१३ आषाढ २०८३, शनिबार
27-06-2026 , Sat
×

२६७ जना शान्ति सैनिक कंगो प्रस्थान

Logo
प्रकाशित सोमबार, पुष २५, २०७९

नेपाली सेनाले मध्य अफ्रिकी मुलुक कंगोमा संयुक्त राष्ट्रसंघीय शान्ति मिशनमा तैनाथ नेपाली फौजको अदलीबदली गरेको छ। आइतबार प्रजातान्त्रिक गणतन्त्र कंगोमा संयुक्त राष्ट्रसंघको स्थायित्व मिशन (मोनुस्को)का लागि सेनानी कमल थापाको नेतृत्वमा २६७ जना शान्ति सैनिक मिशन इलाकातर्फ प्रस्थान गरेका छन्।

हाल मिशनमा तैनाथ टोलीको कार्यावधि सकिएसँगै नरसिंहदल गण २९औं डफ्फा, द्रुत प्रतिक्रिया बल कम्पनी दोस्रो डफ्फा र नं.२६ फिल्ड गुल्म २६औं डफ्फाको टोली नेपाल एयरलाइन्सको विमानमार्फत कंगो गएको हो।

मिशनमा तैनाथ रहेका फष्ट रैफल गण २८औं डफ्फा, द्रुत प्रतिक्रिया बल कम्पनी पहिलो डफ्फा र नं.२५ फिल्ड गुल्म २५औं डफ्फा (इन्जिनियर कम्पनी)को अन्तिम टोलीका २५५ जना शान्ति सैनिकहरू प्रमुख सेनानी वसन्तबहादुर गौतमको नेतृत्वमा मंगलबार स्वदेश फर्कने सैनिक जनसम्पर्क तथा सूचना निर्देनालयले जनाएको छ।

हाल मोनुस्को मिशन, कंगोमा तैनाथ नेपाली सेनाका ३ युनिटहरूमा १ हजार १२६ जना सकलदर्जाहरूका साथै स्टाफ तथा अब्जर्भर नियुक्तिहरूमा समेत फौजहरूको सहभागिता रहेको छ।

नेपाली सेनाले संयुक्त राष्ट्रसंघको आह्वानमा विश्वका विभिन्न द्वन्द्वरत मुलुकहरूमा सहभागी भई शान्ति स्थापना कार्यमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ। शान्ति मिशनमा फौज योगदान गर्ने देशहरूको सूचीमा नेपाल तेस्रो स्थानमा रहेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लुम्बिनी प्रदेश विपद् व्यवस्थापन गुल्म, तुलसीपुर दाङबाट पाल्नुभएका प्रहरी सहायक निरीक्षक ऐन कुमार थापाज्यूको नेतृत्वमा रहेको दक्ष प्राविधिक टोलीले उक्त प्रशिक्षण प्रदान गरेको हो। ​दिउँसो २:०० बजेदेखि ४:०० बजेसम्म सञ्चालित यस कार्यक्रममा विद्यालयका कक्षा ८ देखि १२ सम्मका विद्यार्थीहरू, शिक्षक-शिक्षिका तथा कर्मचारीहरू गरी जम्मा २५० जनाको सक्रिय सहभागिता रहेको थियो। ​प्रशिक्षणका मुख्य विषयहरू: […]

काठमाडौं । गौसलादेखि मित्रपार्क हुँदै चाबेलसम्मको अस्तव्यस्त व्यवस्थापन सवारी साधनलाई सम्हालेपछि उनले थुप्रै सुधारका कार्यहरू अगाडि बढाउँदै थिए । तर, त्यही बीचमा देशमा भएको जेनजी आन्दोलनको राप र तापले गौशाला वृत्तलाई पनि अछुतो राखेन। आन्दो’लनका क्रममा आफ्नै कार्यक्षेत्र र कार्यालय का तल्लो दर्जाका प्रहरीहरूको सवारी जलेर नष्ट भए जुन कुनै पनि कार्यालय प्रमुखका लागि एउटा […]

दाङ । भालुवाङ राप्ती गाउँपालिकाले विद्यार्थीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले चलाएको कार्यक्रममा एउटा स्नेहपुर्ण दृश्यले सबैको मन छोएको छ। स्कुले बालिका र गाउँपालिका अध्यक्ष प्रकाश बिष्टबीचको आत्मीयता। औपचारिक भाषणभन्दा पनि त्यो स्नेहले देखाइदियो – बालबालिकाले खोजेको भनेको पाठ्यपुस्तक मात्र होइन, स्नेहपुर्ण अभिभावकत्व पनि हो। पढाइमा मात्र होइन, आत्मविश्वास, नेतृत्व र सीप बढाउने अभ्यास जनप्रतिनिधि भनेको […]

error: Content is protected !!