०४ चैत्र २०८२, बुधबार
18-03-2026 , Wed
×

डोटीमा पछिल्लो समय कृषि पेसामा लाग्नेको सङ्ख्यामा वृद्धि

Logo
प्रकाशित सोमबार, माघ ०२, २०७९


(ABC-Sanchar)
काठमाडौं । तीनैमध्येका एक हुन डोटी जिल्लाको जोरायल गाउँपालिका–५ गड्सेरा नकुरडाका लक्ष्मण देउवा । उनले व्यावसायिक फलफूल खेतीबाट मनग्य आम्दानी गर्दै आएका छन् । स्नातक तह उत्तीर्ण गरेका उनी विद्यार्थी राजनीतिक अनुभवसँगै अहिले फलफूल खेतीमा जनमेका छन् ।

जिल्लाको जोरायल गाउँपालिका–५ गडसेरामा काफली गन्याप फलफूल तथा तरकारी फार्म दर्ता गरी रु १० लाखको लगानीमा आफ्नौ निजी बाजो जमिनमा झण्डै ५४ रोपनी जमिनमा तीन हजार बोट कागती, अमिलो, सुन्तला केरा रोपेर उनले व्यावसायिक खेती सुरु गरेका छन् । कागती खेतीबाट उनले वार्षिकरुपमा रु चार लाख आम्दानी लिएका छन् ।

लगानीको तुलनामा कागती खेतीबाट नाफा बढी हुने उनी बताउछन् । ‘खर्च कम, मलजल पनि थोरै भए पुग्ने, महेनत पनि कम लाग्ने, आम्दानी भने राम्रो हुने भएकाले कागतीखेतीतर्फ यहाँका किसान आकर्षित भएका छन् ।’ किसान देउवाले भने । उनले बर्सेनि रोजगारका लागि भारत तथा खाडीमुलुक जाने गरेकोमा यसलाई राज्यले रोकेर आफ्नै देशमा यस्तै आयआजर्नमूलक काममा लगाउनुपर्ने सुझाव दिए ।

लामो समय भरतमा रोजगारी गरे पनि सोचेजस्तो कमाइ नभएकाले स्वदेशमा आई व्यावसायिक कृषि पेसामा लागेको बडीकेदार गाउँपालिका–५ थान्कोटका प्रकाश मल्लले बताउछन् । भागरथी कृषि तथा पशुपन्छी फार्म दर्ता गरी चार सय कागती र दुई सय सुन्तलाका बिरुवा लगाएको उनले जानकारी दिए। साथै वार्षिकरुपमा रु एक लाख आम्दानी हुने गरेको मल्लले जानकारी दिए । स्थानीय सरकारले कृषि व्यवसायलाई प्रभावकारी बनाउनका लागि अनुदानमा ऋण, सीपमूलक तालिम, कृषि कार्यक्रम दिनुपर्ने उनको भनाइ छ ।

डोटी जिल्लामा कागती ८८ हेक्टर, निबुवा दुई सय ८१ हेक्टर, मौसम एक सय ७२ हेक्टर र सुन्तला तीन सय १३ हेक्टर, गरेर जम्मा आठ सय ५४ हेक्टर क्षेत्रफलमा हिउँदे फलफूल खेती विस्तार भएको कृषि ज्ञान केन्द्रका प्रमुख नरेन्द्र पनेरुले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

error: Content is protected !!