०८ साउन २०८२, बिहिबार
24-07-2025 , Thu
×

निकुञ्जमा सांसद जयसवालका चालक सिकारीको सामनसहित नियन्त्रणमा

Logo
प्रकाशित बुधबार, पुष २०, २०७९

ABC (क्राईमबिट)
काठमाडौँ । गत पुस ४ गते पर्सा राष्ट्रिय निकुञ्जमा भएको वन्यजन्तु चोरी शिकारीको घटनामा संलग्न थप एक जना पक्राउ परेका छन् । उक्त घटनामा संलग्न रहेको आरोपमा सांसद प्रमोदकुमार जयसवालका चालक सलिम मियाँ अन्सारी निकुञ्जले नियन्त्रणमा लिएको हो ।

निकुञ्ज आडमै रहेको प्रदेश सांसद प्रमोदकुमार जयसवालको घरबाट सखुवा प्रसौनी-१ का ३७ वर्षीय झापस दास थारु, ४४ वर्षीय विशाल सहनी, काभ्रे साँगा ६ का ५० वर्षीय दामोदर अधिकारी, धादिङ गंगाजमुना २ का ५२ वर्षीय म्लाङ दोङ तामाङलाई मृत हरिणसहित अवैध हातहतियारसहित नियन्त्रणमा लिएको थियो । वन्यजन्तुको अवैध सिकार तथा तस्करीमा प्रदेश २-०३००१ च ३०९७ नम्बरको सेतो जिप प्रयोग भएको थियो ।

अवैध रूपमा सिकार गरेर मारिएको जरायो सोही गाडीमा तस्करहरूले हालेर भाग्दै निकुञ्जका सुरक्षाकर्मीलाई लक्षित गरेर गोली हानेर भागेका थिए । जवाफी फायरसङमा उक्त गाडीको टायरमा गोली लागेपछि जङ्गल आडैमा रहेको सखुवा प्रसौनी गाउँपालिका–१ स्थित अकुनिया गाउँमा गाडी रोकेर भागेका थिए ।

उनीहरू गाडीलाई बीच बाटोमै छाडेर अवैध तस्करीमा सेल्टरको रूपमा प्रयोग हुँदै आएको सांसद जयसवालको घर गएका थिए । उक्त घरबाट उनीहरुसहित चोरी सिकार गर्न प्रयोग हुने बन्दोबस्तीका सामान र हतियारसहित जरायोको सिंहसहितको टाउको र हातहतियार बरामद भएको थियो ।

निकुञ्जका वार्डेन अशोक रामका अनुसार सांसद जयसवाल बयान दिन निकुञ्ज कार्यालय आएको बेला चालक मियाँलाई नियन्त्रणमा लिइएको थियो ।

उक्त घटनामा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा संलग्न देखिएका हालसम्म ८ जनाको बयान लिइएको रामले जानकारी दिए । सांसद जयसवालसहित उनका भाइ एवं सखुवा प्रसौनीका पूर्व गाउँपालिका अध्यक्ष प्रदीप जयसवालले बयान दिएका छन् । उनीहरूले आफूलाई निर्दोष रहेको दाबी गर्दै बयान दिएको निकुञ्ज स्रोतले बताएको छ ।

तस्करीमा प्रयोग भएको बन्दुक वाग्मती प्रदेशअन्तर्गत काठमाडौं क्षेत्र नम्बर ५ (२) का सांसद श्याम खड्काको भएको खुल्न आएको छ । तस्करीको घटनामा सांसद खड्काको नाम पनि जोडिएपछि निकुञ्जले पत्र काटेर बयान दिनका लागि बोलाएको छ । उनी बुधबार दिउँसोसम्म बयान दिन आइपुगेका छैनन् ।

सांसद खड्काको अकुनिया गाउँमा निजी रूपमा माछा फार्म सञ्चालन गरेको स्रोतले बताएको छ । हाल निकुञ्ज कार्यालय बरामद भएका समानाहरु भेरिफिकेसनका गरिरहेको छ । यस्तै, घटनामा संलग्न देखिएका सबैको बयान लिने काम भइरहेको छ ।

पर्सा निकुञ्जमा भएको वन्यजन्तुको अवैध चोरीसिकारीको घटनामा रंगेहात पक्राउ परेका नेपाली सेनाका पूर्व हवल्दार दामादोर अधिकारीको अस्वभाविक कारोबार देखिएको छ ।

उनको बैङ्क खातामा अस्वभाविक रूपमा लाग्ने कागज प्रमाण समेत फेला परेकाले उनको खाता सिज गर्नुपर्ने र सबै कारोबार बन्द गर्नुपर्ने निष्कर्ष अनुसन्धान टोलीले निकालेको छ । अधिकारीबाट अनुसन्धान टोलीले विभिन्न बैङ्कको चेकसमेत बरामद गरेको छ ।

निकुञ्ज टोलीले पक्राउ परेकाहरूबाट २ लाख ९२ हजार नगदसमेत बरामद गरेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

नवलपरासी । जेठ मसान्तबाट कुनै पनि नदी तथा खोलाबाट नदीजन्य पदार्थ उत्खनन गर्न नपाइने कानुनी व्यवस्था भएता पनि साउनको पहिलो हप्तासम्म पनि तस्करी जारी रहेको छ । सरोकारवाला निकायहरू थाहा नपाएजस्तै मौन देखिएका छन् ।सुनवल नगरपालिका–११ अन्तर्गत पर्ने भुमही खोलाबाट दैनिक दिनदहाडै ढुङ्गा, मिस्कटलगायतका नदीजन्य सामग्रीहरूको तस्करी भइरहेको छ । तर, स्थानीय तहदेखि सुरक्षा निकायसम्म मौन छन् । विशेष […]

बाँके । नेपालगञ्ज,वडा नं. ८ शहरको मुटु मानिने महेन्द्र पार्क तथा मिनी चिडियाखानाको अवस्था दिनप्रतिदिन दयनीय बन्दै गएको छ। सार्वजनिक सरोकारको यो स्थलमा फोहोरको उचित व्यवस्थापन नहुँदा चिडियाखानामा रहेका जनावरहरू बिरामी हुने र मर्ने जोखिममा परेका छन्। पार्कभित्रको पोखरीमा पानी हरियो भएको, फोहर, लेदो र सडेगलेका वस्तुहरू खुला रूपमा देखिएको छ। पानीमा हरियो लेउ र […]

दाङको कोइलाबास भन्सार कार्यालयले आर्थिक वर्ष ८१/८२ मा लक्ष्य भन्दा बढी राजस्व संकलन दाङ । कोइलाबास एक मात्रै भन्सार नाका कोइलाबास भन्सारले लक्ष्य भन्दा झण्डै १० लाख बढी राजस्व संकलन गरेको हो । गत आर्थिक वर्ष २०८१/०८२ का लागि १ करोड ६३ लाख छ हजार राजस्व संकलनको लक्ष्य पाएको कोइलाबास भन्सारले लक्ष्य भन्दा झण्डै १० […]

error: Content is protected !!