीकरणको समय आएपनि निगमको व्यवस्थापन पक्षले चलखेल गरेर आफ्नो मान्छे भर्ती गर्न वर्षौदेखि काम गर्दै आएका क्याविन क्रु को नवीकरण रोक्न चलखेल गरेको रातोपाटीबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । इजरायली सेनाले बिहीबार गरेको मिसाइल हमलामा दक्षिण लेबनानको अन्तिम सकुशल पुल पनि ध्वस्त भएको छ । बीबीसीका अनुसार नबतिएह सहरमा हमलापछि धुँवा नै धुँवा उठेको छ । लिटानी नदीमाथिको सो पुल रहेको क्षेत्रमा सो सहर छ । जहाँ ४० हजार भन्दा बढी मानिसको बसोबास छ । यो हमलापछि अब लेबनानको दक्षिणी क्षेत्रसँग जोड्ने […]

बाँके । सशस्त्र प्रहरीले मात्र चेकजाँच गर्दै आएको उक्त चोकमा सशस्त्र प्रहरी सँगै नेपाल प्रहरीले पनि चेकजाँच सुरु गर्न थालेको हो ।एकिकृत जाँच चौकी (आइसीपी) र जमुनाहबाट आउने सवारी साधन तथा मालबाहक गाडीको चेकजाँच गर्न सोमवारदेखि नेपाल प्रहरी पनि परिचालन भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अंगुर जिसीले जानकारी दिए ।चौलिका चोकमा खटिने […]

दाङ । मंगलवार बेलुकी तुलसीपुर ५ माछापुच्छ्रे टोल स्थित थारमारे भण्डारी होटेलबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका सुचना अधिकारी रेशम बोहराले जानकारी दिए । विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले सल्यान बागचौर नगरपालिका २ बागचौर बस्ने वर्ष २० को दीपक भण्डारी, सोहि ठाउँका वर्ष १९ को सरोज घर्ती मगर […]

error: Content is protected !!