०४ बैशाख २०८३, शुक्रबार
17-04-2026 , Fri
×

नारायणगढ-मुग्लिन सडक मर्मत हुँदै दैनिक ४ घण्टा बन्द गर्दै

Logo
प्रकाशित सोमबार, पुष ०४, २०७९


(ABC-Sanchar)
काठमाडौँ । नारायणगढ-मुग्लिन सडक मंगलबारदेखि दैनिक चार घण्टा बन्द गरिँदै छ। कठिन किसिमको भौगोलिक बनावट रहेका केही क्षेत्रमा पुल निर्माणका लागि पहरो फोर्नुपरेकाले सडक बन्द गर्न लागिएको नारायणगढ-मुग्लिन सडक आयोजनाका प्रमुख किरण कार्कीले बताए।

कडा चट्टानसहितको पहाड फोरेर पुल निर्माण गर्नुपर्ने भएकाले सुरक्षालाई मध्यनजर गरेर बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द गर्नुपरेको उनले बताए।

कार्कीका अनुसार उक्त सडकका तुइन खोला, चिसेन्जी खोला, कालीखोला र सिमलताल खोलामा पुल निर्माण गर्न भौगोलिक अवस्थाका कारण कठिन भइरहेको छ।

उपल्लो भागबाट पहरो फोर्दा ठाडो भिरको तल रहेको सडक असुरक्षित हुने भएकाले यातायात रोक्नुपरेको उनले बताए।

कार्कीले चिसेन्जीको नारायणगढतर्फको पहाड फोर्नुपर्ने, कालीखोला र सिमलतालको पनि केही पहरो फोर्नुपर्ने बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । इजरायली सेनाले बिहीबार गरेको मिसाइल हमलामा दक्षिण लेबनानको अन्तिम सकुशल पुल पनि ध्वस्त भएको छ । बीबीसीका अनुसार नबतिएह सहरमा हमलापछि धुँवा नै धुँवा उठेको छ । लिटानी नदीमाथिको सो पुल रहेको क्षेत्रमा सो सहर छ । जहाँ ४० हजार भन्दा बढी मानिसको बसोबास छ । यो हमलापछि अब लेबनानको दक्षिणी क्षेत्रसँग जोड्ने […]

बाँके । सशस्त्र प्रहरीले मात्र चेकजाँच गर्दै आएको उक्त चोकमा सशस्त्र प्रहरी सँगै नेपाल प्रहरीले पनि चेकजाँच सुरु गर्न थालेको हो ।एकिकृत जाँच चौकी (आइसीपी) र जमुनाहबाट आउने सवारी साधन तथा मालबाहक गाडीको चेकजाँच गर्न सोमवारदेखि नेपाल प्रहरी पनि परिचालन भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अंगुर जिसीले जानकारी दिए ।चौलिका चोकमा खटिने […]

दाङ । मंगलवार बेलुकी तुलसीपुर ५ माछापुच्छ्रे टोल स्थित थारमारे भण्डारी होटेलबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका सुचना अधिकारी रेशम बोहराले जानकारी दिए । विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले सल्यान बागचौर नगरपालिका २ बागचौर बस्ने वर्ष २० को दीपक भण्डारी, सोहि ठाउँका वर्ष १९ को सरोज घर्ती मगर […]

error: Content is protected !!