०४ बैशाख २०८३, शुक्रबार
17-04-2026 , Fri
×

बाँकेको एक सामुदायिक बन भित्र पाटेबाघ देखियो गाउँलेहरु त्रासित

Logo
प्रकाशित बुधबार, पुष १३, २०७९


(ABC-Sanchar)
बाँके । राप्ती सोनारी गाउँपालिका वडा नम्बर ५ स्थित एक सामुदायिक वनभित्र स्थानीय बासिन्दाहरु पाटेबाघको आक्रमणबाट जोगिन सफल भएका छन् । राप्ती सोनारी ५ स्थित सिद्देश्वरी सामुदायिक वन क्षेत्रमा घाँस काट्न गएका बेला बुधबार दिउँसो स्थानीय बासिन्दाले बाघलाई फेला पारेका हुन् ।

पाटेबाघलाई देखेपछि करिव १२/१५ जनाको संख्यामा पुगेका स्थानीय बासिन्दाले हो-हल्ला गरेका थिए । त्यसपछि बाघ त्यहाँबाट भागेको र स्थानीय बासिन्दाहरु बाँच्न सफल भएको ईलाका प्रहरी कार्यालय धामपुरका ईन्चार्ज एवम् प्रहरी नायव निरीक्षक प्रविण डिसीले जानकारी दिए ।

‘धेरै संख्यामा महिला र पुरुष जंगलमा भएका कारण हो-हल्ला गरेपछि बाघ भागेको रहेछ, नत्र बाघले आक्रमण गर्न सक्थ्यो,’ उनले भने । राप्तीपारीको जंगलमा बाघ रहेकाले सावधानी अपनाउनुपर्ने अवस्था आएको प्रहरी ईन्चार्ज डिसीले बताए ।

गतवर्ष पनि राप्ती सोनारीको वडा नम्बर ४, ५, ६ र ७ को जंगलमा पाटेबाघले आतंक मच्चाएको थियो । त्यसपछि डिभिजन वन कार्यालय, बाँके राष्ट्रिय निकुञ्ज लगायतको टोलीले बाघलाई नियन्त्रणमा लिएर चितवन पुर्याएको थियो ।

पाटेबाघले यसवर्ष पनि राप्ती पारी क्षेत्रमा आतंक मच्चाउन सुरु गरेको स्थानीय बासिन्दाले बताएका छन् । केही दिनअघि मात्र बाघले दुई वटा बाख्रा र एउटा सुँगुर मारेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । बिहीबार साँझ सुरक्षा पत्रकारहरुसँगको भेटघाटका क्रममा गृहमन्त्री सुद्न गुरुङले उक्त कुरा बताएका हुन् । ‘म गल्ती गर्ने कसैलाई छाड्नि । मेरै बाबुले नै गल्ती गरेको भए पनि छाड्दिन’ गुरुङले भने । भीआईपीलाई अदालतले छाडेको भने उनले असन्तुष्टि पोखे । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अधक्ष्य केपी शर्मा ओलीलाई रातभर आफू र सुरक्षा निकायका प्रमुख […]

एजेन्सी । इजरायली सेनाले बिहीबार गरेको मिसाइल हमलामा दक्षिण लेबनानको अन्तिम सकुशल पुल पनि ध्वस्त भएको छ । बीबीसीका अनुसार नबतिएह सहरमा हमलापछि धुँवा नै धुँवा उठेको छ । लिटानी नदीमाथिको सो पुल रहेको क्षेत्रमा सो सहर छ । जहाँ ४० हजार भन्दा बढी मानिसको बसोबास छ । यो हमलापछि अब लेबनानको दक्षिणी क्षेत्रसँग जोड्ने […]

बाँके । सशस्त्र प्रहरीले मात्र चेकजाँच गर्दै आएको उक्त चोकमा सशस्त्र प्रहरी सँगै नेपाल प्रहरीले पनि चेकजाँच सुरु गर्न थालेको हो ।एकिकृत जाँच चौकी (आइसीपी) र जमुनाहबाट आउने सवारी साधन तथा मालबाहक गाडीको चेकजाँच गर्न सोमवारदेखि नेपाल प्रहरी पनि परिचालन भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अंगुर जिसीले जानकारी दिए ।चौलिका चोकमा खटिने […]

error: Content is protected !!