२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

दाङ प्रहरीले लागूऔषध ब्राउनसुगरसहित ३ जना युवाहरु पक्राउ

Logo
प्रकाशित बिहिबार, पुष २१, २०७९


(सागर थापा)
दाङ । घोराही उप-महानगरपालिका वडा नं १८ नवलपुर स्थित फुटबल ग्राउण्ड नजिक शंकास्पद रुपमा हिडिरहेको अवस्थामा यस जिल्ला प्रहरी कार्यालय दाङ बाट खटिएको प्रहरी टोलीले ऐ.४ सुनपुर बस्ने बर्ष १९ को बिक्रम भण्डारीको शरिर खानतलासी गर्दा निजको साथ बाट लागु औषध जस्तो देखिने खैरो पदार्थ (ब्राउन सुगर) प्लास्टिक सहित तौल गर्दा १.०१ ग्राम र प्लास्टिक हटाई तौल गर्दा ८५० मिली ग्राम, फेला पारी नियन्त्रणमा लिई अदालतबाट म्याद थप भएको ।
पुस २१ गते अन्दाजी १४:०० बजे जिल्ला दाङ लमही न.पा. वडा नं.४ अर्नवा स्थित जि.दाङ गढवा गा.पा.६ बस्ने वर्ष २८ को मनोज कुमार यादव र ऐ.बस्ने वर्ष २१ को बिशाल परियारको साथमा लागु औषध राखेको भन्ने गोप्य सुचनाको आधारमा व.प्र.का.लमही बाट प्र.नि.पुष्पराज थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले निज दुबै जनालाई नियन्त्रणमा लिई रित पुर्वक खानतलासी गर्दा मनोज कुमार यादवले लगाएको सेतो कालो किरिमिरे ज्याकेटको साईडको दाहीने खल्तीमा कालो प्लाष्टिकमा राखेको तत्काल प्लाष्टिक सहित तौल गर्दा ५.३२ ग्राम र प्लाष्टिक हटाई हेर्दा गिलो अबस्थामा रहेको लागु औषध जस्तो देखिने (ब्राउन सुगर) पदार्थको मात्र तौल गर्दा ४.८१ ग्राम तौल भएको लागुऔषध (ब्राउन सुगर) जस्तो देखिने पदार्थ फेला पारी बरामत गरी दुबै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको दाङ प्रहरी प्रमुख एसपी वीर बहादुर वलीले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!