०४ बैशाख २०८३, शुक्रबार
17-04-2026 , Fri
×

ढाकाको झोला र पोतेसहित एकजना पक्राउ

Logo
प्रकाशित शुक्रबार, पुष ०१, २०७९

प्रहरीले नेपालबाट अवैध रूपमा भारततर्फ निकासी हुँदै गरेको ढाकाको झोला र पोतेसहित एक जनालाई नियन्त्रणमा लिएको छ  । बिहीबार राति झापाको मेचीनगर नगरपालिका–५ बाट भारततर्फ लाँदै गरेको अवस्थामा अन्दाजी दुई लाख ५० हजार मूल्य बराबरको झोला र पोते बरामद गरेको हो ।जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता बसन्त पाठकका अनुसार अवैध रूपमा निकासी गर्दै गरेको अवस्थामा मेचीनगर नगरपालिका–६ का बाबुल राजवंशीलाई समेत नियन्त्रणमा लिइएको छ । बरामद सामग्रीसहित राजवंशीलाई आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाएको प्रहरीले जनाएको छ । -न्युज कारखाना 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । इजरायली सेनाले बिहीबार गरेको मिसाइल हमलामा दक्षिण लेबनानको अन्तिम सकुशल पुल पनि ध्वस्त भएको छ । बीबीसीका अनुसार नबतिएह सहरमा हमलापछि धुँवा नै धुँवा उठेको छ । लिटानी नदीमाथिको सो पुल रहेको क्षेत्रमा सो सहर छ । जहाँ ४० हजार भन्दा बढी मानिसको बसोबास छ । यो हमलापछि अब लेबनानको दक्षिणी क्षेत्रसँग जोड्ने […]

बाँके । सशस्त्र प्रहरीले मात्र चेकजाँच गर्दै आएको उक्त चोकमा सशस्त्र प्रहरी सँगै नेपाल प्रहरीले पनि चेकजाँच सुरु गर्न थालेको हो ।एकिकृत जाँच चौकी (आइसीपी) र जमुनाहबाट आउने सवारी साधन तथा मालबाहक गाडीको चेकजाँच गर्न सोमवारदेखि नेपाल प्रहरी पनि परिचालन भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अंगुर जिसीले जानकारी दिए ।चौलिका चोकमा खटिने […]

दाङ । मंगलवार बेलुकी तुलसीपुर ५ माछापुच्छ्रे टोल स्थित थारमारे भण्डारी होटेलबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका सुचना अधिकारी रेशम बोहराले जानकारी दिए । विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले सल्यान बागचौर नगरपालिका २ बागचौर बस्ने वर्ष २० को दीपक भण्डारी, सोहि ठाउँका वर्ष १९ को सरोज घर्ती मगर […]

error: Content is protected !!