२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

एमाले नेता, पक्राउ परेपछि छुटाउन प्रहरीलाई दबाब

Logo
प्रकाशित आइतबार, माघ ०८, २०७९

नेकपा (एमाले) निकट नेपाल ट्रेड युनियन महासंघका केन्द्रीय सचिव तारानिधि(रमेश) पन्त १० लाख रुपैैयाँ नक्कली नोट कारोबारको आरोपमा पक्राउ परेका छन् । उनलाई छुटाउन एमाले नेताहरुले प्रहरीलाई दबाब दिन थालेका छन् ।

सर्लाहीको नेपाल–भारत सीमामै नक्कली नोट कारोबारको डिल गरिरहेकै अवस्थामा गत ४ माघमा १० लाख सहित उनलाई पक्राउ गरिएको थियो । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीले नक्कली नोट कारोबारको आशंकामा पन्तलाई पक्राउ गरी अनुसन्धान भइरहेको बताए ।

पन्तको एमाले नेता महेश बस्नेतमात्र होइन, अध्यक्ष केपी शर्मा ओली र बिष्णु रिमालसँग सम्बन्ध भएको देखाउन सामाजिक संजाल फेसबुकमा तस्वीर राख्ने गरेका थिए । नक्कली नोट कारोबारमा पक्राउ परिसकेपछि पन्तले फेसबुक डिएक्टिभ गरिएको छ । पहिलेदेखि नै अपराधिक क्रियाकलापमा संलग्न पन्तलाई ओलीले पार्टीमा अविरजात्रा गरी प्रवेश गराएर जिफन्टको सचिवको महत्वपूर्ण जिम्मेवारी दिएका थिए ।नेकपा माओवादी २०६२–०६३ मा शान्ति प्रक्रियामा आएपछि क्यासिनोहरुबाट असुली गरी अकूत सम्पत्ति आर्जन गरेका विवादित पात्र हुन् रमेश पन्त । डा. बाबुराम भट्टराईको निकट भन्दै उनी धेरै संदीग्ध गतिबिधिमा संलग्न भएको गुनासो आएपछि अखिल नेपाल ट्रेड युनियन महासंघले उनलाई कारबाही गरेको थियो ।महासंघले कारबाही गरेपछि पन्तले महासंघका तत्कालीन अध्यक्ष शालिग्राम जम्कट्टेल(हाल बागमती प्रदेशका मुख्यमन्त्री) माथि नै २०६८ भदौ १० गते साँझ बबरमहलमा खुकुरी प्रहार गरेका थिए । रमेश भन्ने तारानिधि पन्त, इन्द्रबहादुर शाही ठकुरी, प्रभात भन्ने राम पुडासैनी, कमलबहादुर बुढाथोकी र नवीन भन्ने सुदिप कार्कीले जम्कट्टेलमाथि ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको थियो । ज्यान मार्ने उद्योग मुद्दा जिल्ला अदालतमा विचाराधीन अवस्थामा रहेकोमा विपक्षी नेपाल सरकारले २०६९ साउन २ मा मुद्दा फिर्ता लिन निर्णय गरेको थियो ।
आफ्नै नेतामाथि नै खुकुरी प्रहार गर्ने अपराधिक क्रियाकलापमा उत्रिएपछि माओवादीले पन्तलाई कारबाही गरेको थियो । माओवादीले कारबाही गरिसकेपछि रमेश पन्त २०७० एमालेमा प्रवेश गरेका थिए । एमालेले उनलाई जिफन्टको सचिवको जिम्मेवारी दिएको थियो । जिफन्टको १० बर्षभन्दा बढी नेतृत्व एमालेका उपमहासचिव बिष्णु रिमालले गरेका थिए ।
नक्कली नोट कारोबार जस्तो गम्भीर मुद्दामा पन्तलाई छुटाउन प्रहरीमाथि दबाब दिइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।