०६ आश्विन २०८३, मंगलबार
22-09-2026 , Tue
×

सल्यानमा मापदण्ड विपरीत रहेका सबै क्रसर बन्द

Logo
प्रकाशित शनिबार, माघ ०७, २०७९

ABC (क्राईमबिट) सल्यान । जिल्लामा मापदण्डविपरित रहेका ५ वटा क्रसर र एक बालुवा प्रशोधन केन्द्र बन्द भएका हुन्। प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले दर्ता नभएका क्रसर र दर्ता भएर नवीकरण नगरेका बालुवा प्रशोधन केन्द्र बन्द भएको जानकारी दिए।

सिंह एण्ड ब्रोदर हमाल जिबी कम्पनी–काला खेत, कालिका प्यासिफिक ज्वाइन्ट भेन्चर–कालिमाटी, पिके निर्माण सेवा प्रालि–शारदा, बेचालु अवस्थामा रहेको खड्का पिएस निर्माण सेवा–कुमाख र निर्माणाधीन जाभा धुलिखेल जेबी कम्पनी मिनी क्रसर–बन्गाड बन्द भएका छन्। ढुंगीबगरमा रहेको बागेश्वरी एग्रीग्रेट बालुवा प्रशोधन केन्द्र दर्ता गरेको भए पनि नवीकरण नभएकाले बन्द भएको हो।

जिल्ला प्रशासन कार्यालय सल्यानले गत पुस २२ गते सूचना जारी गर्दै जिल्लाभित्र अवैध रूपमा सञ्चालित क्रसर बन्द गर्न निर्देशन दिएको थियो।

प्रचलित कानुन र मापदण्ड विपरीत अनुमति नलिई, दर्ता तथा नवीकरण नगरी सञ्चालनमा रहेका ढुङ्गा, गिट्टी तथा उत्खनन, प्रशोधनमा संलग्न रहेका क्रसर र विभिन्न आयोजना विकास तथा निर्माणको प्रयोजनका लागि सञ्चालित भएका तर आयोजना समाप्तिपछि पनि सञ्चालनमै रहेका क्रसर तत्काल बन्द गर्न व्यवसायीको ध्यानाकर्षण गराएको थियो।

सहायक प्रमुख जिल्ला अधिकारी थमन खड्काद्वारा जारी सूचनामा आयोजना सकिए पनि सञ्चालनमै रहेका क्रसर तत्काल बन्द गर्न उद्योग, निर्माण व्यवसायी, स्थानीय तह तथा सुरक्षा निकायसमेतलाई यसको निगरानी गरी बन्द गर्न सघाउन अनुरोध गरिएको छ। अटेर गरे कानुनबमोजिम कडा सजाय हुने चेतावनी दिएको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

अबको आन्दोलन सडकमै बस्ने, सडकमै खाने, सडकमै सुत्ने हुनेछ : स्थानीयवासीहरू घोराही । घोराही–सिस्ने खोला–मुर्कुटी सडक निर्माणका लागि ठोस योजना नबनाइए तिहारपछि कडा आन्दोलनमा उत्रिने स्थानीयवासीहरूले चेतावनी दिएका छन्। वर्षौं बितिसक्दा पनि सडकको अवस्था सुधार नभएको भन्दै मंगलबार विभिन्न टोल विकास संस्था तथा स्थानीयवासीका प्रतिनिधिहरूले सडक डिभिजन कार्यालय दाङमा पुगेर यस्तो चेतावनी दिएका हुन्। स्थानीयवासीका […]

बाँके । जिल्ला प्रहरी कार्यालय बाँके कार्यसम्पादन मूल्याङ्कनमा लगातार तेस्रो महिनासमेत देशभरकै उत्कृष्ट बनेको छ। ‘क’ श्रेणीमा रहेका १२ जिल्ला प्रहरी कार्यालयमध्ये बाँकेले असार, साउन र भदौमा लगातार पहिलो स्थान हासिल गरेको हो। प्रहरी प्रधान कार्यालयका अनुसार पछिल्लो नौ महिनाको मूल्याङ्कनमा बाँके पाँचपटक प्रथम र एकपटक दोस्रो भएको छ। यसअघि चैत र वैशाखमा पनि बाँके […]

सिरहा । विभिन्न व्यक्ति तथा समुदायविरुद्ध सामाजिक सञ्जालमार्फत आपत्तिजनक, आधारहीन तथा भ्रामक सामग्री सम्प्रेषण गरी चरित्रहत्या र सामाजिक शान्ति भंग गर्न खोजेको आरोपमा सिरहाका एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा लहान नगरपालिका–२४ का मनोजकुमार महतो ‘मनोज मानव’ रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। प्रहरीका अनुसार महतोविरुद्ध विभिन्न व्यक्ति, व्यवसायी, जनप्रतिनिधि, पत्रकार, नेता तथा […]