०४ जेठ २०८१, शुक्रबार
17-05-2024 , Fri
×

स्वर्गद्वारी आश्रम पुग्ने यात्रुकाे सुविधाको लागि प्रतिक्षालय निर्माण गिरीद्वारा उद्घाटन

Logo
प्रकाशित बिहिबार, पुष ०७, २०७९


(ABC-Sanchar)
दाङ । प्युठानकाे स्वर्गद्वारी मन्दिर परिसर क्षेत्रका यात्रुकाे सुविधाका लागि सार्वजनिक प्रतिक्षालय निर्माण गरिएको छ ।

पर्यटकिय तथा धार्मिक स्थल स्वर्गद्वारी मन्दिरदेखि २ सय मिटर नजिक धरमपानीमा यात्रुहरुको सहजताका लागि सार्बजनिक प्रतिक्षालय निर्माण गरिएको हाे ।

करिब १ लाख ५० हजार लागतमा निर्माण भएको प्रतीक्षालयको त्रिशिद्देश्वरी राप्ती यातायात सेवा प्रालिले प्रतिक्षालय निर्माण गरेकाे हाे । प्रालिका संरक्षक भरतनाथ योगिले रिबन काटेर प्रतिक्षालयकाे उद्घाटन गरे।

प्रतीक्षालय स्वर्गद्वारी आश्रमका प्रतिनिधि हरि अधिकारीलाई प्रालिका संरक्षक भरतनाथ याेगी, प्रशासनिक सचिव तेजप्रसाद अधिकारी(राजु), काेषाध्यक्ष प्रेम रावतले हस्तान्तरण गरे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

ABC (क्राईमबिट) पोखरा । गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दुर्गा सिंहले आज नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा, गण्डकी प्रदेश प्रहरी गण पोखरा, गण्डकी प्रदेश प्रहरी अस्पताल पोखरा र गण्डकी प्रदेश प्रहरी कार्यालय अन्तर्गत रहेको केनाईन शाखा समेतको अनुगमन तथा निरीक्षण गर्नुभएको छ । निरीक्षणको क्रममा प्रहरी नायब महानिरीक्षक सिंहले सम्पूर्ण कार्यालयहरुको भौतिक संरचना, […]

दाङ । लुम्बिनी प्रदेश सरकारका स्वास्थ्यमन्त्री दिपेन्द्रकुमार पुन मगरले बेलझुण्डीमा आयुर्वेद शिक्षण अस्पताल सञ्चालनका लागि प्रदेश सरकार लागिपर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गतको केन्द्रीय आयुर्वेद विद्यापीठको अवलोकन गर्दै मन्त्री पुन मगरले भन्नुभयो, ‘कोरोनाको महामारीमा प्रदेश सरकारको कोरोना विशेष अस्पतालका रुपमा रहेको शिक्षण अस्पताल सञ्चालनका लागि बजेटको प्रबन्ध प्रदेश सरकारले गर्दछ ।’ दाङलाई […]

(एबिसि संचार )                                                                    काठमाडौँको एक गेस्ट हाउसमा महिलाको सामूहिक बलात्कार गरी फरार भएका दुई जना युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ […]