१२ साउन २०८२, सोमबार
28-07-2025 , Mon
×

माघ १ गतेदेखि मौसममा बदली हुस्सु र चिसो बढी घाम देखिन छाडेयो

Logo
प्रकाशित सोमबार, माघ ०२, २०७९

 (ABC-Sanchar) काठमाडौं । तराईका भू-भागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ भने सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली भएको छ ।

बाँकी भू-भागमा भने सामान्यतया मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो र राति देशका उच्च पहाडी र हिमाली भू-भागका केही स्थानमा हिमपातको सम्भावना रहेको छ । मौसम बदली बुधबारसम्मै कायम रहने छ ।

मंगलबार र बुधबार पनि उच्च पहाडी र हिमाली क्षेत्रका केही ठाउँमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज तराई क्षेत्रमा हुस्सुले जनजीवन कष्टकर बनेको छ । बाक्लो हुस्सु र कुहिरोका कारण भिजिबिलिटीमा समस्या हुँदा सडक र हवाई यातायातमा पनि प्रभाव पर्न सक्ने भएकोले सावधानी अपनाउनसमेत महाशाखाले अपिल गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

खेतीको समयमा बाँके जिल्लामा मलको चरम अभाव किसानहरुले मल नपाएपछि तनाव र चिन्ता बाँके । पर्याप्त वर्षा नभएपछि मोटर र अन्य सिँचाइका माध्यमबाट धान रोपेका किसानहरुले मल नपाएपछि तनाव र चिन्ता बढेको गुनासो गरेका छन् । बाँकेका किसानलाई वितरण गर्ने लक्ष्य अनुसारको रासायनिक मल प्राप्त नभएकाले मलको अभाव भएको कृषि सामग्री कम्पनी लिमिटेड बाँकेका शाखा […]

मेष : दिन राम्रो छ। आज नयाँ मानिससँगको भेटले पुरानो कुराको सम्झना हुनेछ। शिक्षा र स्वास्थ्यमा सुधारमा संकेत देखिनेछन्। वैदेशिक रोजगारीमा लगानी गरेको भए फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर रहला। वृष : दिन सामान्य राम्रो छ। सम्पत्ति आर्जन भएपनि स्वास्थ्यमा समस्या हुँदा मन दुखी हुनेछ। शिक्षामा लगानी गरेको भए ढिलासुस्ती हुनेछ। पारिवारिक सम्बन्ध सुमधुर रहला। […]

  कपिलवस्तु । शिवराज नगरपालिका वडा नम्बर ५ स्थित प्रगति टोलमा रहेको दीपक न्यौपानेको घरमा भएको चोरी घटनामा संलग्न अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। गत साउन ६ गते राति भएको चोरी घटनाको अनुसन्धानका क्रममा घटनास्थल नजिकै रहेको सीसीटीभी फुटेजको आधारमा शंकास्पद व्यक्तिको खोजी थालिएको थियो। फुटेजमा कैद भएका व्यक्तिको हुलिया पहिचान गरी प्रहरीले व्यापक खोजतलास […]

error: Content is protected !!