११ आषाढ २०८३, बिहिबार
25-06-2026 , Thu
×

सशस्त्र प्रहरी बल, नेपालले एकैसाथ वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई)देखि सहायक हवल्दारसम्मको बढुवा गर्ने तयारी

Logo
प्रकाशित शुक्रबार, माघ १३, २०७९

सशस्त्र प्रहरी बल, नेपालले एकैसाथ वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई)देखि सहायक हवल्दारसम्मको बढुवा गर्ने तयारी गरेको छ।

बढुवा समितिको माघ ११ गते बसेको बैठककाे निर्णयअनुसार वरिष्ठ सई, सई, वरिष्ठ हवल्दार, हवल्दार र सहायक हवल्दार पदमा बढुवाका लागि सूचना निकालिएकाे हाे।

सूचनामा बढुवा गर्नुपर्ने संख्या भने खुलाइएको छैन। सशस्त्र प्रहरी सेवा, साधारण समूह, साधारण उपसमूहमा रिक्त केही पदमा पदपूर्तिका लागि बढुवा गर्न लागिएको सूचनामा उल्लेख छ।

बढुवाका सम्भाव्य उम्मेदवारहरूलाई आफूले प्राप्त गरेको शैक्षिक योग्यतालगायतका बढुवा प्रयोजनका लागि आवश्यक प्रमाणपत्रहरू संलग्न गरी मूल्यांकन फाराम भरेर सशस्त्रको प्रधान कार्यालय, बढुवा समितिको सचिवालयमा पेस गर्न भनिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । टरीगाउँ विमानस्थल पश्चिम नेपालको महत्वपूर्ण हवाई पूर्वाधारमध्ये एक हो। दाङ उपत्यकाको आर्थिक, शैक्षिक, कृषि, पर्यटन तथा प्रशासनिक महत्वलाई हेर्दा टरीगाउँ विमानस्थलको स्तरोन्नति समयको आवश्यकता बनिसकेको छ। हाल करिब ७५० मिटरको धावनमार्ग रहेको यस विमानस्थलमा साना जहाज मात्र सञ्चालन गर्न सकिन्छ। तर धावनमार्गलाई १,५०० मिटरभन्दा बढी विस्तार गरी ७२ सिट क्षमताका जहाज सञ्चालन गर्ने […]

दाङ । सोझा जनतालाई ठग्ने चोर/फटाहा कर्मचारीहरू जनता आउदैछन् ताला लगाउन। मुर्दावाद आर्थिक प्रशासन! मुर्दावाद प्रमुख प्रशासक!!” वडाध्यक्ष अधिकारीले आफैले यस्तो सार्वजनिक गुनासो गर्नु भनेको अवस्था निकै गम्भीर छ भन्ने प्रस्ट हुन्छ। जनताको सबैभन्दा नजिकको सरकार वडा हो। त्यही वडाबाट “जनता ताला लगाउन आउँदैछन्” भन्ने आवाज निस्कियो भने प्रशासनमा ठूलो समस्या छ। सेवा प्रवाहमा ढिलाइ […]

कपिलवस्तु । भाइरल पहाडको छेउमा, पुल तल सुन्दर रमणीय झरना नुहाउने ठाउँ भनेर वर्णनले नै मन तानिसक्यो। भालुवाङ जाँदा दाङ र कपिलवस्तुमा रहेकोे त्यो भाइरल पहाड सबैले फोटो खिच्छन्, तर पुल तल यस्तो झरना छ भनेर धेरैलाई थाहै हुँदैन। सजिलो पहुँच सडक खण्डको पुलमुनि नै छ, धेरै हिँड्न पर्दैन प्राकृतिक स्विमिङ पुल चट्टानले घेरिएको कुण्डमा […]

error: Content is protected !!