०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

धनुषाबाट पक्राउ परे एक बिचौलिया

Logo
प्रकाशित मंगलबार, माघ १०, २०७९

जिल्ला प्रशासन कार्यालय धनुषाबाट एक बिचौलिया पक्राउ परेका छन्।

पक्राउ पर्नेमा जनकपुरधाम उप महानगरधपालिका-१६ स्थित कपिलेश्वर बस्ने ३९ वर्षीय दिपक ठाकुर रहेको प्रहरीले जनाएको छ।

नागरिकता, राहदानी (पासपोर्ट) बनाउन आउने सेवाग्राहीहरूलाई कार्यालयका कर्मचारीहरूसँग आफ्नो चिनाजान रहेकाले छिटो काम गराइदिन्छु भन्दै उनले पैसा उठाएको पाइएको डिएसपी प्रदिप क्षेत्रीले बताए।

२/३ हजारका दरले पैसा माग गरी बिचौलियाको काम गरिरहेको गोप्य सुचनाको अधारमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी टोलीले ठाकुरलाई सेवाग्राहीबाट लिएको पैसा सहित पक्राउ गरेको हो।

सेवाग्राहीसँग १५ सय रुपैयाँ लिदै गरेको अवस्थामा जिल्ला प्रशासन कार्यालय धनुषाको गेट अगाडिबाट पक्राउ गरिएको डिएसपी क्षेत्रीले बताए। उनका अनुसार पक्राउ परेका ठाकुरलाई नियन्त्रणमा लिइ प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!