११ साउन २०८२, आइतबार
27-07-2025 , Sun
×

नेपालमा अब १ र २ रुपैयाँका सिक्का छाप्ने मेसिन तयारी हुँदै

Logo
प्रकाशित आइतबार, माघ ०८, २०७९

(ABC-Sanchar) काठमाडौँ । चलनचल्तीमा रहेका नेपाली सिक्का छाप्नको लागि टक्सार विभागले मेसिन तयार पारेको छ । राष्ट्र बैङ्क अन्तर्गतको टक्सार विभागले पुराना मेसिनलाई मर्मत सम्भार गरी सिक्का छाप्न सक्ने अवस्थामा पुर्‍याएको हो । विभागले परीक्षणका रूपमा चलनचल्तीको नमुना सिक्का छाप्न (बनाउन) थालिसकेको छ ।

करिब दुई दशकपछि टक्सारले नेपालमै परीक्षणका रूपमा सिक्का छाप्न थालेको राष्ट्र बैङ्क टक्सार विभागका निर्देशक विनोदराज आचार्यले जानकारी दिए । नेपालमा दुई दशक अघिसम्म राष्ट्र बैङ्कले सुन्धारास्थित टक्सार विभागबाट सबै प्रकारका सिक्का (चलनचल्तीका र सुन तथा चाँदीका स्मारिका) बनाउँदै आएको थियो । पछि राष्ट्र बैङ्कले चलनचल्तीका सिक्का बनाउन छोड्यो । त्यसपछि चाँदीका स्मारिका सिक्का र सुनका असर्फी मात्र बनाउन थाल्यो ।

अहिले पुराना मेसिनलाई मर्मत सम्भार गरेर चलनचल्तीका सिक्का छाप्न मिल्ने गरी बनाएर तयारी अवस्थामा पुर्‍याइएको र परीक्षणका रूपमा केही थान सिक्का छपाइ गरिएको निर्देशक आचार्यले बताए । परीक्षण सफल भएको र राष्ट्र बैङ्कको उच्च व्यवस्थापनले चलनचल्तीका सिक्का नेपालमै छपाइ गर्ने भन्ने निर्णय गरेको अवस्थामा टक्सार विभाग सबै पक्षबाट तयार भएको उनले दाबी गरे ।

उक्त सिक्का छपाइका लागि हाल ४ वटा मेसिन रहेको र प्रति मेसिनले एक सेकेन्डमा २ वटा सिक्का तयार गर्न सक्ने बताइएको छ । यसरी हेर्दा १ मिनेटमा ४ सय ८० वटा र एक घण्टामा २८ हजार ८ सय ८० वटा सिक्का उत्पादन गर्न सक्ने टक्सार विभागले जनाएको छ ।

केही वर्षयता नेपालले एक र दुई रुपैयाँका कागजी नोट छाप्न छोडेको छ । ती दरका रुपैयाँको सिक्का मात्र छाप्दै आएको छ । ती सिक्का विदेशमै छापिँदै आएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । देउखुरी गढवा गाउँपालिका वडा नम्बर ७,का वडा अध्यक्ष राहुलदेव चौधरीको घरमा अवैध काठ चिरान गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा वन कर्मचारी,प्रहरी र सामुदायिक वनका पदाधिकारीको संयुक्त टोलिले साल र सिसौंको गरि कुल ५८.३४ क्युफिट काठ बरामद गरेको हो । कक्रहवा खोलाले बगाएर ल्याएको साल र सिसौंको रुखलाई सम्बन्धित वन कार्यालयलाई जानकारी गराउनुको सट्टामा […]

  काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयको कानुन शाखाले आज सूचना जारी गर्दै २२ जना प्रहरी लामो समयदेखि गैरहाजिर रहेको भन्दै उनीहरूलाई सम्पर्कमा आउन सात दिनको समय दिएको हो। गैर हाजिर हुनेमा प्राविधिक तर्फका एक असईसहित चारजना असई, दुईजना कार्यालय सहयोग र बाँकी सबै प्रहरी जवान छन्। लामो सयमदेखि सम्पर्कविहीन भएका उनीहरूलाई एक साताभित्र सम्पर्कमा […]

मेष-आफन्तसँग आत्मीयता बढ्नेछ। घरायसी काममा व्यस्तता रहनेछ। सामाजिक जिम्मेवारी पुरा गर्नुपर्ने हुन सक्छ। विदेशतर्फ सोच राख्नुभएको छ भने, आजको दिन योजना बनाउन उपयुक्त छ। वृष-सन्देश वा पत्रव्यवहारको दिन हो। सञ्चार माध्यममार्फत केही नयाँ जानकारी पाइनेछ। सामाजिक भेटघाट वा यात्रा सम्भावना छ। वैदेशिक कामका लागि आवश्यक कागजपत्र तयार गर्न उपयुक्त समय। मिथुन-आर्थिक पक्ष व्यवस्थित बनाउनुपर्ने समय […]

error: Content is protected !!