०४ बैशाख २०८३, शुक्रबार
17-04-2026 , Fri
×

श्रीमतीमाथि अभद्र व्यवहार गरेकोले हत्या

Logo
प्रकाशित बिहिबार, पुष ०७, २०७९

बैतडीमा शिक्षक धनबहादुर विष्टको हत्या गरेको आरोपमा पक्राउ परेका श्रीमान–श्रीमतीलाई प्रहरीले सार्वजनिक गरेको छ।

बिहीबार पत्रकार सम्मेलन गरेर प्रहरीले उनीहरूलाई पक्राउ गरेर सार्वजनिक गरेको हो।

शिक्षकको हत्या आरोपमा पुर्चौडी नगरपालिका–३ न्वादेउकी विमला बोहरा र उनका श्रीमान प्रजा बोहरालाई प्रहरीले पक्राउ गरेको थियो।

प्रहरीका अनुसार पक्राउ पर्ने बिमला कृष्ण माविमा कम्प्युटर डिप्लोमा अध्ययन गरिरहेकी थिइन्। उनी कृष्ण मावि पाटनको छात्राबासमा बसेर अध्ययन गर्थिन्।

पुस १ गते राति शिक्षक बिष्टले बिमला बोहरामाथि अभद्र व्यवहार गरेको कारण आफूले हत्या गरेको बिमलाका श्रीमान प्रजाले प्रहरीलाई बयान दिएका छन्।

उनले श्रीमतीमाथि गरेको व्यवहार आफूले सहन नसकेर विष्टको हत्या गरेको प्रहरीसमक्ष बयान दिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिए।

राती हत्या गरेपछि विष्टको शवलाई  छात्राबासको पछाडि फालेको प्रहरीको अनुसन्धानले देखाएको छ।

घटनाका अभियुक्तमाथि १० दिनको म्याद थपेर अनुसन्धान हुने जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए।

सुर्नया गाउँपालिका–२ ग्वानी घर भई पाटनस्थित कृष्ण माविका शिक्षक विष्ट कार्यरत थिए।

विष्टको शव पुस २ गते दिउँसो उनकै निवासको पछाडिपट्टिको भिरालो जमिन फेला परेको थियो।

विष्टका आफन्तले बुधबार बोहरा दम्पतीका नाममा किटानी जाहेरी दिएका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराही दाङको आयोजना र त्रिभुवननगर जेसिज घोराही दाङ र द लोटस ट्रेनिङ सेन्टर दाङको समन्वय / सहकार्यमा प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्याल ,जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक दिपक श्रेष्ठ त्रिभुवननगर जेसिज घोराही दाङका कार्यक्रम संयोजक जेसी हरि भट्टराई तथा यस कार्यालयका कार्यालय प्रमुख प्रहरी निरीक्षक उपेन्द्र […]

काठमाडौं । बिहीबार साँझ सुरक्षा पत्रकारहरुसँगको भेटघाटका क्रममा गृहमन्त्री सुद्न गुरुङले उक्त कुरा बताएका हुन् । ‘म गल्ती गर्ने कसैलाई छाड्नि । मेरै बाबुले नै गल्ती गरेको भए पनि छाड्दिन’ गुरुङले भने । भीआईपीलाई अदालतले छाडेको भने उनले असन्तुष्टि पोखे । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अधक्ष्य केपी शर्मा ओलीलाई रातभर आफू र सुरक्षा निकायका प्रमुख […]

एजेन्सी । इजरायली सेनाले बिहीबार गरेको मिसाइल हमलामा दक्षिण लेबनानको अन्तिम सकुशल पुल पनि ध्वस्त भएको छ । बीबीसीका अनुसार नबतिएह सहरमा हमलापछि धुँवा नै धुँवा उठेको छ । लिटानी नदीमाथिको सो पुल रहेको क्षेत्रमा सो सहर छ । जहाँ ४० हजार भन्दा बढी मानिसको बसोबास छ । यो हमलापछि अब लेबनानको दक्षिणी क्षेत्रसँग जोड्ने […]

error: Content is protected !!