०१ बैशाख २०८३, मंगलबार
14-04-2026 , Tue
×

डुवानको समस्या समाधान गर्न सांसद चौधरीको चासो

Logo
प्रकाशित आइतबार, माघ ०१, २०७९


नवलपरासी, १ माघ । पश्चिम नवलपरासीको दक्षिण क्षेत्रमा बर्षोनि हुदै आएको वाढी तथा ढुवानको दिर्घकालीन समस्या समाधानका लागी संघीय सांसद विनोद चौधरीले जनसमुदाय माझ पुगेर छलफल अघि बढाउनुभएको हो ।
आज सांसद चौधरी पश्चिम नलपरासीको सरावल गाउंपालिका अन्तर्गत वडा न. ६ रामपुरखडैना पुगेर त्यहांका जनता संग छलफल गरी यस क्षेत्रमा बर्षोनी हुदै आएको वाढी तथा ढुवानको दिर्घकालीन समस्या समाधानका लागी छलफल गर्नुभएको हो ।
पश्चिम नवलपरासीको सरावल गाउंपालिका अन्तर्गत वडा न. ४ , ५ ६ र ७ यसैगरी प्रतापपुर र पाल्हीनन्दन गाउंपालिकाको विभिन्न वडाहरुमा बर्षौनि डुवानको समस्या रहदै आएको छ ।
बिशेष गरी बर्षातको समयमा जिल्लामा रहेको झरही खोलामा तिब्र गतीमा पानी आउदा धनेवा नदीको पानी रोकिन पुग्दा यस क्षेत्रका डुवान तथा बाढीको समस्याका कारण बर्षोनी यस क्षेत्रमा करिव एक हजार दुई सय विगाहा क्षेत्रफलमा लगायतको धान वालीमा नोक्सानी हुदै आएको छ ।
जनता माझं पुगेर सांसद चौधरीले आफुले यस क्षेत्रको बाढी तथा डुवानको दिर्घकालीन समस्या समाधान गर्न प्रदेश तथा संघीय सरकार साथै अन्य निकायमा पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सोही अवसरमा प्रदेश सभा सदस्य सन्तु कलवारले यस क्षेत्रको बाढी तथा डुवानको समस्या समाधान गर्न आफु समेत प्रतिबद्ध रहेको जानकारी दिनुभयो । तस्विर संलग्न छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले मुलुकको समृद्धिका लागि सञ्चारको बलियो सहभागिता हुनुपर्ने बताउनुभएको छ। थुर्पा अनलाइनले मङ्गलबार घोराहीमा आयोजना गरेको शुभकामना आदानप्रदान एवं क्यालेन्डर विमोचन कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहनुभएका प्रियासनले संचार क्षेत्र सृजनशीलताको अगुवाई गर्ने बलियो माध्यम भएका कारण सञ्चारको सहभागिता बिना मुलुकको समृद्धि असम्भव र दीर्घकालीन हुन […]

एजेन्सी । पाकिस्तानको उत्तर पश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा अज्ञात बन्दुकधारीको समूहले पोलियो अभियानमा खटिएका प्रहरीको गाडीमा आक्रमण गर्दा कम्तीमा एक जना प्रहरीको मृत्यु हुनुका साथै अन्य पाँच जना घाइते भएको आधिकारिक स्रोतहरूले बताएका छन् । आक्रमणको घटना हंगु जिल्लामा भएको थियो, जहाँ प्रहरी टोली पोलियो विरोधी अभियानको लागि सुरक्षा प्रभाव गर्ने कर्तव्य पालन गर्न जाँदै थियो, […]

दाङको तुलसीपुरमा एक होटेलबाट तरवारसहित ८ जना पक्राउ, दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नं.६ स्थित दारी चिया घरबाट तरवार र खुकुरीसहित ८ जनालाई पक्राउ गरिएको हो ।

error: Content is protected !!