०४ बैशाख २०८३, शुक्रबार
17-04-2026 , Fri
×

दाङमा अघिल्लो आर्थिक बर्षको तुलनामा यस अर्थिक बर्षको दुर्घटना घट्यो ट्राफिक प्रमुख:परियार

Logo
प्रकाशित बुधबार, पुष ०६, २०७९


(सागर थापा)
दाङ । जिल्लामा अघिल्लो आर्थिक वर्षको तुलनामा यस आर्थिक वर्ष सवारी दुर्घटनाको संख्या घटेको छ ।

चालु आर्थिक वर्ष २०७९/०८० को ५ महिनामा अघिल्लो वर्ष भन्दा यो वर्ष दुर्घटना दाङ जिल्लामा घटेको छ । जसमा ५ महिनामा जम्मा २० जनाको मृत्यु भएको दाङ जिल्ला ट्राफिक प्रहरी प्रमुख झबिन्द्र परियारले जानकारी दिनु भयो ।त्यस्तै उहाँका अनुसार अघिल्लो आर्थिक वर्ष २०७८/०७९ मा सवारी दुर्घटनाबाट ८९ जनाले ज्यान गुमाएका थिए । अघिल्लो र यस आर्थिक वर्षको ५ महिना भित्रको रेकर्ड हेर्दा सवारी दुर्घटनामा ज्यान गुमाउँनेको संख्या न्यूनीकरण भएको हो ।


जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक झबिन्द्र परियार आइसकेपछि पहिलो कार्य विद्यालयका शिक्षक र विद्यार्थीसंग सवारी दुर्घटना कसरी हुन्छ ? सवारी दुर्घटना कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने विषयमा जनचेतनामूलक सन्देश सहित प्रशिक्षण कार्यक्रम चलाउनु भएको थियो ।


यस्तै बसपार्कहरुमा सवारी दुर्घटना हुनुको कारण तथा दुर्घटनालाई न्यूनीकरण गर्ने उपाय सम्बन्धि र ब्यानर तथा डाक्टर सहित सवारी चालकका आँखा चेकजाँच र प्रशिक्षण प्रदान गर्ने कार्यलाई प्रमुख परियारले पहिलो प्राथमिकताका साथ आफ्नो कार्यहरु अघि बढाउनु भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । बिहीबार साँझ सुरक्षा पत्रकारहरुसँगको भेटघाटका क्रममा गृहमन्त्री सुद्न गुरुङले उक्त कुरा बताएका हुन् । ‘म गल्ती गर्ने कसैलाई छाड्नि । मेरै बाबुले नै गल्ती गरेको भए पनि छाड्दिन’ गुरुङले भने । भीआईपीलाई अदालतले छाडेको भने उनले असन्तुष्टि पोखे । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अधक्ष्य केपी शर्मा ओलीलाई रातभर आफू र सुरक्षा निकायका प्रमुख […]

एजेन्सी । इजरायली सेनाले बिहीबार गरेको मिसाइल हमलामा दक्षिण लेबनानको अन्तिम सकुशल पुल पनि ध्वस्त भएको छ । बीबीसीका अनुसार नबतिएह सहरमा हमलापछि धुँवा नै धुँवा उठेको छ । लिटानी नदीमाथिको सो पुल रहेको क्षेत्रमा सो सहर छ । जहाँ ४० हजार भन्दा बढी मानिसको बसोबास छ । यो हमलापछि अब लेबनानको दक्षिणी क्षेत्रसँग जोड्ने […]

बाँके । सशस्त्र प्रहरीले मात्र चेकजाँच गर्दै आएको उक्त चोकमा सशस्त्र प्रहरी सँगै नेपाल प्रहरीले पनि चेकजाँच सुरु गर्न थालेको हो ।एकिकृत जाँच चौकी (आइसीपी) र जमुनाहबाट आउने सवारी साधन तथा मालबाहक गाडीको चेकजाँच गर्न सोमवारदेखि नेपाल प्रहरी पनि परिचालन भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अंगुर जिसीले जानकारी दिए ।चौलिका चोकमा खटिने […]

error: Content is protected !!