२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

नेपालगन्जमा हुस्सु र कुहिरोले चिसो ह्वात्तै बढ्यो ठाँउ ठाँउमा आगो तापेर सेक्दै

Logo
प्रकाशित मंगलबार, पुष १२, २०७९

(सागर थापा/महेन्द्र सिंह)

बाँके । मंगलबारदेखि बाँकेलगायत पश्चिम तराईमा चिसो ह्वात्तै बढेको छ । बिहानैदेखि यहाँ हुस्सु र कुहिरो लागेपछि चिसो बढेको हो । चिसोले बिहान आवतजावत गर्ने विशेषगरी विद्यार्थी, मजदुर, बालबालिका, गरिब असाहय, ज्येष्ठ नागरिक बढी प्रभावित भएका छन् ।

बाँकेमा न्यूनतम तापक्रम १०.५ र अधिकतम् तापक्रम २१.७ डिग्री सेल्सियस रह्यो । चिसोले बिहान स्थानीयवासी घरबाहिर निस्कन सकेका छैनन् । बिहानै खुल्ने पसल र बजार पनि ढिलो गरी खुलिरहेका छन् । साँझपख पनि चिसो झनै बढ्न थालेपछि बजार सम्साँझै सुनसान हुन थालेका छन् ।

न्यानो कपडाका पसल तथा सकडपेटीका पसलमा ग्राहकको भीड बढेको छ । सडकपेटीमा लुगा पाउने गरेकाले ग्राहकको भीड लाग्न थालेका छन् । कठङ्याङ्ग्रिँदो चिसोसँगै हुस्सु लाग्दा सवारीसाधन चलाउन पनि समस्या भएको सवारी चालक नेपालगञ्ज–१६ का रामप्रसाद थारू बताउँछन् । उनले भने, “सवारीसाधन कम गतिमा बत्ती बालेर गुड्नुपरेको छ, हुस्सुले दुर्घटनाको जोखिम हुन्छ, त्यसैले सावधानीपूर्वक सवारी चलाउने गर्छौँ ।”


चिसोकै कारण बिरामीसमेत बढेका छन् । चिसोसँगै दम, निमोनिया, रुघाखोकी, ज्वरोलगायत रोगका बिरामी बढेका हुन् । भेरी अस्पतालमा बालबालिका, वृद्धवृद्धा, मुटु, मिर्गौला, फोक्सो, मधुमेह तथा अन्य दीर्घरोगी चिसोले बढेको अस्पतालका सूचना अधिकारी पिजिसियन डा सङ्केत रिसालले बताए । उनका अनुसार अस्पतालमा अहिले दैनिक आउने एक सय बढी बिराममध्ये आधा जति चिसोले समस्या भएर आउने गरेका छन् ।

बाक्लो हुस्सु लागेपछि यहाँका हवाई उडान सेवा प्रभावित हुन थालेको छ । बाक्सो हुस्सु लागेपछि भिजिविलिटी कम हुँदा दुई दिनदेखि राँझा विमानस्थलबाट हुने हवाई उडान प्रभावित भएको हो । दिउँसोको समयमा भने हवाई सेवा नियमित भइरहेको नेपाल नागरिक उड्डयन कार्यालय बाँकेले जनाएको छ । कार्यालयका अनुसार राँझा विमानस्थलमा हवाई उडान र अवतरणका लागि एक हजार छ सय मिटर भिजिबिलिटी आवश्यक पर्दछ । रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । यस्तै परिवेशमा आफूलाई स्थापित गर्न सफल भएकी छन्, माधवा शर्मा पोखरेल । उनी नेपालको पश्चिम क्षेत्रमा सक्रिय महिला हुन् । ज्योतिषमा स्नातकोत्तर (आचार्य) तहको अध्ययन गरेर उनले आफ्नो निजी कार्यालयमार्फत ग्रह गणनादेखि भविष्यवाणी र मोटिभेसनल गाइडेन्स जस्ता विविध सेवा दिइरहेकी छन् । ज्योतिषशास्त्र पढाइतर्फ कसरी आकर्षित हुनुभयो ? यो विषयमा आकर्षण भयो भन्नुभन्दा […]

दाङ लगायत देशका विभिन्न जिल्लामा हाल वर्षा उच्च पहाडी क्षेत्रमा हिमपा सम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणाली र पश्चिमी वायुको प्रभावले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, कोशी र बागमती प्रदेशमा हल्कादेखि मध्यम वर्षा भइरहेको हाे । सुदूरपश्चिम र कर्णाली प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ । पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै वर्षा कालीकोटको […]

काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको तथा सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा साधारणतयादेखि अधिकांश बदली रही बाँकी प्रदेश बदली रहेको जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले जनाएको छ । साथै सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ । महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिम, कर्णाली, […]

error: Content is protected !!