२९ फाल्गुण २०८२, शुक्रबार
13-03-2026 , Fri
×

धनगढीमा पक्राउ परे एक युवा

Logo
प्रकाशित बिहिबार, पुष २१, २०७९

कैलालीमा विभिन्न व्यक्तिहरूलाई ठगी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीले दार्चुला लेकम गाउँपालिका-१ बस्ने ३५ वर्षीय पदमराज भट्टलाई पक्राउ गरेको हो। उनलाई बिहीबार बिहान धनगढी उपमहानगरपालिका-३ बाट पक्राउ गरेको हो।

प्रहरीकाअनुसार उनी ठगीका ‘नटवरलाल’ हुन्। कैलाली, कञ्चनपुर लगायत सुदूरपश्चिमका विभिन्न जिल्लामा उनले थुप्रैलाई ठगी गरेको प्रहरीको भनाइ छ।

उनीविरूद्ध थुप्रै उजुरीहरू आएपछि प्रहरीले उनको खोजी गरी पक्राउ गरेको हो।

कैलालीका एसपी देवेन्द्र पालका अनुसार उनी भाडाका गाडी चढ्थे। भाडामा लिएको गाडी र नयाँ कपडाहरू लगाएर उनले विभिन्न व्यक्तिहरूलाई लोभ्याउने गर्थे।

‘सुरूमा बैंक तथा संघ संस्थाको हाकिम हुँ भनेर लोभ्याउने रहेछन्। महंगा गाडीहरू भाडामा लिने, आफू ठूलो मान्छे हुँ भनेर प्रस्तुत हुने देखियो,’ एसपी पालले भने।

एसपी पालका अनुसार उनले एकल महिलाहरूलाई निशानामा राख्थे। उनी आफैं ठूलो मान्छे हुँ भन्ने विभिन्न बहाना बनाएर उनले ती महिलाहरूसँग नजिकिन्थे।

‘विश्वास दिलाएपछि उनले ती महिलाहरूसँग विवाहको नाटक समेत गर्ने गरेको देखियो। यसो गरेपछि उनले ती महिलाहरूको विभिन्न अश्लिल भिडिओहरू समेत बनाउने र फकाएर हुन्छ कि कसरी हुन्छ पैसा लिने गरेको भेटियो,’ उनले भने, ‘त्यसपछि पैसा लिएर फरार हुने उनको प्रकृति देखियो। २,४ लाख जति भेट्छ त्यति ठग्ने गर्थे।’

यसैगरी उनले थुप्रैलाई ठगी गरेको प्रहरीको भनाइ छ। यद्यपि अहिलेसम्म कति जनालाई उनले ठगीसकेको यकिन विवरण नभएको एसपी पालले बताए।

कार्यालयमा जाहेरी आउने क्रम जारी नै रहेको उनले बताए। कैलालीमा मात्रै नभएर कञ्चनपुरमा समेत उजुरी परेको छ।

उनी ठगी मुद्दामा यसअघि पनि पक्राउ परिसकेका व्यक्ति हुन्। एसपी पालका अनुसार यसअघि पनि दुई वर्ष ठगी मुद्दामा जेल समेत बसिसकेका छन्।

उनीबाट पीडित भएका कोही भए प्रहरीको सम्पर्कमा आउन पनि कार्यालयले अनुरोध गरेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

चितवन । बलात्कारको अभियोगमा हिरासतमा रहेका चितवनका प्रहरी इन्स्पेक्टर प्रदीप महतलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । एक महिलाले आफूलाई प्रलोभनमा पारेर जबरजस्ती करणी गरेको जाहेरी दिएपछि उनलाई जिल्ला प्रहरी कार्यालय चितवनले हिरासतमा लिएको थियो । इप्रका खैरहनीका तत्कालीन इन्चार्ज महतविरुद्ध माघ २३ मा जाहेरी परेको थियो । मंगलबार जिल्ला अदालत चितवनमा थुनछेक बहसको […]

सुर्खेत । १६ वर्षीया इनिसा बिकको फागुन २३ गते बिहान बेहोस अवस्थामा फेला परेकी थिइन् र अस्पताल पुर्‍याउँदा मृत घोषित भएकी थिइन्। मृतकका परिवारले सामूहिक बलात्कारपछि हत्या भएको भन्दै कर्तव्य ज्यान र जबरजस्ती करणीको जाहेरी दिएका छन्। २६ फागुन, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या गरेको आरोपमा चार जना पक्राउ परेका […]

error: Content is protected !!