२४ बैशाख २०८३, बिहिबार
07-05-2026 , Thu
×

राप्रपाका यस्ता छन सरकारमा जाने सर्तहरू

Logo
प्रकाशित सोमबार, पुष ११, २०७९

(ABC-Sanchar)
काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार गठनमा सघाएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारमा सहभागिताबारे सर्तहरू अघि सारेको छ ।

पृथ्वी नारायण शाहलाई राष्ट्रपिता घोषणा, राजसंस्थासहितको हिन्दु राष्ट्र कायम तथा सङ्घीयता र धर्म निरपेक्षता खारेज गर्नुपर्ने राप्रपाको सर्त छ ।

सरकारमा सहभागिताबारे राखिएको जिज्ञासामा राप्रपाका एक जना प्रवक्ता ज्ञानेन्द्रबहादुर शाहीले भने, ‘पहिले हाम्रा यी चार सर्त पूरा हुनु पर्‍यो नि ।’ काँग्रेस नेतृत्वको गठबन्धन तोडाउने आफूहरूको पहिलो लक्ष्य पूरा भएको भन्दै उनले सरकारमा सहभागी हुने कि नहुने भन्ने कुरा गौण रहेको बताए ।

राप्रपाका अर्का प्रवक्ता मोहन श्रेष्ठले सरकारमा सहभागी हुने कि नहुने भनेर पार्टीमा छलफल भइरहे पनि निर्णय नभइसकेको बताए । उनले भने, ‘सरकारमा जाँदाका सकारात्मक र नकारात्मक पक्षहरूको सूक्ष्म अध्ययन गरिरहेका छौँ । जे निर्णय गर्छौँ चाँडै गर्छौँ ।१४ सांसद रहेको राप्रपा संसद्को पाँचौँ ठुलो दल हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले बालेन शाह नेतृत्वको सरकारले कार्की आयोगको प्रतिवेदन कार्यान्वयनबारे गरेको निर्णय पक्षपाती र षड्यन्त्रपूर्ण भएको आरोप लगाएका छन्। शुक्रबार बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले सुरक्षाकर्मीको हकमा अध्ययन समिति गठन गर्ने तर तत्कालीन प्रधानमन्त्री, गृहमन्त्रीलगायतको हकमा सोझै कार्यान्वयन गर्ने निर्णय गरेको भन्दै उनले यस्तो कदमले देशलाई पुनः द्वन्द्वतर्फ धकेल्न सक्ने चेतावनी […]

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको शपथ सुरु भएको छ । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुको पद तथा गोपनीयताको शपथ सुरु भएको हो । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराउँदैछन् । संसद् सचिवालयका अनुसार ६३ जना सांसदले नेपाली बाहेकको मातृभाषामा शपथ लिँदैछन् । उनीहरू आ–आफ्नै भेषभूषामा शपथका लागि सिंहदरबार पुगेका छन् ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले समानुपातिक सांसदलाई मन्त्री नबनाउने निर्णय लिएको छ । पार्टीको चुनाव चिन्हमा कानून बनाउने विश्वासमा मत आएका कारण समानुपातिक सांसदलाई अन्य कुरामा नअल्झाउने कुरामा नेतृत्व प्रस्ट भएपछि यो निर्णय लिएको एक नेताले बताए ।

error: Content is protected !!