२२ बैशाख २०८३, मंगलबार
05-05-2026 , Tue
×

रेल स्टेशनमा छुरा प्रहार, ६ जना घाइते

Logo
प्रकाशित बिहिबार, पुष २८, २०७९

पेरिसको व्यस्त गारे डु नोर्ड रेल स्टेशनमा बुधबार एक आक्रमणकारीले ६ जनालाई छुरा प्रहार गरी घाइते बनाएको अधिकारीहरूले बताएका छन्।

गारे डु नोर्ड रेल यात्रुका लागि एक व्यस्त स्थान हो, जसलाई उत्तरी फ्रान्स, लन्डन र उत्तरी युरोपमा रेलहरूको लागि प्रस्थान बिन्दुको रूपमा लिइन्छ।

प्रहरीले छुरा प्रहारलाई आतंकवादी हमलाको रूपमा नभई सामान्य आक्रमण प्रयासको रूपमा लिइरहेको घटनासँग सम्बन्धित एक स्रोतले जनाएको छ। आक्रमणकारीको उद्देश्य तत्काल स्पष्ट हुन सकेको छैन।

स्थानीय समयअनुसार बिहान ६:४२ बजे भएको आक्रमणमा परी ६ जनामध्ये एक जना गम्भीर घाइते भएका छन् भने अन्य ५ जनालाई हल्का चोट लागेको अभियोजनकर्ताले बताएका छन्।

गृहमन्त्री गेराल्ड डार्मानिनले घटनास्थलमा पत्रकारहरूसँग कुरा गर्दै घटना दुई मिनेटभित्रै सकिएको बताएका छन्।

आक्रमणकारीले कस्तो प्रकारको हतियार प्रयोग गरेको भन्नेबारे तत्काल स्पष्ट हुन सकेको छैन। प्रहरीले सुरुमा यसलाई धारिलो हतियारद्वारा आक्रमण भएको जानकारी दिएको थियो।

डार्मानिनले यो चक्कु नभई ‘धम्क्याउनका लागि प्रयोग गरिने नक्कली हतियार’ भएको बताएका छन्। तर, फ्रान्सेली ‘ले पेरिसियन’ पत्रिकाका अनुसार आक्रमणमा एक प्रकारको ‘तिखो र धारिलो हतियार’ नै प्रयोग भएको थियो।

प्रहरीले तीन राउण्ड गोली चलाउँदा आक्रमणकारीको छातीमा चोट लागेको थियो। मन्त्री डार्मानिनका अनुसार प्रहरीको प्रतिरोधमा गम्भीर घाइते भएका आक्रमणकारीलाई अस्पताल लगिएको र त्यहाँ उनको उपचार भइरहेको छ।

हस्तक्षेप गर्ने प्रहरीहरू आफ्नो सेवा सकेर घर फर्किँदै गरेका सादा पोसाकमा रहेका अधिकारीहरू थिए जसले आक्रमण रोक्नका लागि आफूलाई सँगै राख्न अनुमति दिइएको हतियार प्रयोग गरेका थिए।

डार्मानिनले भने, ‘प्रहरी अधिकारीहरू प्रहरी मुख्यालयमा काम सकी रेल चढेर घर जान फर्किरहेका थिए, तर उनीहरू सशस्त्र थिए।’

ड्युटीमा नभए पनि उनीहरूलाई हतियार प्रयोग गर्ने अधिकार दिइएको उनले बताए। स्टेशनमा तैनाथ सीमा प्रहरीका एक सदस्य सामान्य घाइते भएका प्रहरीले बताएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । संयुक्त राष्ट्रसंघिय शरणार्थी र आप्रवासन एजेन्सीहरूका अनुसार अन्डमान सागरमा गत साता डुंगा पल्टिँदा करिब २५० रोहिङ्ग्या र बंगलादेशी नागरिक बेपत्ता भएका छन्, जसमा बालबालिकाहरू पनि समावेश रहेको जनाइएको छ। उनीहरु माछा मार्ने डुंगामार्फत बंगलादेशबाट मलेसिया जाँदै थियो। एजेन्सीहरूका अनुसार तीव्र हावा, खराब समुद्री अवस्था र डुंगामा अत्यधिक भीडका कारण यो डुबेको जनाइएको छ। […]

एजेन्सी । जापानमा नेपाली छात्राको चकित पार्ने घटना नेपालबाट अध्ययनका लागि जापान पुगेकी २३ वर्षीया एक नेपाली विद्यार्थी गम्भीर आरोपमा पक्राउ परेकी छन्। प्रहरीले जनाएअनुसार, उनले टोकियोस्थित आफ्नै डेरामा शिशुलाई जन्म दिएकी थिइन्। दाबी अनुसार, शिशु जन्मिँदा नै मृत अवस्थामा रहेको बताउँदै ती छात्राले अत्तालिएर शिशुको शव तौलियामा बेरेर कोठाको दराजमा लुकाएको बयान दिएकी छन्। […]

काठमाडौं । अमेरिकाले एकैपटक ३५ जना नेपालीलाई चार्टर विमानमार्फत अमेरिकाले डिपोर्ट गरिदिएको विमानस्थल अध्यागमन प्रमुख नरहरी घिमिरेले जानकारी दिए । घिरिमेरका अनुसार, गत ७ अप्रिल (चैत २४, मंगलबार) उनीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । डिपोर्ट हुनेहरूमा अवैध बाटोबाट गएका १२ जना, विद्यार्थी भिसामा गएका २ जना रहेका छन् ।मानव बेचविखन अनुसन्धान ब्यूरोका एसएसपी कृष्ण […]

error: Content is protected !!