२८ साउन २०८३, बिहिबार
13-08-2026 , Thu
×

सैनिक कलेजका अधिकृतहरुद्वारा सशस्त्र प्रहरी बल प्रधान कार्यालयको भ्रमण

Logo
प्रकाशित बिहिबार, पुष २१, २०७९


ABC (क्राईमबिट)
काठमाडौं । नेपाली सेना सैनिक वार कलेज नगरकोटमा संचालित ‘सि.सं. ४ अल आम्र्स कमाण्ड तथा स्टाफ तालिम’का शिक्षार्थी अधिकृतहरुले पौष २१ गते सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको अवलोकन भ्रमण गरी सशस्त्र प्रहरी बल नेपालमा भए गरेका विविध कार्यहरुको जानकारी लिएका छन् ।
सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक विष्णु प्रसाद भट्टले शिक्षार्थी
अधिकृतहरुलाई सशस्त्र प्रहरी बल नेपालको पृष्ठभूमि, सांगठानिक संरचना, परिचालनका क्षेत्रहरु, शान्ति र द्वन्द्वको समयमा सशस्त्र प्रहरी बल नेपालको भूमिका, सीमा सुरक्षा तथा विपद् व्यवस्थापनमा सशस्त्र प्रहरी बल नेपालको परिचालन, नेपाली सेनासँग सशस्त्र प्रहरी बल नेपालको समन्वय तथा सहकार्य, सुरक्षा चुनौतीहरु लगायतका विविध विषयमा प्रस्तुतीकरण मार्फत
जानकारी गराउनुु भएको थियो ।
अवलोकन तथा भ्रमणको क्रममा शिक्षार्थी अधिकृतहरुले सशस्त्र प्रहरी बल नेपालबारे राखेको विविध जिज्ञासाहरुको समेत सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक भट्टले प्रष्ट पार्नुभएको थियो ।
कार्यक्रममा सशस्त्र प्रहरी बल नेपालको तर्फबाट सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक विष्णु प्रसाद भट्ट र उक्त तालिमका डाईरेक्टिङ्ग स्टाफ प्रमुख सेनानी बिदुर अधिकारीले एक आपसमा माया चिनो आदान–प्रदान गर्नुभएको थियो ।
भ्रमणको क्रममा शिक्षार्थी अधिकृतहरुले विपद् व्यवस्थापनमा सशस्त्र प्रहरी बल नेपालले प्रयोगमा ल्याएको विविध सामाग्रीको अवलोकन गरि सो सम्बन्धि जानकारी समेत लिएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । चन्द्रौटा स्थित बैंकमा रकम जम्मा गर्न आएका एक व्यक्तिबाट नक्कली नोट फेला परेको छ। जाँचका क्रममा फेला*: बैंकले रकम गन्दा वा मेसिनमा जाँच्दा नक्कली नोट पत्ता लागेको कारबाही प्रक्रिया*: यस्तो अवस्थामा बैंकले तुरुन्त प्रहरीलाई खबर गरेर नोट र सम्बन्धित व्यक्तिलाई नियन्त्रणमा लिने प्रचलन छ । अनुसन्धान नोट कहाँबाट आयो, कसले दिएको हो भन्ने […]

काठमाडौं । गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनबाट एकल बहुमत ल्याएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता वालेन्द्र शाह प्रधानमन्त्री भएपछि एकपछि अर्को गरी कर्मचारीहरूको मान मर्दन गर्ने काम भइरहेको छ । मुख्यगरी सरकारका मन्त्री, प्रधानमन्त्री शाहको सचिवालय र सत्तारुढ दल रास्वपाका सांसदहरूबाट स्थायी सरकार (निजामती कर्मचारी)को मानमर्दन गर्ने काम भइरहेको छ । […]

काठमाडौं । पहिले सूचना विभागले जारी गरेको पत्रकार परिचय पत्रका आधारमा सिंहदबार प्रवेश दिइने गरिएको थियो। तर बिहीबार परिचय पत्र देखाएरसमेत सिंहदबार प्रवेश दिइएको छैन। सिंहदबार छिर्नका लागि के काम जाने लागेको? कसलाई भेट्ने?लगायत विवरणहरू गेटमा लेखेपछि मात्र प्रवेश दिइएको छ। यसअघिका दिनहरूमा यस्तो हुने गरेको थिएन। परिचय पत्र देखाएमा कहाँ जाने भन्ने सोध्ने गरिएको […]