०४ बैशाख २०८३, शुक्रबार
17-04-2026 , Fri
×

शपथ बदरको मागसहित डा.सीके राउतविरुद्ध प्रदर्शन जारी

Logo
प्रकाशित बिहिबार, पुष ०७, २०७९

(ABC-Sanchar)
काठमाडौँ । सप्तरीको राजविराजमा जनमत पार्टीका अध्यक्ष डा.सीके राउतविरुद्ध प्रदर्शन भएको छ । राउतले प्रतिनिधिसभा सदस्यका रूपमा बिहीबार लिएको शपथ बदर हुनुपर्ने माग गर्दै प्रदर्शन भएको हो ।

राउतले बिहीबार संसद् भवनमा ‘मधेसी भाषा’ भनेर लिएको शपथप्रति आपत्ति जनाउँदै मिथिला नाट्य कला परिषद् (मिलाफ) र मैथिली साहित्य परिषद्ले संयुक्त रूपमा प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीहरूले नाराबाजी गर्दै राउतको पुतला दहनसमेत गरेका छन् ।

मैथिली साहित्य परिषद् सप्तरीका पूर्व अध्यक्ष देवेन्द्र मिश्रले मधेसी भाषा कतै उल्लेख नरहेको अवस्थामा जनताको सर्वोच्च निकाय संसद् सचिवालयले मधेसी भाषा भनेर राउत र उनका पार्टीका अन्य सांसदलाई शपथ गराउनु संविधान विपरीत भएको बताएका छन् ।

राउतको व्यवहारबाट समग्र मैथिली भाषीको भावनामा ठेस पुगेको उनको भनाइ छ ।

संसद् सचिवालयले राउतको शपथलाई अवैध ठहर गरी संविधानले तोकेको मातृभाषामा शपथ गराउनुपर्ने उनीहरूको माग छ ।

मैथिली भाषी क्षेत्रबाट प्रतिनिधिसभामा चुनाव जितेका राउतलाई नेपालको कुनै आधिकारिक दास्तवेजमा उल्लेख नरहेको मधेसी भाषाको नाम दिएर शपथ लिनु असंवैधानिक भएको मिलाफका सचिव विद्यानन्द वेदर्दीले बताए ।

राउतले मधेसी भाषा भनेर संसद् सचिवालयमा दर्ता गराएको निवेदन नै संविधानविरीत भएको उनीहरूको दाबी छ ।

राउत मंसिर ४ को निर्वाचनमा सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए । उनकै क्षेत्रमा उनीविरुद्ध प्रदर्शन भएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । बिहीबार साँझ सुरक्षा पत्रकारहरुसँगको भेटघाटका क्रममा गृहमन्त्री सुद्न गुरुङले उक्त कुरा बताएका हुन् । ‘म गल्ती गर्ने कसैलाई छाड्नि । मेरै बाबुले नै गल्ती गरेको भए पनि छाड्दिन’ गुरुङले भने । भीआईपीलाई अदालतले छाडेको भने उनले असन्तुष्टि पोखे । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अधक्ष्य केपी शर्मा ओलीलाई रातभर आफू र सुरक्षा निकायका प्रमुख […]

एजेन्सी । इजरायली सेनाले बिहीबार गरेको मिसाइल हमलामा दक्षिण लेबनानको अन्तिम सकुशल पुल पनि ध्वस्त भएको छ । बीबीसीका अनुसार नबतिएह सहरमा हमलापछि धुँवा नै धुँवा उठेको छ । लिटानी नदीमाथिको सो पुल रहेको क्षेत्रमा सो सहर छ । जहाँ ४० हजार भन्दा बढी मानिसको बसोबास छ । यो हमलापछि अब लेबनानको दक्षिणी क्षेत्रसँग जोड्ने […]

बाँके । सशस्त्र प्रहरीले मात्र चेकजाँच गर्दै आएको उक्त चोकमा सशस्त्र प्रहरी सँगै नेपाल प्रहरीले पनि चेकजाँच सुरु गर्न थालेको हो ।एकिकृत जाँच चौकी (आइसीपी) र जमुनाहबाट आउने सवारी साधन तथा मालबाहक गाडीको चेकजाँच गर्न सोमवारदेखि नेपाल प्रहरी पनि परिचालन भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अंगुर जिसीले जानकारी दिए ।चौलिका चोकमा खटिने […]

error: Content is protected !!