०४ बैशाख २०८३, शुक्रबार
17-04-2026 , Fri
×

पैसाको लागि ९० वर्षीया महिला वृद्धिको हत्या

Logo
प्रकाशित शनिबार, पुष ०२, २०७९


ABC (क्राईमबिट)
काठमाडौं । तारकेश्वर नगरपालिका-६ पुशल बस्ने ९० वर्षीया डिल्ली पुतुवारको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३९ वर्षीय नरेन्द्र शिवभक्तिलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

सोही नगरपालिका(३ पारीवनपाखा सामुदायिक वनको खोल्सामा मंसिर २२ गते डिल्ली पुतुवारको शंकास्पद अवस्थामा शव फेला परेको घटनाको अनुसन्धानको क्रममा नरेन्द्रको संलग्नता देखिएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

नरेन्द्रले महिलाको साथमा रहेको ५० हजार रुपैयाँ पैसा लिने मनसायले उनलाई ढुंगाले हिर्काई हत्या गरेको प्रहरीले जनाएको छ । उनले वृद्धा महिलाको साथमा रहेको ५० हजार रुपैयाँ नगद लिएर शव खोल्सामा लुकाई घर फर्केको अनुसन्धाबाट खुल्न आएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । इजरायली सेनाले बिहीबार गरेको मिसाइल हमलामा दक्षिण लेबनानको अन्तिम सकुशल पुल पनि ध्वस्त भएको छ । बीबीसीका अनुसार नबतिएह सहरमा हमलापछि धुँवा नै धुँवा उठेको छ । लिटानी नदीमाथिको सो पुल रहेको क्षेत्रमा सो सहर छ । जहाँ ४० हजार भन्दा बढी मानिसको बसोबास छ । यो हमलापछि अब लेबनानको दक्षिणी क्षेत्रसँग जोड्ने […]

बाँके । सशस्त्र प्रहरीले मात्र चेकजाँच गर्दै आएको उक्त चोकमा सशस्त्र प्रहरी सँगै नेपाल प्रहरीले पनि चेकजाँच सुरु गर्न थालेको हो ।एकिकृत जाँच चौकी (आइसीपी) र जमुनाहबाट आउने सवारी साधन तथा मालबाहक गाडीको चेकजाँच गर्न सोमवारदेखि नेपाल प्रहरी पनि परिचालन भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अंगुर जिसीले जानकारी दिए ।चौलिका चोकमा खटिने […]

दाङ । मंगलवार बेलुकी तुलसीपुर ५ माछापुच्छ्रे टोल स्थित थारमारे भण्डारी होटेलबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका सुचना अधिकारी रेशम बोहराले जानकारी दिए । विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले सल्यान बागचौर नगरपालिका २ बागचौर बस्ने वर्ष २० को दीपक भण्डारी, सोहि ठाउँका वर्ष १९ को सरोज घर्ती मगर […]

error: Content is protected !!