०४ बैशाख २०८३, शुक्रबार
17-04-2026 , Fri
×

पश्चिम नवलपरासीमा सञ्चालीत दुई ठुला निमार्ण योजनाको कामले गति लियो

Logo
प्रकाशित शनिबार, पुष ०९, २०७९

(   खुरसेद  हजाम)                                             नवलपरासी, ९ पुस । तराईको सडक सञ्जालको लाईफ लाईन मानिएको हुलाकी सडक अन्तर्गतको पश्चिम नवलपरासीमा सञ्चालीत दुई ठुला निमार्ण योजनाको कामले गति लिएको छ । विभिन्न सडकको निर्माण कार्यले लामो समय देखि गति लिन नसकेको अबस्थामा यस क्षेत्रका नव निर्वाचित सांसद विनोद चौधरी गरेको पहल पश्चात ठेकेदार कम्पनी तथा सरकारी निकायहरूले कामलाई तिब्रता दिएका हुन् ।
जस अनुसार नारायणचोक देखी त्रिवेणी जोड्ने रानीनगर सम्मको सडक करिव १५ किलोमिटर सडक साथै बेलाटारी देखी कठहवा सम्मको करिव ९ किलोमिटर सडक उन्नतीका कामलाई पछिल्लो पटक तिब्रता दिईएको छ ।
सांसद चौधरीले आयोजनावारे चासो व्यक्त गरेर सडक बिभागका महानिर्देशक हुलाकी सडक आयोजनाका प्रमुख र हुलाकी सडक कपिलवस्तु— नवलपरासी सडक खण्डका आयोजना प्रमुख र तथा निमार्ण कम्पनी संग कुरा गरेर कामलाई तत्काल गति बढाउन निर्देशन दिए पछि दुवै निमार्ण योजनाको कामले द्रुत गति लिएको हो ।
लामो समयसम्म काम रोकिएर अलपत्र परेको योजना सांसद चौधरीको पहल पछि दुवै आयोजनाको कामले तिब्रता लिएपछि स्थानीयमा खुसीयाली छाएको प्रतापपुर गाउंपालिकाका अध्यक्ष उमेश कुमार यादवले जानकारी दिनुभयो ।
नारायणचोकी देखी त्रिबेणी जोड्ने रानीनगर सम्मको करिव १५ किलोमिटर सडक स्तरन्नतीको काममा करिव ४७ वटा कल्भड बन्नेछन् भने सडक मध्ये नाला भएको क्षेत्रमा १२ मिटर र नाला नभएको क्षेत्रमा ७ मिटर कालोपत्रे हुनेछ । हाल करिव ४० प्रतिशत काम सम्पन्न भएको दावी गर्ने निमार्ण कम्पनी ब्रज गुरु र महालक्ष्मी जेवीले कुल ५७ करोडको लागतमा उक्त सडकको स्तरउन्नती गर्न निमार्ण गर्ने जिम्मा पाएको थियो ।
यसैगरी बेलाटारी देखी कठहवा सडक खण्डको करिव ९ किलोमिटर सडक स्तरन्नतीको काममा करिव ८ वटा कल्भड बन्नेछन् । हाल करिव ५० प्रतिशत काम सम्पन्न भएको दावी गर्ने निमार्ण कम्पनी कन्टेक प्रा.लीले कुल २७ करोडको लागतमा उक्त सडक निमार्ण गर्ने जिम्मा पाएको थियो ।
प्रतापपुर २ गोपीगञ्जका करिव ५५ बर्षिय भजन प्रसाद चौधरीका अनुसार तीन बर्ष देखी बन्न सुरुगरेपनि खासै काम हुन सकेको थिएन् हाम्रो नवनिर्वार्चित सांसद चौधरीले तत्काल पहल गरेपछि सडक निमार्णको काम धमाधम हुन थालेपछि खुसी व्यक्त गर्नुहुन्छ ।
दुवै योजनाहरुलाई काम तिब्र रुपमा अघि बढाउन निमार्ण कम्पनी तथा सकारी निकायबाट काम अघि बढाईएको हुलाकी सडक आयोजनाका आयोजना प्रमुख विण्णुदेव पाण्डेले जानकारी दिनुभयो ।
(सडक निमार्ण कार्य भईरहेको तस्विर संलग्न छ )

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । बिहीबार साँझ सुरक्षा पत्रकारहरुसँगको भेटघाटका क्रममा गृहमन्त्री सुद्न गुरुङले उक्त कुरा बताएका हुन् । ‘म गल्ती गर्ने कसैलाई छाड्नि । मेरै बाबुले नै गल्ती गरेको भए पनि छाड्दिन’ गुरुङले भने । भीआईपीलाई अदालतले छाडेको भने उनले असन्तुष्टि पोखे । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अधक्ष्य केपी शर्मा ओलीलाई रातभर आफू र सुरक्षा निकायका प्रमुख […]

एजेन्सी । इजरायली सेनाले बिहीबार गरेको मिसाइल हमलामा दक्षिण लेबनानको अन्तिम सकुशल पुल पनि ध्वस्त भएको छ । बीबीसीका अनुसार नबतिएह सहरमा हमलापछि धुँवा नै धुँवा उठेको छ । लिटानी नदीमाथिको सो पुल रहेको क्षेत्रमा सो सहर छ । जहाँ ४० हजार भन्दा बढी मानिसको बसोबास छ । यो हमलापछि अब लेबनानको दक्षिणी क्षेत्रसँग जोड्ने […]

बाँके । सशस्त्र प्रहरीले मात्र चेकजाँच गर्दै आएको उक्त चोकमा सशस्त्र प्रहरी सँगै नेपाल प्रहरीले पनि चेकजाँच सुरु गर्न थालेको हो ।एकिकृत जाँच चौकी (आइसीपी) र जमुनाहबाट आउने सवारी साधन तथा मालबाहक गाडीको चेकजाँच गर्न सोमवारदेखि नेपाल प्रहरी पनि परिचालन भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अंगुर जिसीले जानकारी दिए ।चौलिका चोकमा खटिने […]

error: Content is protected !!