२४ बैशाख २०८३, बिहिबार
07-05-2026 , Thu
×

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले पार्टीको दाबी

Logo
प्रकाशित शनिबार, पुष १६, २०७९


ABC (क्राईमबिट)
दाङ । निर्वाचन आयोगले अन्तिम मत परिणाम सार्वजनिक गरेको तीस दिन भित्र सरकार गठन गरिसक्नुपर्ने कानुनी प्रावधान छ। तर, लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनको लागी दलहरू तातिएका छैनन्।

संसदीय दलको नेता चयन गर्न समेत ढिलाइ भइरहेको समयमा सरकार गठनको विषय पनि पेचिलो बन्ने देखिएको छ। केन्द्रीय राजनीतिक समीकरणको आधारमा नयाँ ७ दलीय गठबन्धनलाई सरकार गठनको सहज मार्ग देखिन्छ।

तर, सरकारको नेतृत्व कसले गर्ने भन्नेबारे दलहरूको बीचमा ठोस सहमति जुट्न सकेको छैन। नेकपा एमाले पोलिटब्युरो सदस्य लीला गिरीले शपथग्रहणपश्चात् एमाले संसदीय दलको बैठक बस्ने र त्यस बैठकले दलको नेता चयन गर्ने बताए।

‘शपथग्रहणपश्चात् संसदीय दलको बैठक बस्छ। त्यहाँ दलको नेता चयन गरिन्छ। त्यसपछि सरकार गठनको लागि गृहकार्य सुरु हुन्छ’ उनले भने, ‘लुम्बिनी प्रदेशमा हाम्रो पार्टीबाट निर्वाचित प्रदेश सभा सदस्य धेरै रहेकाले यहाँको नेतृत्व हामीले गर्न पाउनुपर्छ भन्ने नै हो । केन्द्रबाट त्यस्तो स्पष्ट निर्देशन आएको छैन।’

लुम्बिनीमा नेपालको संविधानको धारा १६८ को उपधारा (१) बमोजिम सरकार बन्नेछ । प्रदेश सभामा कुनै पनि दलको स्पष्ट बहुमत छैन। जसले गर्दा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्री नियुक्ति गर्ने कानुनी प्रावधान छ।

नेकपा एमाले २९ र नेकपा माओवादीको ९ सिट छ । तर, लुम्बिनीको नेतृत्व नेकपा माओवादी केन्द्रले समेत दाबी गरेको छ । प्रत्यक्ष तर्फ ५२ र समानुपातिक ३५ गरेर ८७ सदस्य प्रदेश सभा रहेको छ।

एमाले २९ सदस्य सहित सबैभन्दा ठुलो दल छ। नेपाली काँग्रेस २७, नेकपा माओवादी केन्द्र ९, राप्रपा ४, नागरिक उन्मुक्ति पार्टी ४, जनमत पार्टी ३, जनता समाजवादी ३, लोकतान्त्रिक समाजवादी ३, राष्ट्रिय जनमोर्चा एक, नेकपा एकीकृत समाजवादी एक, स्वतन्त्र ३ जना छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले बालेन शाह नेतृत्वको सरकारले कार्की आयोगको प्रतिवेदन कार्यान्वयनबारे गरेको निर्णय पक्षपाती र षड्यन्त्रपूर्ण भएको आरोप लगाएका छन्। शुक्रबार बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले सुरक्षाकर्मीको हकमा अध्ययन समिति गठन गर्ने तर तत्कालीन प्रधानमन्त्री, गृहमन्त्रीलगायतको हकमा सोझै कार्यान्वयन गर्ने निर्णय गरेको भन्दै उनले यस्तो कदमले देशलाई पुनः द्वन्द्वतर्फ धकेल्न सक्ने चेतावनी […]

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको शपथ सुरु भएको छ । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुको पद तथा गोपनीयताको शपथ सुरु भएको हो । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराउँदैछन् । संसद् सचिवालयका अनुसार ६३ जना सांसदले नेपाली बाहेकको मातृभाषामा शपथ लिँदैछन् । उनीहरू आ–आफ्नै भेषभूषामा शपथका लागि सिंहदरबार पुगेका छन् ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले समानुपातिक सांसदलाई मन्त्री नबनाउने निर्णय लिएको छ । पार्टीको चुनाव चिन्हमा कानून बनाउने विश्वासमा मत आएका कारण समानुपातिक सांसदलाई अन्य कुरामा नअल्झाउने कुरामा नेतृत्व प्रस्ट भएपछि यो निर्णय लिएको एक नेताले बताए ।

error: Content is protected !!