१० साउन २०८२, शनिबार
26-07-2025 , Sat
×

काठमाडौं ठमेलबाट अपहरण गरी फिरौती लिने ३ जना पाकिस्तानी पक्राउ

Logo
प्रकाशित शुक्रबार, पुष २९, २०७९

ABC (क्राईमबिट) काठमाडौं । एक पाकिस्तानी नागरिकलाई काठमाडौंको ठमेलबाट बन्धक बनाइ फिरौती लिएका तीन पाकिस्तानी पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाकिस्तानी नागरिकहरु मुहम्मद रासिद, मुहम्मद आसिफ र मुहम्मद फिदा हुसैन छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार वैदेशिक रोजगारीका लागि क्यानाडा जान नेपालबाट सजिलो हुन्छ भन्दै पाकिस्तानबाट काठमाडौं बोलाएर पाकिस्तानी नागरिक मोहम्मद सामी खानलाई निजहरुले ठमेलस्थित होटलमा बस्न लगाएका थिए ।

उनीहरुले बायोमेट्रिक लगायतका प्रक्रिया पूरा गर्न भन्दै होटलबाट ट्याक्सीमा राखेर पुस २४ गते दिउँसो साढे २ बजेको समयमा बुढानीलकण्ठस्थित भाडाको घरमा पु¥याएर निजको आँखामा पट्टी तथा हातखुट्टासमेत बाँधेर बोल्न नसक्ने गरी बन्धक बनाएर राखेको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाका अनुसार आरोपित तीनै जनाले पीडितका पाकिस्तानमा रहेका भाइलाई आफू क्यानाडा जान लागेको र ३० घण्टासम्म मोबाइल अफ हुन्छ भनेर म्यासेजसमेत गर्न लगाएका थिए । ३० घण्टापछि पीडितलाई फेरि आफ्नो भाइलाई म्यासेजमार्फत आफू क्यानाडाको इमिग्रेसनमा रोकिएको र पैसा बुझाएमात्र प्रवेश दिन्छ भनेर पाकिस्तानमा ३० लाख पाकिस्तानी रुपैयाँ र २४ हजार दिरामसमेत गरी २५ लाख ६६ हजार ६९७ नेपाली रुपैयाँ फिरौती रकम लिन सफल भएका थिए ।

रकम लिइसकेपछि निजहरुले पीडित मोहम्मद सामी खानलाई पुस २६ गते राति अन्दाजी साढे १० बजे ट्याक्सीमा राखेर सिनामंगलस्थित सडकमा पाकिस्तान फर्कनु भनेर छाडी फरार भएको प्रहरीको भनाइ छ । निजहरुलाई पुस २८ गते बुढानीलकण्ठस्थित भाडाको घरबाट दसीका सामानसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । थाइल्यान्ड सीमा क्षेत्रमा द्वन्द्व चर्किँदै गएपछि दुवै देशबीच ठूलो युद्धको खतरा बढेको अल जजिराले जनाएको छ । कम्बोडियाको ओडर मेन्चे प्रान्तमा बिहीवार थाइल्यान्डको तोप आक्रमणले क्षति पुर्‍याएको बौद्ध गुम्बाबाट एक जनाको शव निकाल्दै गरेका कम्बोडियन सैनिकहरूको तस्बिर सार्वजनिक भएको छ । हिजो कम्बोडियन सेनाले सात जना सर्वसाधारण र पाँच जना सैनिक गरी थप […]

दाङ प्रहरीले घोराहीबाट अवैध लागूऔषध ब्राउनसुगरसहित एक जना पक्राउ दाङ । अवैध लागूऔषध ब्राउनसुगर सहित तुलसीपुरका एक युवक घोराहीमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–१० पड्ढा बस्ने २४ वर्षीय बिराट बस्नेत रहेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । घोराही उपमहानगरपालिका–१४ नयाँ बसपार्कबाट ९ सय ७० मिलिग्राम ब्राउन सुगर र नगद […]

  दाङ । भालुवाङ आर्थिक स्रोतको अभावबिच पनि जनताको सुरक्षालाई प्राथमिकतामा राख्दै सेवा प्रवाहमा प्रतिबद्ध राप्ती गाउँपालिकाले दमकल प्राप्त गरेपछि राहत महसुस गरेको छ । लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०८१/८२ को बजेटबाट खरिद गरिएको दमकल बुधबार गाउँपालिकामा आइपुगेको हो । स्थानीय सरकारसँग सीमित स्रोतसाधन हुँदा अपेक्षित विकास योजना समयमै पूरा गर्न कठिनाइ हुने गरेको […]

error: Content is protected !!