०४ बैशाख २०८३, शुक्रबार
17-04-2026 , Fri
×

पूर्वराजा ज्ञानेन्द्र शाह परिवार बुधबार जनकपुर जाने कार्यक्रम रहेको छ

Logo
प्रकाशित बुधबार, पुष ०६, २०७९

(ABC-Sanchar)
काठमाडौं । निजी भ्रमणको क्रममा पूर्वराजा ज्ञानेन्द्र शाह निर्वाचनलगत्तै
गत मंसिर ६ गते पूर्वरानी कोमल र छोरी प्रेरणा, निजी सचिव डा.सागर तिमल्सिनासहित झापा पुगेका थिए । झापामा निजी कार्यक्रम रहेको जानकारी गराए पनि पूर्वराजा शाहले केही राजनीतिक भेटघाटसमेत गरेको उच्च स्रोतले जनाएको छ ।

झापा भ्रमणलगत्तै भोलि पुस ७ गते ज्ञानेन्द्र जनकपुर भ्रमणमा निस्कन लागेका हुन् । जनकपुर भ्रमणअघि ज्ञानेन्द्रका सुरक्षा टोलीले जनकपुर पुगेर रेकी गरेका थिए । त्यहाँको सुरक्षा अवस्था र सुरक्षा निकायँग छलफलपछि जनकपुर भ्रमण तय भएको हो । जनकपुरमा उनी होटल सोल्टीमा बस्ने कार्यक्रम रहेको छ ।

स्रोतले भन्यो ‘अहिलेसम्म जनकपुरको भ्रमण तय भएको छ । त्यसपछि के के कार्यक्रम तय हुन्छ जानकारी छैन । जनकपुरमा राम जानकी मन्दिर दर्शन गरी विशेष पूजा गर्ने कार्यक्रम रहेको छ । त्यहाँ केही भेटघाट गर्ने कार्यक्रम तय भएको छ ।’

चार दिनको जनकपुर बसाइपछि पूर्व राजपरिवार पुस १० गते चितवन जाने कार्यक्रम रहेको छ । चितवनमा ‘क्रिसमस डे’ मनाउने गरी सपरिवार सहभागी हुने कार्यक्रम रहेको छ
चितवनमा पूर्व युवराज्ञी हिमानी, नातिनीद्वय पूर्णिका र कीर्तिका, नाती हृदयन्द्रलगायत आफन्त भेला हुने कार्यक्रम तय भएको छ ।

चितवनपछि उनीहरूको सिमरा भ्रमणमा निस्कने कार्यक्रम रहेको छ । सिमरापछि काठमाडौं फर्कने वा फेरि झापामै अंग्रेजी नयाँ वर्ष मनाउने भन्ने विषयमा केही दिनमा निर्णय हुने स्रोतको भनाइ छ। नेपाल समाचारपत्र दैनिक

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । इजरायली सेनाले बिहीबार गरेको मिसाइल हमलामा दक्षिण लेबनानको अन्तिम सकुशल पुल पनि ध्वस्त भएको छ । बीबीसीका अनुसार नबतिएह सहरमा हमलापछि धुँवा नै धुँवा उठेको छ । लिटानी नदीमाथिको सो पुल रहेको क्षेत्रमा सो सहर छ । जहाँ ४० हजार भन्दा बढी मानिसको बसोबास छ । यो हमलापछि अब लेबनानको दक्षिणी क्षेत्रसँग जोड्ने […]

बाँके । सशस्त्र प्रहरीले मात्र चेकजाँच गर्दै आएको उक्त चोकमा सशस्त्र प्रहरी सँगै नेपाल प्रहरीले पनि चेकजाँच सुरु गर्न थालेको हो ।एकिकृत जाँच चौकी (आइसीपी) र जमुनाहबाट आउने सवारी साधन तथा मालबाहक गाडीको चेकजाँच गर्न सोमवारदेखि नेपाल प्रहरी पनि परिचालन भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अंगुर जिसीले जानकारी दिए ।चौलिका चोकमा खटिने […]

दाङ । मंगलवार बेलुकी तुलसीपुर ५ माछापुच्छ्रे टोल स्थित थारमारे भण्डारी होटेलबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका सुचना अधिकारी रेशम बोहराले जानकारी दिए । विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले सल्यान बागचौर नगरपालिका २ बागचौर बस्ने वर्ष २० को दीपक भण्डारी, सोहि ठाउँका वर्ष १९ को सरोज घर्ती मगर […]

error: Content is protected !!