०४ बैशाख २०८३, शुक्रबार
17-04-2026 , Fri
×

बाँकेको दुर्गम क्षेत्र गुर्दनगौडी र बानवा नाकामा सशस्त्र प्रहरी बल सीमा सुरक्षामा परिचालन

Logo
प्रकाशित आइतबार, पुष १०, २०७९

राँझा । बाँकेको दुर्गम क्षेत्र गुर्दनगौडी र बानवा नाकामा सशस्त्र प्रहरी बल सीमा सुरक्षामा परिचालन गरिएको छ ।

राप्तीसोनारी गाउँपालिका-४ मा पर्ने दाङ र भारतसँग सीमा जोडिएको यो क्षेत्रमा सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी बलको अस्थायी बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरेर सुरक्षाकर्मी परिचालन गरिएको सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३० गण हेडक्वाटर बाँकेका प्रमुख प्रहरी उपरीक्षक जनक बस्नेतले जानकारी दिए ।

उनका अनुसार नेपाल-भारत सीमानाका अन्तर्गत प्रत्येक १० किलोमिटरको फरकमा सशस्त्र प्रहरी बलको एउटा बीओपी राख्ने सरकारको नीतिअनुरुप राप्तीसोनारीको नयाँ गाउँस्थित गुर्दनगौडी र बानवा नाकामा प्रस्तावित बीओपी स्थापना गरिएको हो ।

सशस्त्र प्रहरी बलको बीओपी स्थापनासँगै त्यस क्षेत्रमा खटिने सशस्त्र प्रहरी बलबाट नेपाल–भारत सीमास्तम्भको सुरक्षाका साथै नागरिकले पनि सुरक्षा महसुस गरेका छन् । करिब डेढदशकअघि पत्ता लागेको नयाँ गाउँका रूपमा परिचित उक्त ठाउँमा स्थानीयवासीले आफूहरु भारतीय सुरक्षाकर्मी र तस्करको दोहोरो असुरक्षामा रहेको भन्दै सुरक्षा चौकीको माग गर्दै आएका थिए ।

बीओपी स्थापनापछि चोरी पैठारी नियन्त्रण हुनुका साथै जनताले शान्तिको महसुस गरेको बाँके क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य सूर्य ढकालले बताए । उहाँले दुर्गम क्षेत्रमा सशस्त्र प्रहरी बलको पूर्वाधार निर्माण र जनताको आधारभूत आवश्यकता पूरा गर्न आफूले पहल गरिरहेको उल्लेख गरे ।

भारतीय सीमासँग जोडिएको गुर्दनगौडी र बानवा नाका पुग्न अहिले पनि भारतीय सडक प्रयोग गर्नुपर्ने बाध्यता रहेको छ । राप्तीसोनारी–४ बैजापुरक्षेत्रबाट मोटरसाइकलमा चारदेखि पाँच घण्टाको समय लाग्ने भए पनि वर्षाले सडक भत्किएको राप्तीसोनारीका अगुवा तुलसीराम थारुले बताए ।

उनका अनुसार एक दशकअघि राज्यको नजरमा परेको नयाँ गाउँलाई साविक बैजापुर गाविस हुँदै अहिले राप्ती सोनारी गाउँपालिका–४ मा गाभ्ने काम भए पनि न्यूनतम आधारभूत सेवा सुविधासमेत स्थानीयवासीले पाउन सकेका छैनन् ।

बाँकेको अति विकट मानिने उक्त ठाउँ नयाँ गाउँका रुपमा परिचित छ । यहाँ झोरहवा, बाँसखोली, चुनभट्टी, खयरभट्टी, कुण्टेपानी, चिउरीहवा, गुदनगौडी, मुरकट्टा (महेशपुर) र आमवासा लगायतका गाउँ रहेका छन् । भारतसँग जोडिएको बाँकेको सीमावर्र्ती गाउँबस्ती र नाकामा सशस्त्र प्रहरीले बीओपी निर्माण गरी सुरक्षा दिने कार्यलाई तीव्रता दिएको छ ।

बाँकेको ६५ किलोमिटर क्षेत्र भारतीय सीमासँग जोडिएको छ । सीमा सुरक्षाका लागि हाल नेपालतर्फ सशस्त्र प्रहरी बलको बाँकेमा बढैया, जयसपुर, नेपालगञ्ज भन्सार, कालावञ्जर, खडैँचा, गङ्गापुर, नरैनापुर र कटकुइँया गरी आठ बोर्डर आउट पोष्ट (बीओपी) कार्यालय छन् भने गुर्दनगौडी र बानवामा प्रस्तावित बीओपी रहेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । बिहीबार साँझ सुरक्षा पत्रकारहरुसँगको भेटघाटका क्रममा गृहमन्त्री सुद्न गुरुङले उक्त कुरा बताएका हुन् । ‘म गल्ती गर्ने कसैलाई छाड्नि । मेरै बाबुले नै गल्ती गरेको भए पनि छाड्दिन’ गुरुङले भने । भीआईपीलाई अदालतले छाडेको भने उनले असन्तुष्टि पोखे । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अधक्ष्य केपी शर्मा ओलीलाई रातभर आफू र सुरक्षा निकायका प्रमुख […]

एजेन्सी । इजरायली सेनाले बिहीबार गरेको मिसाइल हमलामा दक्षिण लेबनानको अन्तिम सकुशल पुल पनि ध्वस्त भएको छ । बीबीसीका अनुसार नबतिएह सहरमा हमलापछि धुँवा नै धुँवा उठेको छ । लिटानी नदीमाथिको सो पुल रहेको क्षेत्रमा सो सहर छ । जहाँ ४० हजार भन्दा बढी मानिसको बसोबास छ । यो हमलापछि अब लेबनानको दक्षिणी क्षेत्रसँग जोड्ने […]

बाँके । सशस्त्र प्रहरीले मात्र चेकजाँच गर्दै आएको उक्त चोकमा सशस्त्र प्रहरी सँगै नेपाल प्रहरीले पनि चेकजाँच सुरु गर्न थालेको हो ।एकिकृत जाँच चौकी (आइसीपी) र जमुनाहबाट आउने सवारी साधन तथा मालबाहक गाडीको चेकजाँच गर्न सोमवारदेखि नेपाल प्रहरी पनि परिचालन भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अंगुर जिसीले जानकारी दिए ।चौलिका चोकमा खटिने […]

error: Content is protected !!