०४ जेठ २०८१, शुक्रबार
17-05-2024 , Fri
×

दाङमा अघिल्लो आर्थिक बर्षको तुलनामा यस अर्थिक बर्षको दुर्घटना घट्यो ट्राफिक प्रमुख:परियार

Logo
प्रकाशित बुधबार, पुष ०६, २०७९


(सागर थापा)
दाङ । जिल्लामा अघिल्लो आर्थिक वर्षको तुलनामा यस आर्थिक वर्ष सवारी दुर्घटनाको संख्या घटेको छ ।

चालु आर्थिक वर्ष २०७९/०८० को ५ महिनामा अघिल्लो वर्ष भन्दा यो वर्ष दुर्घटना दाङ जिल्लामा घटेको छ । जसमा ५ महिनामा जम्मा २० जनाको मृत्यु भएको दाङ जिल्ला ट्राफिक प्रहरी प्रमुख झबिन्द्र परियारले जानकारी दिनु भयो ।त्यस्तै उहाँका अनुसार अघिल्लो आर्थिक वर्ष २०७८/०७९ मा सवारी दुर्घटनाबाट ८९ जनाले ज्यान गुमाएका थिए । अघिल्लो र यस आर्थिक वर्षको ५ महिना भित्रको रेकर्ड हेर्दा सवारी दुर्घटनामा ज्यान गुमाउँनेको संख्या न्यूनीकरण भएको हो ।


जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक झबिन्द्र परियार आइसकेपछि पहिलो कार्य विद्यालयका शिक्षक र विद्यार्थीसंग सवारी दुर्घटना कसरी हुन्छ ? सवारी दुर्घटना कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने विषयमा जनचेतनामूलक सन्देश सहित प्रशिक्षण कार्यक्रम चलाउनु भएको थियो ।


यस्तै बसपार्कहरुमा सवारी दुर्घटना हुनुको कारण तथा दुर्घटनालाई न्यूनीकरण गर्ने उपाय सम्बन्धि र ब्यानर तथा डाक्टर सहित सवारी चालकका आँखा चेकजाँच र प्रशिक्षण प्रदान गर्ने कार्यलाई प्रमुख परियारले पहिलो प्राथमिकताका साथ आफ्नो कार्यहरु अघि बढाउनु भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

ABC (क्राईमबिट) पोखरा । गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दुर्गा सिंहले आज नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा, गण्डकी प्रदेश प्रहरी गण पोखरा, गण्डकी प्रदेश प्रहरी अस्पताल पोखरा र गण्डकी प्रदेश प्रहरी कार्यालय अन्तर्गत रहेको केनाईन शाखा समेतको अनुगमन तथा निरीक्षण गर्नुभएको छ । निरीक्षणको क्रममा प्रहरी नायब महानिरीक्षक सिंहले सम्पूर्ण कार्यालयहरुको भौतिक संरचना, […]

दाङ । लुम्बिनी प्रदेश सरकारका स्वास्थ्यमन्त्री दिपेन्द्रकुमार पुन मगरले बेलझुण्डीमा आयुर्वेद शिक्षण अस्पताल सञ्चालनका लागि प्रदेश सरकार लागिपर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गतको केन्द्रीय आयुर्वेद विद्यापीठको अवलोकन गर्दै मन्त्री पुन मगरले भन्नुभयो, ‘कोरोनाको महामारीमा प्रदेश सरकारको कोरोना विशेष अस्पतालका रुपमा रहेको शिक्षण अस्पताल सञ्चालनका लागि बजेटको प्रबन्ध प्रदेश सरकारले गर्दछ ।’ दाङलाई […]

(एबिसि संचार )                                                                    काठमाडौँको एक गेस्ट हाउसमा महिलाको सामूहिक बलात्कार गरी फरार भएका दुई जना युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ […]