०४ बैशाख २०८३, शुक्रबार
17-04-2026 , Fri
×

दाङको तुलसीपुरमा रहेको एनआईसी एशिया बैंकबाट २ लाख रुपैया चोरी

Logo
प्रकाशित बुधबार, पुष १३, २०७९

ABC (क्राईमबिट)
दाङ । दंगीशरण गाउँपालिका ५ मिरौली निवासी ज्ञानबहादुर चौधरीको खाताबाट दुई लाख रुपैँया चोरी भएको छ । तुलसीपुरमा रहेको एनआईसी एशिया बैंकबाट मंगलबार बिहान एनआईसी एशिया बैंकको कर्मचारी भन्दै टेलिफोन गरेर खाता र पासवर्ड नम्बर मागेको आधा घन्टाभित्र ०६५४१५११०४८७९००१ नम्बरको खाताबाट २ लाख २० रुपैयाँ चोरी भएको हो ।

बैंकको कर्मचारी बताउने व्यक्तिले तपाईंको खाता पेन्डिङमा रहेको र अपडेट गर्नुपर्ने भन्दै खाता र वान टाइम पासवर्ड नम्बर मागेर खाताबाट पैसा चोरी गरेको पिडित चौधरीको भनाइ छ । चौधरीले तुलसीपुर उपमहानगरपालिका ५ बसपार्कमा श्रीराम किराना पसल सञ्चालन गर्दै आएका छन् । ह्याकरले सोही बैंकको कर्मचारी भएको बताउदै चौधरीसंग वान टाइम पासर्वड (ओटिपी) मागेको थियो ।

यता एनआईसी एशिया बैंक तुलसीपुरका प्रमुख राजिव वलीका अनुसार बैंकको कुनै लापरवाही नभएको बताएका छन् । ‘बैंकको कर्मचारी हु भनेर फोन गरेपछि खातावालाले वान टाइम पासवर्ड उपलब्ध गराएको आधा घण्टामा सो खातावालाको खाताबाट पैसा चोरी भएको थियो ।

‘खातावालाले आफ्नो खाताबाट कसैले पैसा निकालेको जानकारी गराउना साथ मैले उहाँलाई प्रहरीको सहायता लिन सुझाब दिएको थिए । चौधरी हाम्रो नियमित ग्राहक हुनुहुन्छ । उहाँ एकदमै इमानदार ग्राहक पनि हो । उहाँलाई हाम्रो बैंकको कर्मचारी भनेर ह्याकरले झुकाएको उनले भने ।’

चौधरीले पैसा निकालेको थाहा पाउने बित्तीकै एनआईसी एशिया बैंकमा पुगेको बताउदै प्रमुख वलीले सिटिजन बैंकमा रकम ट्रान्सफर भएकोले प्रहरीको सहायता लिन सुझाब दिएको बताए । साथै बैंकका प्रमुख वलीले सेवाग्राहीले आफ्नो वान टाइम पासवर्ड अपरिचित व्यक्तिलाई दिन नहुने समेत बताएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । बिहीबार साँझ सुरक्षा पत्रकारहरुसँगको भेटघाटका क्रममा गृहमन्त्री सुद्न गुरुङले उक्त कुरा बताएका हुन् । ‘म गल्ती गर्ने कसैलाई छाड्नि । मेरै बाबुले नै गल्ती गरेको भए पनि छाड्दिन’ गुरुङले भने । भीआईपीलाई अदालतले छाडेको भने उनले असन्तुष्टि पोखे । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अधक्ष्य केपी शर्मा ओलीलाई रातभर आफू र सुरक्षा निकायका प्रमुख […]

एजेन्सी । इजरायली सेनाले बिहीबार गरेको मिसाइल हमलामा दक्षिण लेबनानको अन्तिम सकुशल पुल पनि ध्वस्त भएको छ । बीबीसीका अनुसार नबतिएह सहरमा हमलापछि धुँवा नै धुँवा उठेको छ । लिटानी नदीमाथिको सो पुल रहेको क्षेत्रमा सो सहर छ । जहाँ ४० हजार भन्दा बढी मानिसको बसोबास छ । यो हमलापछि अब लेबनानको दक्षिणी क्षेत्रसँग जोड्ने […]

बाँके । सशस्त्र प्रहरीले मात्र चेकजाँच गर्दै आएको उक्त चोकमा सशस्त्र प्रहरी सँगै नेपाल प्रहरीले पनि चेकजाँच सुरु गर्न थालेको हो ।एकिकृत जाँच चौकी (आइसीपी) र जमुनाहबाट आउने सवारी साधन तथा मालबाहक गाडीको चेकजाँच गर्न सोमवारदेखि नेपाल प्रहरी पनि परिचालन भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अंगुर जिसीले जानकारी दिए ।चौलिका चोकमा खटिने […]

error: Content is protected !!