०९ साउन २०८२, शुक्रबार
25-07-2025 , Fri
×

सल्यानमा मापदण्ड विपरीत रहेका सबै क्रसर बन्द

Logo
प्रकाशित शनिबार, माघ ०७, २०७९

ABC (क्राईमबिट) सल्यान । जिल्लामा मापदण्डविपरित रहेका ५ वटा क्रसर र एक बालुवा प्रशोधन केन्द्र बन्द भएका हुन्। प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले दर्ता नभएका क्रसर र दर्ता भएर नवीकरण नगरेका बालुवा प्रशोधन केन्द्र बन्द भएको जानकारी दिए।

सिंह एण्ड ब्रोदर हमाल जिबी कम्पनी–काला खेत, कालिका प्यासिफिक ज्वाइन्ट भेन्चर–कालिमाटी, पिके निर्माण सेवा प्रालि–शारदा, बेचालु अवस्थामा रहेको खड्का पिएस निर्माण सेवा–कुमाख र निर्माणाधीन जाभा धुलिखेल जेबी कम्पनी मिनी क्रसर–बन्गाड बन्द भएका छन्। ढुंगीबगरमा रहेको बागेश्वरी एग्रीग्रेट बालुवा प्रशोधन केन्द्र दर्ता गरेको भए पनि नवीकरण नभएकाले बन्द भएको हो।

जिल्ला प्रशासन कार्यालय सल्यानले गत पुस २२ गते सूचना जारी गर्दै जिल्लाभित्र अवैध रूपमा सञ्चालित क्रसर बन्द गर्न निर्देशन दिएको थियो।

प्रचलित कानुन र मापदण्ड विपरीत अनुमति नलिई, दर्ता तथा नवीकरण नगरी सञ्चालनमा रहेका ढुङ्गा, गिट्टी तथा उत्खनन, प्रशोधनमा संलग्न रहेका क्रसर र विभिन्न आयोजना विकास तथा निर्माणको प्रयोजनका लागि सञ्चालित भएका तर आयोजना समाप्तिपछि पनि सञ्चालनमै रहेका क्रसर तत्काल बन्द गर्न व्यवसायीको ध्यानाकर्षण गराएको थियो।

सहायक प्रमुख जिल्ला अधिकारी थमन खड्काद्वारा जारी सूचनामा आयोजना सकिए पनि सञ्चालनमै रहेका क्रसर तत्काल बन्द गर्न उद्योग, निर्माण व्यवसायी, स्थानीय तह तथा सुरक्षा निकायसमेतलाई यसको निगरानी गरी बन्द गर्न सघाउन अनुरोध गरिएको छ। अटेर गरे कानुनबमोजिम कडा सजाय हुने चेतावनी दिएको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । भृकुटीमण्डप स्थित नेपाल पुलिस हेल्थ क्लबमा बिहीबार आयोजित एक कार्यक्रमबीच मेट्रो ट्राफिक एफ. एम. ९५.५ मेगाहर्जको १३ औँ वार्षिकोत्सव सम्पन्न भएको छ । उक्त अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले ट्राफिक एफ.एम.सँग सहकार्य गरी जनचेतनामूलक सूचना, सन्देश तथा रेडियो सामग्री प्रसारण गर्न मद्दत गर्ने विज्ञापन दाता तथा सूचना दाताहरूलाई कदरपत्र प्रदान गरी […]

काठमाडौं । नेपाली सैनिक वार कलेज नगरकोटमा संचालित सि.सं.६ अल आर्म्स कमाण्ड तथा स्टाफका तालिमरत ४६ जना अधिकृतहरूबाट नेपाल प्रहरी प्रधान कार्यालयको बिहीबार अवलोकन भ्रमण सम्पन्न भएको छ । अवलोकन भ्रमणमा सहभागीहरूलाई नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले स्वागत गर्नुभएको थियो । सो क्रममा सहभागी सैनिक अधिकृतहरूले नेपाल प्रहरी प्रधान कार्यालयस्थित […]

काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ९६ पैसा र बिक्रीदर १३८ रुपैयाँ ५६ पैसा निर्धारण गरिएको छ । अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ २१ पैसा र बिक्रीदर ९१ रुपैयाँ ६१ पैसा , क्यानेडियन डलर एकको खरिददर […]

error: Content is protected !!