०४ बैशाख २०८३, शुक्रबार
17-04-2026 , Fri
×

कोहलपुर प्रहरीले चोरीमा संलग्न ७ जना अभियुक्तहरु पक्राउ गरी सार्वजनिक

Logo
प्रकाशित बिहिबार, मंसिर २९, २०७९


ABC (क्राईमबिट)
बाँके । ईलाका प्रहरी कार्यालय कोहलपुरले बिहीबार पत्रकार सम्मेलन गरी प्रहरीले चोरीको धनमाल सहित पक्राउ परेका ४ जना, बहुमुल्य बुद्धको मुर्तिसहित पक्राउ परेका २ जना र चोरी गरि लिएको मोटरसाईल सहित १ जनालाई सार्वजनिक गरेको हो ।

गत मंसिर २२ गते कोहलपुर नगरपालिका वडा नं. २ बिकासनगरमा स्थानियको घर फोडि नगद, सुनचादिका गरगहना, ल्यापटप, मोबाईल चोरीगरी गरी फरार रहेका ध्रुवसिंह ठकुरी, नबिन बि.क. सहित दुई नाबालकलाई पक्राउ गरि चोरी मुद्धा दर्ता गरि आबश्यक थप अनुसन्धान सुरू डिएसपी मल्लले जानकारी दिए ।

त्यसैगरी मंसिर २४ गते बाँकेको राप्तिसोनारी गाँउपालिका वडा नं. २ अगैयाबाट बहुमुल्य बुद्धको मुर्ति सहित पक्राउ परेका पाँचथरका झर्मेन्द्र प्रसाद रेग्मि र गोरखाका देव बहादुर मग्रातीलाई सार्वजनिक गरीएकाे हाे । ६ केजि ४२० ग्रामकाे एक थान बुद्धको मुर्तिकाे अवैध काराेबार गरीरहेकाे आशंकामा पकराउ परेका दुबै जनालाई प्राचिन स्मारक सम्बन्धि कसुरमा मुद्धा दर्ता गरि कारबाहिकालागि अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

त्यसैगरी प्रहरीले दुई जनालाई चोरीको मोटरसाईकल सहित पक्राउ गरेको पनि जनाएको छ । कोहलपुर १२ चप्परगौरीका झलक बहादुर श्रेष्ठको भे ७ प ११९३ को होण्डा साईन मोटरसाईकल सहित कोहलपुर १२ चप्परगौरीका अम्मर बहादुर शाहिले कोहलपुर ११ एकतानगरका यज्ञराज सेजवालाई मोटरसाईकलको नम्बर परिवर्तन गरि भे ५ प ६५१७ बनाई बिक्रि समेत गरि अकेको अबस्थामा दुबै जनालाई पक्राउ गरेको जनाएको छ । कोहलपुर १२ चप्परगौरीका अम्मर बहादुर शाहि पटक पटक मोटरसाईकल चोरी गरि पक्राउ परीसकेका ब्यक्ति भएको इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी ऐन बहादुर मल्लले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । इजरायली सेनाले बिहीबार गरेको मिसाइल हमलामा दक्षिण लेबनानको अन्तिम सकुशल पुल पनि ध्वस्त भएको छ । बीबीसीका अनुसार नबतिएह सहरमा हमलापछि धुँवा नै धुँवा उठेको छ । लिटानी नदीमाथिको सो पुल रहेको क्षेत्रमा सो सहर छ । जहाँ ४० हजार भन्दा बढी मानिसको बसोबास छ । यो हमलापछि अब लेबनानको दक्षिणी क्षेत्रसँग जोड्ने […]

बाँके । सशस्त्र प्रहरीले मात्र चेकजाँच गर्दै आएको उक्त चोकमा सशस्त्र प्रहरी सँगै नेपाल प्रहरीले पनि चेकजाँच सुरु गर्न थालेको हो ।एकिकृत जाँच चौकी (आइसीपी) र जमुनाहबाट आउने सवारी साधन तथा मालबाहक गाडीको चेकजाँच गर्न सोमवारदेखि नेपाल प्रहरी पनि परिचालन भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अंगुर जिसीले जानकारी दिए ।चौलिका चोकमा खटिने […]

दाङ । मंगलवार बेलुकी तुलसीपुर ५ माछापुच्छ्रे टोल स्थित थारमारे भण्डारी होटेलबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका सुचना अधिकारी रेशम बोहराले जानकारी दिए । विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले सल्यान बागचौर नगरपालिका २ बागचौर बस्ने वर्ष २० को दीपक भण्डारी, सोहि ठाउँका वर्ष १९ को सरोज घर्ती मगर […]

error: Content is protected !!