१३ साउन २०८३, बुधबार
29-07-2026 , Wed
×

सेनाको कार्यरथी सम्मेलन सम्पन्न

Logo
प्रकाशित शनिबार, पुष ३०, २०७९

ABC (क्राईमबिट) काठमाडौं । नेपाली सेनाको जनशक्ति व्यवस्थापन, सङ्गठनात्मक गतिविधिको सञ्चालन, संस्कृति तथा परम्पराको संरक्षण एवं सैनिक अनुशासनसम्बन्धी जिम्मेवारी रहेको विभागको कार्यरथी सम्मेलन सम्पन्न भएको छ ।

सम्मेलनमा कार्यरथी विभागअन्तर्गतका निकायबाट आफ्ना जिम्मेवारीको वर्तमान वस्तुस्थिति, सम्पादित कार्यको समीक्षा एवं सुझाव प्रस्तुत गरियो । सम्मेलन पूर्वकार्यरथीको अनुभव र सुझावले सेनालाई जिम्मेवारी निर्वाह गर्न तथा भावी नीति र योजना निर्माणमा ठोस योगदान प्राप्त भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

सम्मेलनमा प्रधान सेनापति प्रभुराम शर्माले व्यक्तिगत स्वार्थका लागि सङ्गठनात्मक मर्यादा, अनुशासन, चेन अफ कमाण्ड र नैतिक आचरण पालना नगर्ने प्रवृत्ति नेपाली सेनालाई स्वीकार्य नहुने बताए। बलाधिकृत रथी सरोजप्रताप राणा, बलाध्यक्ष रथी सीताराम खड्का, कार्यरथीउपरथी सागरबहादुर थापालगायतले जनशक्ति व्यवस्थापन, संस्कृतिको संरक्षण र अनुशासन कायमजस्ता सङ्गठनका प्राथमिकताका विषयका विविध पाटा र पक्षका बारेमा विषयगतरुपमा धारणा राखेका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुनसरी । देवानगञ्जमा भएको तनाव र झडपपछि स्थिति बिग्रिएको थियो। अहिले सेना परिचालनसँगै अवस्था नियन्त्रणमा आएको छ। देवानगञ्जमा धार्मिक आस्था र सांस्कृतिक विषयलाई लिएर विवाद सुरु भएको थियो। त्यसपछि स्थानीय दुई पक्षबीच झडप, तोडफोड र आगजनीको घटना भयो। सेना परिचालन अशान्ति नियन्त्रण गर्न नेपाली सेनालाई परिचालन गरिएको छ। सशस्त्र र नेपाल प्रहरीसँगै संयुक्त गस्ती भइरहेको […]

सुनसरी । देवानगन्ज गाउँपालिका–३ स्थित देवानगन्ज बजारमा मंगलबार साँझबाट भीषण हुलदंगा र झडप भइरहेको छ। प्रहरीका अनुसार दुई समुदायबीच साँझ करिब ७ बजेबाट झडप सुरु भएको हो। डेढ घण्टा लामो समयदेखि दुई पक्षबीच लगातार हुलदंगा र झडप भइरहँदा पनि नियन्त्रण सम्भव भइरहेको छैन। अवस्था सुरक्षा नियन्त्रण बाहिर पुगेको छ। दुई पक्षका मानिसहरु रड, भाला, खुँडा, […]

काठमाडौं । कैलालीको गौरीगंगा नगरपालिका १ चौमाला घर भएकी निर्मला साउद छिन् । उनलाई सामेबार पक्राउ गरेर कैलाली पठाइएको विमानस्थल प्रहरीका एसपी राजकुमार सिलवालले बताए । अध्यागमनको विद्युतीय प्रमाणलीमा बैंकिङ कसुरमा कालो सूची देखिएकाले उनलाई पक्राउ गरेर मुद्दा रहेको ठाउँ कैलाली पठाइएको प्रहरीले बताएको छ ।

error: Content is protected !!