१८ साउन २०८२, आइतबार
03-08-2025 , Sun
×

रेल स्टेशनमा छुरा प्रहार, ६ जना घाइते

Logo
प्रकाशित बिहिबार, पुष २८, २०७९

पेरिसको व्यस्त गारे डु नोर्ड रेल स्टेशनमा बुधबार एक आक्रमणकारीले ६ जनालाई छुरा प्रहार गरी घाइते बनाएको अधिकारीहरूले बताएका छन्।

गारे डु नोर्ड रेल यात्रुका लागि एक व्यस्त स्थान हो, जसलाई उत्तरी फ्रान्स, लन्डन र उत्तरी युरोपमा रेलहरूको लागि प्रस्थान बिन्दुको रूपमा लिइन्छ।

प्रहरीले छुरा प्रहारलाई आतंकवादी हमलाको रूपमा नभई सामान्य आक्रमण प्रयासको रूपमा लिइरहेको घटनासँग सम्बन्धित एक स्रोतले जनाएको छ। आक्रमणकारीको उद्देश्य तत्काल स्पष्ट हुन सकेको छैन।

स्थानीय समयअनुसार बिहान ६:४२ बजे भएको आक्रमणमा परी ६ जनामध्ये एक जना गम्भीर घाइते भएका छन् भने अन्य ५ जनालाई हल्का चोट लागेको अभियोजनकर्ताले बताएका छन्।

गृहमन्त्री गेराल्ड डार्मानिनले घटनास्थलमा पत्रकारहरूसँग कुरा गर्दै घटना दुई मिनेटभित्रै सकिएको बताएका छन्।

आक्रमणकारीले कस्तो प्रकारको हतियार प्रयोग गरेको भन्नेबारे तत्काल स्पष्ट हुन सकेको छैन। प्रहरीले सुरुमा यसलाई धारिलो हतियारद्वारा आक्रमण भएको जानकारी दिएको थियो।

डार्मानिनले यो चक्कु नभई ‘धम्क्याउनका लागि प्रयोग गरिने नक्कली हतियार’ भएको बताएका छन्। तर, फ्रान्सेली ‘ले पेरिसियन’ पत्रिकाका अनुसार आक्रमणमा एक प्रकारको ‘तिखो र धारिलो हतियार’ नै प्रयोग भएको थियो।

प्रहरीले तीन राउण्ड गोली चलाउँदा आक्रमणकारीको छातीमा चोट लागेको थियो। मन्त्री डार्मानिनका अनुसार प्रहरीको प्रतिरोधमा गम्भीर घाइते भएका आक्रमणकारीलाई अस्पताल लगिएको र त्यहाँ उनको उपचार भइरहेको छ।

हस्तक्षेप गर्ने प्रहरीहरू आफ्नो सेवा सकेर घर फर्किँदै गरेका सादा पोसाकमा रहेका अधिकारीहरू थिए जसले आक्रमण रोक्नका लागि आफूलाई सँगै राख्न अनुमति दिइएको हतियार प्रयोग गरेका थिए।

डार्मानिनले भने, ‘प्रहरी अधिकारीहरू प्रहरी मुख्यालयमा काम सकी रेल चढेर घर जान फर्किरहेका थिए, तर उनीहरू सशस्त्र थिए।’

ड्युटीमा नभए पनि उनीहरूलाई हतियार प्रयोग गर्ने अधिकार दिइएको उनले बताए। स्टेशनमा तैनाथ सीमा प्रहरीका एक सदस्य सामान्य घाइते भएका प्रहरीले बताएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

गाजा । हमासको नागरिक रक्षा एजेन्सीका अनुसार इजरायली गोलीबारीबाट ३०० भन्दा बढी व्यक्ति घाइते भएका छन् । इजरायलले घटना अझै अनुसन्धानमै रहेको बताएको छ । इजरायली सेना (आईडीएफ) ले गाजावासीहरू सहायता ट्रकहरू वरिपरि भेला भएपछि चेतावनी दिदै गोली चलाएको बताएको छ । गाजाको अल-शिफा अस्पतालका निर्देशक मोहम्मद अबु सल्मियाले घटनापछि आफ्नो अस्पतालमा ३५ जनाको शव […]

इजरायलले गाजामा फेरि आक्रमण गर्‍यो काठमाडौं । इजरायली रक्षा बलका अनुसार वायुसेनाले गाजामा रहेको हमासको अड्डाहरूमा हवाई आक्रमण गरेको हो। यी आक्रमणहरूमा हालसम्म २३२ जनाको मृत्यु भइसकेको छ। ३०० भन्दा बढी घाइते भएका छन्। जनवरी १९ मा इजरायल-हमास युद्धविराम सुरु भएयता गाजामा इजरायलको यो सबैभन्दा ठूलो आक्रमण हो। इजरायली सेनाले आक्रमणको योजना बनाइरहेका आतंककारीहरूलाई लक्षित […]

  काठमाडौं । बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको विमान दिउँसो ३ः ३३ मा प्रस्थान गरेको हो । उक्त विमान बिहीबार साँझ काठमाडौँ आएको थियो । उक्त विमानमा के थियो भन्ने थाहा छैन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार उक्त विमान कूटनीतिक फ्लाइट गरेको थियो । यसमा अमेरिकी दूतावासका लागि आवश्यक सामाग्री ल्याइएको […]

error: Content is protected !!