०४ बैशाख २०८३, शुक्रबार
17-04-2026 , Fri
×

अर्काको नाममा ट्रायल दिन लगाउने र दिने दुबै पक्राउ

Logo
प्रकाशित मंगलबार, माघ १०, २०७९

मोरङमा अर्कैको नाममा ट्रायल दिने र दिन लगाउने पक्राउ परेका छन्।

सुन्दरहरैचा नगरपालिका-५ बाँसबारीस्थित यातायातको ट्रायल सेन्टरमा अर्काको नाममा ट्रायल दिने र ट्रायल दिन लगाउने २ जनालाई प्रहरीले पक्राउ गरेको छ।

उनीहरूलाई प्रहरीले सोमबार दिउँसो पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा सुनसरी भोग्राहा गाउँपालिका-७ बस्ने ३३ वर्षीय षडानन्द महतो र २५ वर्षीय रामचन्द्र यादव छन्।

षडानन्द महतोको नाममा यादवले मोटरसाइकलको ट्रायल दिने क्रममा प्रहरी चौकी गछियाबाट खटिएको प्रहरीले फेला पारी उनीरूलाई प्र.१-०२-०४५ प ९४३ नम्बरको मोटरसाइकलसहित पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । इजरायली सेनाले बिहीबार गरेको मिसाइल हमलामा दक्षिण लेबनानको अन्तिम सकुशल पुल पनि ध्वस्त भएको छ । बीबीसीका अनुसार नबतिएह सहरमा हमलापछि धुँवा नै धुँवा उठेको छ । लिटानी नदीमाथिको सो पुल रहेको क्षेत्रमा सो सहर छ । जहाँ ४० हजार भन्दा बढी मानिसको बसोबास छ । यो हमलापछि अब लेबनानको दक्षिणी क्षेत्रसँग जोड्ने […]

बाँके । सशस्त्र प्रहरीले मात्र चेकजाँच गर्दै आएको उक्त चोकमा सशस्त्र प्रहरी सँगै नेपाल प्रहरीले पनि चेकजाँच सुरु गर्न थालेको हो ।एकिकृत जाँच चौकी (आइसीपी) र जमुनाहबाट आउने सवारी साधन तथा मालबाहक गाडीको चेकजाँच गर्न सोमवारदेखि नेपाल प्रहरी पनि परिचालन भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अंगुर जिसीले जानकारी दिए ।चौलिका चोकमा खटिने […]

दाङ । मंगलवार बेलुकी तुलसीपुर ५ माछापुच्छ्रे टोल स्थित थारमारे भण्डारी होटेलबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका सुचना अधिकारी रेशम बोहराले जानकारी दिए । विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले सल्यान बागचौर नगरपालिका २ बागचौर बस्ने वर्ष २० को दीपक भण्डारी, सोहि ठाउँका वर्ष १९ को सरोज घर्ती मगर […]

error: Content is protected !!