०४ बैशाख २०८३, शुक्रबार
17-04-2026 , Fri
×

काँग्रेस नेता गच्छदारले शनिबार कारागारमा रेशम चौधरीलाई भेटे

Logo
प्रकाशित शनिबार, पुष ०२, २०७९

(ABC-Sanchar)
काठमाडौं । नेपाली काँग्रेसका नेता विजयकुमार गच्छदारले शनिबार दिउँसो डिल्लीबजार कारागारमा रेशम चौधरीलाई भेटेका छन् । भेटमा गच्छदारले स्थानीय र प्रदेश तथा प्रतिनिधिसभामा नागरिक उन्मुक्ति पार्टीले राम्रो स्थान ल्याउन सफल भएकोमा पार्टीका संरक्षक रेशमलाई बधाई दिएका थिए ।

गच्छदारले आफूले गठन गरेको फोरम लोकतान्त्रिक पार्टीलाई धेरै अगाडिसम्म डोर्‍याउन नसकेको तर नागरिक उन्मुक्ति पार्टीले लामो उडान भरोस् भनेर शुभकामना पनि दिएका थिए ।

अध्यादेशको पक्षमा सबै सरोकारवालाहरुसँग छलफल गर्ने, अध्यादेशको पक्षमा सडक आन्दोलनलाई निरन्तरता दिने तथा थारुहरूलाई अपराधी देख्नेहरूको भण्डाफोर गर्न गाउँ गाउँमा अभियान चलाउनमा नागरिक उन्मुक्ति पार्टीले थारु कल्याणकारिणी सभा (थाकस) सँग सहकार्य गरिरहेको छ ।

रेशम चौधरी लगायतको रिहाइको लागि ल्याइएको अध्यादेशको पक्षमा आफू पनि साथमै उभिएको गच्छदारले रेशमलाई धाडस दिलाए । स्मरण रहोस् काँग्रेसका केन्द्रीय सदस्यहरू रामजनम चौधरी, योगेन्द्र चौधरी, डा गोपाल दहित, काँग्रेसबाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य तेजुलाल चौधरी, कल्पना चौधरी लगायतले हालै ल्याइएको अध्यादेशको पक्षमा रहेको थाकसको विज्ञप्तिमा हस्ताक्षर गरेर ऐक्यबद्धता समेत जनाएका छन् ।

थाकसले अध्यादेशको पक्षमा दबाब दिन आफ्ना चौबीसै जिल्ला समितिलाई पत्राचार गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । इजरायली सेनाले बिहीबार गरेको मिसाइल हमलामा दक्षिण लेबनानको अन्तिम सकुशल पुल पनि ध्वस्त भएको छ । बीबीसीका अनुसार नबतिएह सहरमा हमलापछि धुँवा नै धुँवा उठेको छ । लिटानी नदीमाथिको सो पुल रहेको क्षेत्रमा सो सहर छ । जहाँ ४० हजार भन्दा बढी मानिसको बसोबास छ । यो हमलापछि अब लेबनानको दक्षिणी क्षेत्रसँग जोड्ने […]

बाँके । सशस्त्र प्रहरीले मात्र चेकजाँच गर्दै आएको उक्त चोकमा सशस्त्र प्रहरी सँगै नेपाल प्रहरीले पनि चेकजाँच सुरु गर्न थालेको हो ।एकिकृत जाँच चौकी (आइसीपी) र जमुनाहबाट आउने सवारी साधन तथा मालबाहक गाडीको चेकजाँच गर्न सोमवारदेखि नेपाल प्रहरी पनि परिचालन भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अंगुर जिसीले जानकारी दिए ।चौलिका चोकमा खटिने […]

दाङ । मंगलवार बेलुकी तुलसीपुर ५ माछापुच्छ्रे टोल स्थित थारमारे भण्डारी होटेलबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका सुचना अधिकारी रेशम बोहराले जानकारी दिए । विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले सल्यान बागचौर नगरपालिका २ बागचौर बस्ने वर्ष २० को दीपक भण्डारी, सोहि ठाउँका वर्ष १९ को सरोज घर्ती मगर […]

error: Content is protected !!